आज :

निगमको जहाज आगामी दिनमा चीनको ग्वान्जाउ, भारतको अहमदावाद, सिंगापुर र अष्ट्रेलिया जाने लक्ष्य

  • अनलाइन डबली

नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले निगमका जहाजले आगामी दिनमा चीनको ग्वान्जाउ, भारतको अहमदावाद र सिंगापुर हुदै अष्ट्रेलिया जाने लक्ष्य रहेको ताउनुभयो ।

भारतको मुम्बई र बैङ्लोरमा असोज २६ देखि ३१ गते सम्म  हवाई सेवा तथा पर्यटन सम्बद्ध प्रतिनिधिहरु बीच छलफल कार्यक्रमको समापनमा उहाले उक्त धारणा राख्नु भएको हो।

उक्त कार्यक्रमलाई सम्बोधन गर्नुहुदै निगमका कार्यकारी अध्यक्ष अधिकारीले निगमले स्थापनाकालदेखि नै भारतका विभिन्न गन्तव्यहरुमा उडान गर्दै आएकोमा हाल मुुम्बई, दिल्ली र बैङ्लोरमा नियमित रुपमा भरपर्दो, सुलभ र गुणस्तरीय हवाई सेवा प्रदान गर्दै आएको बताउनुुभयो । त्यस्तै, उहाले कोरोना महामारीको कारण विश्वव्यापी रुपमा हवाई सेवामा आएको संकुुचनबाट निगम पनि मुक्त नभएको सन्दर्भमा हाल यसमा भएको सुधारस“गै निगमको उडानमा पनि क्रमशः विस्तार हुदै गएको र नेपालमा पर्यटन क्षेत्रको विकास तथा प्रवद्र्धन गर्नको लागि नेपाल सरकारले सन् २०२३– २०३३ को अवधिलाई पर्यटन दशकको रुपमा घोषणा गरेको, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसमेत सञ्चालन हुने चरणमा रहेकोबाट नेपालमा हवाई सेवा र पर्यटन प्रवद्र्धन हुने अवस्थामा भएको हुदा यसमा निगमको अग्रणी भूमिका रहने भएकोले निगमको सेवालाई समयसापेक्ष थप प्रभावकारी बनाउदै लैजाने समेत बताउनुुभयो ।
उक्त कार्यक्रममा सम्बोधन गर्नुहुदै निगमको संस्थागत विभागकी निर्देशकले नेपालमा प्रचूर पर्यटकीय सम्भावना भएको अनुपम प्राकृतिक सौन्दर्यले भरिपूर्ण पर्यटकीय गन्तव्यहरु रहेको हुनाले उदीयमान अर्थतन्त्रको रुपमा विकास हुदै गरेको मित्रराष्ट्र भारतका विभिन्न सहरहरुलाई नेपालको पर्यटकीय गन्तव्यहरु संगै नेपाल वायुसेवा निगमले सहज रुपमा जोड्दै आएको बताउनुुभयो ।
त्यस्तै, उक्त कार्यक्रममा निगमले प्रदान गर्दै आएको विभिन्न सेवा तथा सुविधाको बारेमा निगमको वाणिज्य विभागकोे उपनिर्देशकले प्रस्तुतीकरण गर्नुभएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal