आज :

सबैका प्रिय हेमराज चौबीस दिनदेखि बेपत्ता, भेट्टाउनेले १० लाख पाउने

गलेश्वर । विगत २४ दिनदेखि बेपत्ता म्याग्दीका एक पुरुष अझै फेला परेका छैनन् ।

म्याग्दीको बेनी नगरपालिका–५ पुलाचौर स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका–१६ वनस्थली बस्ने ५० वर्षीय हेमराज शर्माको अहिलेसम्म अत्तोपत्तो छैन ।

गत महिना असोज २६ गते आइतबार साँझ ४ बजेदेखि बेपत्ता भएका शर्माको खोजीकार्यमा अहिलेसम्म कुनै पनि प्रगति नभएको बेपत्ता भएका शर्माका आफन्त विवेक शर्माले बताए ।

सामाजिक एवं राजनीतिक गतिविधिमा सक्रिय शर्मा सबैका प्रिय थिए । एक्कासि सम्पर्कविहीन भएपछि परिवारका सदस्यले खोजी कार्यका लागि अपिल गरेका छन् ।

हालसम्म पनि फेला नपरेपछि सूचना दिनेलाई परिवारले नगद रु १० लाखसमेत पुरस्कार दिनेसमेत घोषणा गरेको छ ।

घर परिवारमा पनि कुनै झैझगडा मनमुटाव नभए पनि केही आत्तिएको जस्तो भने देखेको परिवारका सदस्यको भनाइ छ ।

परिवारका सदस्य, आफन्त, शुभचिन्तक र प्रहरीले काठमाडौँ आसपासका क्षेत्रमा नियमित जाने स्थान तथा वनजङ्गल, खोलानाला र देशका विभिन्न स्थानमा समेत व्यापक रूपमा खोजी गरिसकेका छन् ।

अहिलेसम्म कुनै सुराक फेला नपरेपछि परिवार चिन्तित भएका छन् । त्यसकारण उनिहरूले १० लाख नगद पुरस्कार दिनेसमेत घोषणा गरेका हुन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal