आज :

काग तिहारको दिन बुटवलको होटलमा घट्यो यस्तो घटना, महिलाको शव मात्रै भेटियो, प्रहरी पुग्दा पुरुष….

  • अनलाइन डबली

बुटवल । काग तिहारको दिन रुपन्देहीमा होटलभित्र एक महिला मृत फेला परेकी छन्। उनीसँगै बसेका पुरुष भने फरार भएका छन्। उक्त होटलको कोठा नम्बर ३०३ मा शुक्रबार पुरुष र महिला गरी २ जना बसेका थिए।

रुपन्देहीको बुटवल उपमहानगरपालिका–५ हाटबजारमा कपडा पसल गर्ने ३८ वर्षीया मनीषा जैसवाल सोही उपमहानगपालिका–९, इँटाभट्टीस्थित होटल वजन २४ मा शनिबार मृत अवस्थामा फेला परेकी हुन्।

तर कोठा बन्द रहेको र सम्पर्कमा समेत नआएको भनी होटल सञ्चालकले प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय (बुटवल) बाट खटिएको प्रहरीले कोठा खोली हेर्दा जैसवाललाई मृत अवस्थामा फेला पारेको हो।

उनीसँगै बसेका पुरुष भने फरार रहेको र हाल उनको नाम, थर, वतन नखुलेको प्रहरीले जनाएको छ। प्रहरीले उनको खोजी गरिरहेको छ।

यसैबीच काठमाडौंको बाँसवारीस्थित बाँसवारी रेष्ट्रो क्याफे एण्ड लजका म्यानेजर लजमा बस्न आउने पाहुनाको गोप्य भिडिओ बनाएको आरोपमा पक्राउ परेका छन्।

लजका म्यानेजर ४२ को मुकेश मालीले सो लजमा बस्न आउने पाहुनाहरुको गोप्य रुपमा अश्लिल भिडिओ रेकर्ड गर्ने गरेको भन्ने सूचनाका आधारमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

विशेष सूचनाका आधारमा कात्तिक २ गते प्रहरी बृत्त महाराजगञ्‍जबाट प्रहरी अधिकृत सहितको टोली उक्त लजमा पुगी उनको साथमा रहेको मोबाइल फोन नियन्त्रणमा लिई चेक जाँच गर्दा मोबाइल फोनमा गेष्‍ट हाउसमा बस्ने गरेका विभिन्न ब्यक्तिहरुका रेकर्डेड भिडिओ फेला पारेको थियो।

त्यसक्रममा उनलाई मोबाइल फोनसहित तत्काल नियन्त्रणमा लिइएको थियो। प्रहरीले उनको साथबाट अश्लिल भिडिओ रेकर्ड गरिएको आइफोन १२ प्रो म्याक्स बरामद गरेको छ।

पक्राउ परेका मुकेश माली उपर मुलुकी अपराध संहिता २०७४ को परिच्छेद–५ को ‘सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धका कसूर’ अन्तर्गत दफा ११८ ‘अभद्र व्यवहार गर्न नहुने’ मुद्दामा जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट ५ दिनको म्याद थप अनुमति प्राप्त भई प्रहरी बृत्त महाराजगञ्जबाट थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal