आज :

लक्ष्मी पूजाको दिन एकाबिहानै दुःखद् खबर, हेर्दाहेर्दै यसरी गयो बिनाको ज्यान

  • अनलाइन डबली

काठमाडौँ। आज यम पञ्चककाे तेस्रो दिन, लक्ष्मी पूजा। लक्ष्मी पूजाकै दिन कैलालीबाट दुखद खबर आएको छ ।

कैलालीमा थ्रेसरमा धान हाल्ने क्रममा कपडा बेरिएर एक महिलाको मृत्यु भएको छ । जिल्लाको कैलारी गाउँपालिका ३ भर्रीटोल बस्ने ४५ वर्षीय बिना चौधरीको थ्रेसरमा बेरिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) वेदप्रकाश जोशीले आफ्नै घर नजिकै खेतमा धान थ्रेसरमा बेरिएर मृत्यु भएको बताएका छन् ।

उनका अनुसार चौधरीको टाउकोमा बाँधेको पटुकी थ्रेसरमा फसेर बेरिएपछि उनको मृत्यु भएको हो । यस्तै दाङको बबई नदीमा नुहाउन गएका बेला हिजो दिउँसो बेपत्ता भएका दुई किशोरी मृत अवस्थामा फेला परेका छन् ।

घटना भएको दंगीशरण गाँउपालिका वडा नम्बर २ का वडा अध्यक्ष डम्बर खत्रीका अनुसार उनीहरुको शव स्थानीयले आइतवार बेलुकी फेला पारेका हुन् ।

डुबेको ठाउँदेखि झन्डै डेढ किलोमिटरको दूरीमा करिब १० मिटर गहिराइमा दुई जनाको शव एकै ठाँउमा घोप्टो परेको अवस्थामा फेला परेको वडा अध्यक्ष खत्रीले जानकारी दिए । दुवैजना नुहाउने क्रममा शनिबार दिउँसो डुबेर बेपत्ता भएका थिए ।

यस्तै सर्लाहीको कबिलासी नगरपालिका–४ जमुनियामा नुहाउन गएकी बालिकाको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा जमुनिया बस्ने ८ वर्षीया सीता कुमारी पासवान छन् ।

पोखरीमा नुहाउन जाँदा डुबेकी सीतालाई स्थानीयले प्राथमिक स्वास्थ्य केन्द्रमा लगेका थिए । उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्राथमिक स्वास्थ्य केन्द्र जमुनियाका चिकित्सकले बालिकालाई मृत घोषणा गरेका हुन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal