आज :

नाबालिग बला’त्कार प्रकरणमा सन्दीप लामिछानेबारे होटलका कर्मचारीले दिए यस्तो बयान, छाताछुल्ल भयो झुट

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने मुछिएको बला त्कार प्रकरणमा घटनास्थल भनिएको होटलका कर्मचारीले लामिछानले फोन गरेर कोठा बुक गरेको बयान दिएका छन् ।

जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले अदालतमा दायर गरेको अभियोग पत्रमा उल्लेखित होटल काठमाडौं इनका रिसेप्सनिस्ट अनिश श्रेष्ठको बयानमा लामिछानेले फोन गरेर ‘एउटा कोठा चाहिएको’ भनेको उल्लेख गरेका छन् ।

‘५ भदौमा राति ११ बजेतिर रिसेप्सनमा जडान गरेको ०१–४४…. नम्बरको ल्याण्डलाइनमा फोन गरेर म होटल आउँदैछु, मलाई एउटा कोठा चाहिन्छ । छ/छैन भन्दा मैले कोठा छ भनेको थिएँ’, श्रेष्ठले भनेका छन्, ‘मैले कोठा छ भनेर निजले फोन गरेकै समयमा ४०७ नम्बर कोठा सोही होटलमा काम गर्ने सबिन श्रेष्ठलाई सरसफाइ गर्न लगाएको थिएँ ।’

फोन गरेको २०/२५ मिनेटमा लामिछाने गाडी लिएर होटल बाहिर आएको उनले भनेका छन् । याे बयानले सन्दीप लामिछानेले बोलेको झुट छताछुल्ल भएको छ ।

‘बाहिर निस्किएर हेर्दा लामिछानेले होटल बाहिर गाडी रोके भने गाडीबाट उनीसँग आएकी किशोरी ओर्लिएर रिसेप्सनमा कोठाको चाबी दिनु भनी मागेकी थिइन्’, उनले भनेका छन्, ‘सरसफाई गरी रिसेप्सनको अगाडिको टेबलमा श्रेष्ठले छाडेको ४०७ नम्बरको कोठाको चाबी दिएको थिएँ ।’

पछि रिसेप्सनमा फोन गरेर ‘कोठाको एसी चलेन, साङ्लाहरु पनि रहेछ’ भनेपछि जाँच गर्न पठाएको उनले बताएका छन् । त्यसपछि अर्को कोठा चाहियो भनेर लामिछानेले भनेपछि २०५ नम्बरको कोठा खाली भएकाले ‘त्यहाँ गएर बस्दै गर्न’ भनेको श्रेष्ठको भनाइ छ ।

त्यसपछि उनीहरु त्यहीँ बसेको उनको बयान छ । बला त्कार भएकोबारे २२ भदौमा विभिन्न सञ्चारमाध्यममा समाचार आएपछि मात्रै थाहा पाएको उनले भनेका छन् ।

यता पिडित नाबालिकाले प्रतिरोध गर्दा आफूमाथि कुटपिट भएको बयान दिएकी छन् । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले अदालतमा पेश गरेको अभियोग पत्रमा उल्लेखित बयान अनुसार उनले दोस्रो पटक जबरजस्ती करणी गर्दा आफूलाई ‘ढाडमा जोडले हानेको’ भनेकी छन् ।

होटल काठमाडौं इनको कोठा नम्बर ३०५ मा बसेका बेला निकै थाकेकाले कुर्सीमा नै आफू अर्धनिन्द्रामा परेको उनको बयान छ । ‘लामिछानेले मलाई लुगा फुकालेर सुत भनेकोमा म लुगा नफुकालिकन पल्टिएको थिएँ, एकैछिनमा निदाएँछु’, उनले भनेकी छन्, ‘त्यसको अन्दाजी २० देखि २५ मिनेटमा १२ः२५ बजेतिर ब्यूँझिँदा आफूले लगाएको पाइन्ट खोलेर जबरजस्ती करणी गरेर आफू बाथरुमतिर गएर फेरि सुतेका थिए ।’

त्यसको करिब एक घन्टापछि लामिछानेले शरीरका विभिन्न भागमा चलाउने गर्दा प्रतिरोध गरेको र ढाडमा जोडले हानेको उनले भनेकी छन् ।‘त्यसपछि मलाई डर लागेर रुँदै गर्दा मलाई चल्न नदिइ पुनः दोस्रो पटक जबरजस्ती करणी गरेर बिहान पख प्रतिवादीले मलाई पीसीआर परीक्षण गर्न जानुपर्ने भनेका थिए’, उनले भनेकी छन्, ‘मलाई ब्रेकफास्ट खाएर जाउँ भन्दा मैले नमानेपछि उनले मलाई गाडीमा राखेर होस्टल नजिकै लगेर छाडेर गाडी लिइ फरार भएका थिए ।’

यसरी आफूलाई डर, त्रासमा पारेर इच्छा विपरीत दुई पटक जबरजस्ती करणी गरेको पीडितको बयान छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal