आज :

मुद्धा दर्ता भएकै दिन यस्तो आयो सन्दीप लामिछानेको अर्को बेग्लै बयान, बल्ल खोले यस्तो बेलिबिस्तार

  • अनलाइन डबली

काठमाडौं । बला त्कार आरोपी सन्दीप लामिछानेले उजुरीकर्ता किशोरीले नै कर गरेपछि आफू नगरकोट भएको बयान दिएका छन् । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले अदालतमा पेश गरेको अभियोग पत्रमा उल्लेखित बयानमा लामिछानेले ती किशोरीले ‘आफू दयनीय स्थितिमा रहेको’ भन्दै भेट्न कर गरेको बताएका छन् ।

‘मैले के भयो, म कसरी सहयोग गर्न सक्छु भनेर म्यासेज गरेको थिएँ’, उनले प्रहरीसँगको वयानमा भनेका छन्, ‘होइन, म भेटेर मात्रै यो कुराहरु भन्न सक्छु भनेको हुँदा मैले ठीक छ, अहिले फुर्सद छैन, फुर्सद मिल्यो भने भेटौंला भनेको थिएँ ।’

लामिछानेले ५ भदौको साँझ चार बजेतिर उनलाई फोन गरेको बताएका छन् । ‘त्यतिबेला उनले फेरि पटकपटक भेट्ने प्रस्ताव गरेकी थिइन्’, लामिछानेले वयानमा भनेका छन्, ‘मैले आज भेट्न सम्भव छैन भन्दा उनले ठीक छ, तपाईं काम भ्याएर आउनु, म होस्टलमै पर्खी बस्छु भनेकी थिइन् ।’

साँझ आफ्नो बैठक सकिएपछि ‘होस्टलको बाटो हुँदै आउँदैछु’ भनेर जानकारी गराएको उनले भनेका छन् । ‘उनले तपाईं होस्टलतिर नआउनुस् नजिकै लिटल काठमाडौं रेष्टुरेन्ट छ, त्यहाँ कुरेर बस्नुस्, म त्यहीँ आउँछु भनेकी थिइन्’, लामिछानेले भनेका छन्, ‘त्यसपछि उनी त्यहाँ आइन् र सिधै मेरो गाडीको अगाडिको सिटमा बसिन् ।’

किशोरीले त्यसपछि नगरकोट जान भनेको सन्दीपको भनाइ छ । ‘बिहानदेखि नै नगरकोट जाने मुड बनाएको छु, भनेकोमा मैले सम्भव छैन भनेको थिएँ’, उनले भनेका छन्, ‘मैले होस्टलबाट साथीहरुलाई नगरकोट जाँदैछु भनेर बताएर आएको, एकछिन भएपनि नगरकोट गएर आउनुपर्छ भनेर आएको छु, एकछिन भएपछि नगरकोट गएर आउनुपर्छ भनी कर गरेको गर्‍यै गरेपछि मैले खाजा खाएर फिर्ता आउने शर्तमा निजको चित्त नदुखोस् भनी नगरकोट जान सहमत भएको थिएँ ।’

लामिछानेले जाँदा गाडीमा कुराकानी हुँदा किशोरीले आफू १९ वर्ष पुगेको बताएको पनि जिकिर गरेका छन् । ‘बाटोमा जाँदै गर्दा भक्तपुरको दरबार स्क्वायर पुग्दा उनलाई मैले नगरकोट पुग्दा ढिलो हुन्छ, फेरि तिम्रो होस्टल पनि बन्द हुन्छ, यतैकतै खाजा खाएर फर्किउँ भन्दा उनले होइन, होस्टल बन्द हुँदैन, जति बेला पनि खुला हुन्छ र मलाई नगरकोटबाट साँझको भ्यू अवलोकन गर्न इच्छा छ भनेकी थिइन्’, सन्दीपले दाबी गरेका छन्, ‘त्यतिबेलासम्म हामीले नगरकोटमा बस्ने योजना बनाएका थिएनौं ।’

त्यसक्रममा नगरकोटको बोजिनी रिसोर्टमा गएको उनले भनेका छन् । त्यहाँ गीत गाउँदै रमाइलो गरेको लामिछानेले वयानमा बताएका छन् । खाजा खाएपछि भ्यू हेर्ने क्रममा किशोरीले आफ्नो काँधमा आफ्नो टाउको अड्याएर उभिएको भन्दै सन्दीपले भनेका छन्, ‘त्यसरी उभिँदा मलाई असहज भएपछि मैले अब हामी जाने होइन, ढिला भइसक्यो, रात पर्‍यो । तिम्रो होस्टल पनि बन्द हुन्छ भन्दा उनले ढिला भएको छैन भनेकी थिइन् ।’ त्यतिबेला पीडित किशोरीले नै ‘ढिला भए पनि केही छैन, यतै बसौंला’ भन्ने कुरा गरेको सन्दीपको दाबी छ ।

फर्किएर आउने क्रममा राति ११ः१५ बजेतिर होस्टलबारे सोध्दा ‘होस्टल बन्द भइसकेको’ बताएको उनले प्रहरीसमक्ष बयानमा बताएका छन् । त्यो कुरा सुनेर आफू छक्क परेको उनले भनेका छन् ।

पीडित भनिएकी किशोरीले नै त्यसदिन ‘धेरै कुरा गर्नुछ, व्यक्तिगत कुरा गर्न पनि बाँकी छ’ भनेको भन्दै सन्दीपले भनेका छन्, ‘मैले हायात होटलमा बस्दै आएको छु, त्यहीँ गएर तिम्रो कुरा सुन्छु भन्दा उनले आत्तिँदै त्यहाँ सबै खेलाडी पनि हुन्छन्, त्यसमाथि देव पनि हुन्छ भन्दै आनाकारी गर्न थालेकी थिइन् ।’

त्यसपछि ‘होटल काठमाडौं इनमा फोन गरेर एउटा कोठा बुक गरिदिन्छु, म पनि एकछिन तिम्रो कुरा सुनेर जाउँला, बरु तिमीलाई होस्टलसम्म पुर्‍याइदिनका लागि बिहानै उठेर आउँला’ भनेको सन्दीपको बयान छ ।

कोठा नम्बर ३०५ मा कुराकानी गर्न आफू कुर्सीमा बस्दा किशोरीले ढोका भित्रबाट लक गरेको सन्दीपले प्रहरीसँगको वयानमा बताएका छन् । ‘मैले किन ढोका लक गरेको भन्दा केही हुँदैन भन्दै जवाफ फर्काइन्’, उनले भनेका छन्, ‘मैले यो कुरालाई सामान्य लिएर कुर्सीमा बसिरहेँ भने निज बेडमा बसिन् र कुराकानीकै बीचमा फ्रेस हुनका लागि बाथरुम गएर फेरि कुर्सीमा आएर बसेँ ।’

त्यसपछि खेल जीवनबारे कुराकानी भएको सन्दीपले बताएका छन् । ‘सोही क्रममा व्यक्तिगत जीवनका बारेमा पनि कुरा गर्दा मैले मेरो गर्ल फ्रेण्ड रहेको र छिट्टै एक दुई वर्षमा विवाह गर्ने योजना बनाएको समेत भनेको थिएँ’, उनले भनेका छन्, ‘उनले आफ्नो व्यक्तिगत कुराकानी सुनाउँदा उदास देखिएकाले मैले डन्ट वरी सबै ठीक हुन्छ, दुखी नहोऊ भन्ने कुरा गरेँ ।’

कुराकानीका क्रममा उदास देखेपछि आफूले केही गीत पनि सुनाएको र उनको अनुहारमा खुशी देखेर आफूलाई पनि खुशी लागेको सन्दीपले बयानमा बताएका छन् । कुराकानी गर्दाथगर्दै ३ः४५–४ः०० बजेको उनले भनेका छन् ।

निद्राबाट बिउँझिदा पीडित भनिएकी किशोरी सुतिरहेको र उनलाई आफैंले उठाएको सन्दीपले बताएका छन् । बिहान ६ः४५ तिर होटलबाट निस्किएको उनले भनेका छन् । ‘निस्किएपछि मैले उनलाई म अब आफ्नो काममा बिजी हुन्छु, गेममा फोकस गर्नुछ भनेको थिएँ’, उनले भनेका छन्, ‘निज पनि खुशी हुँदै होटलबाट बाहिर निस्की गाडीमा आएर बसिन् र दुवै जना निजको होस्टलतिर गएर मैले उनलाई होस्टल नजिक छाडिदिएको थिएँ ।’

तर, २२ भदौमा एक्कासी आफूविरुद्ध जबर्जस्ती करणीको कसूरमा जाहेरी परेको सामाजिक सञ्जालमार्फत थाहा पाएको उनले दाबी गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal