आज :

अढाई सय बढी यात्रु बोकेर नयाँ दिल्ली उड्न लागेको जहाज एकाएक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा किन रोकियो ? कारण सुनेर सबै तनावमा

  • अनलाइन डबली

काठमाडौँ । भारतको नयाँ दिल्ली उड्न लागेको नेपाल एयरलाइन्सको वाइडबडीको आरए–२१७ को उडान रोकिएको छ। दुई सय ५४ जना यात्रु रहेको उक्त विमानको उडान आइतबार दिउँसो १:४५ बजेलाई तय थियो।

तर नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्सको उडान कटौती गरेकाले उडान रोकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिए।

‘आरए–११७ को आज उडान नै छैन,’ उनले भने, ‘बिहानको उडान भइसक्यो तर १ः४५ को उडान छैन। उडान तालिका नै नभएकाले हामीले रोकिदिएका हौं।’

प्राधिकरणले अन्तर्राष्ट्रिय वायुसेवाहरूको विन्टर सेड्युल (अक्टोबर ३० बाट २०२३ मार्च २७ सम्मको उडान तालिका) मा उडान कटौती गरिदिएकाले विमानस्थलले उडान रोकेको हो।

प्राधिकरणले उडान कटौती हुनेबारे नेपाल एयरलाइन्सलाई गत करिब दस दिनअघि नै सूचना दिएको थियो। अन्तर्राष्ट्रिय उडान गर्ने स्वदेशी वायुसेवा कम्पनी हिमालय र नेपाल एयरलाइन्सलाई प्राधिकरणले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कम्तीमा एक उडान गर्न पत्राचार गरेको थियो।

भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सुरू नगरे काठमाडौंबाट दैनिक हुने उडान कटौती गरिने जानकारी पनि दिएको थियो। नेपाल एयरलाइन्सले यात्रुलाई भने यो जानकारी दिन सकेन।

यसबारे नेपाल एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काले भनिन् -‘विन्टर सेड्युलका लागि प्राधिकरणले उडान कटौती गरेको सूचना दुई दिनअघि निगममा आइपुगेको हो। आजको उडानको टिकट २/३ महिनाअघि नै बुक भइसकेको थियो। हामीले प्राधिकरणसँग समय मागेका थियौं। अहिले उडान कटौती भयो।’

उडान कटौती हुनेबारे नेपाल एयरलाइन्सलाई दुई दिनअगावै जानकारी आए पनि यात्रुलाई किन खबर गरिएन भन्ने प्रश्नमा उनले भनिन्, ‘सार्वजनिक बिदा थियो। अब चाहिँ हामी अगाडि नै सूचना निकाल्छौं। अहिले छलफलकै क्रममा छौं। आजको उडानका यात्रुहरूलाई कसरी व्यवस्थापन गर्ने भन्ने भइरहेको छ।’

नेपाल एयरलाइन्सले यात्रुलाई जानकारी नदिई आफ्नै हिसाबमा उडान तय गर्दा आइतबार अढाई सयभन्दा धेरै यात्रु विमानस्थलमा अलपत्र परेका छन्।

अबका पनि उडान कटौती भइरहने हुन् कि भन्ने प्रश्नमा खड्काले यसबारे सम्बन्धित निकायहरूसँग छलफल भइरहेको बताइन्। भैरहवा विमानस्थलबाट उडान नगरेकै कारण कटौती भए पनि तत्काल त्यहाँबाट उडान भर्नसक्ने अवस्था भने नरहेको पनि उनले बताइन्।

हाल नेपाल वायुसेवा निगमले काठमाडौं–नयाँ दिल्ली दैनिक दुई उडान गर्दै आइरहेको छ। सातामा १४ उडान गरिरहेको निगमका हाल प्राधिकरणले चार वटा उडान कटौती गरिदिएको छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal