आज :

नेकपा (बहुमत) सहित चार पार्टीकाे देशभर निर्वाचन अवज्ञा सभा

  • अनलाइन डबली

काठमाडाैँ । नेकपा (बहुमत) सहित चार दलीय मोेर्चाले देशभर निर्वाचन बहिष्कार/अबज्ञा गर्न भेला सभा गरिरहेकाे छ । पाेखरापछि शुक्रबार  बुटवलमा माेर्चाले सभा गरेकाे छ । अबज्ञा सभालालाई सम्बाेधन गर्दै नेताहरूले दलाल नाेक्करशाहि पुँजीवादि संसदीय व्यवस्थाका विरुद्ध सडकमा आउन जनतालाई आह्वान गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोलाले-“यो व्यवस्थामा हुने चुनावले भ्रस्टचारी, कालाबजारी, शिक्षाका माफिया, राष्ट्रघाती, जनघाती र विदेशी दलालहरुलाई जिताउने भएकाले यस चुनावलाई सबै जनतालाई अवज्ञा गर्ने नीति लिएका छौँ । हामीले देशमा राजनीतिक स्थिरता, समृद्धि, सामाजिक रुपान्तरण, शान्ति र स्वाधिनताका लागि स्वाधिन संयुक्त सरकार निर्माण गर्दै नयाँ जनवादसहितको वैज्ञानिक समाजवाद स्थापना गर्न संघर्ष गर्दैछौँ” बास्ताेलाले भने ।

नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य सिपी गजुरेलले देश बेचुवाकाे मतियार नबन्न अपील समेत गरे । “दलाल संसदीय ब्यवस्थाको अवसान शुरु भईसकेका बताउदै दलालहरुलाई भोट दिएर राष्ट्रघात जनघातमा समाबेश नहुन जनतालाई आब्हान गर्नुभयो । दलालहरुलाई भोट दिएर देशबेचुवाहरुको मतियार बन्नु हुदैन । त्यसैले भोट दिन गएर दलालहरुको देशबेच्ने लाईसेन्स नवीकरण नगरौ । वर्तमान अवस्थामा देशमा लोकतन्त्र नभई लुटतन्त्र रहेको छ । संसदीय ब्यवस्थाले जनतालाई केही पनि दिन नसकेको चर्चा गर्दै उहाँले संघीय जनगणतन्त्रका लागि संर्घष गर्नुपर्नेमा जोड दिनुभयो । केही मान्छेहरु फेरिएर हुदैन यो ब्यवस्था बदल्नुपर्छ” गजुरेलले भने ।

नेकपा (मशाल)का महासचिव सन्त बहादुर नेपालीले निर्वाचनलाई सक्रिय बहिस्कार गरेर दलाल संसदीय ब्यवस्थालाई धक्का दिएको बताए । क्रान्तिकारी धुब्रीकरणको आवश्यकता समेत औल्याउदै ४ पार्टीको बहिष्कार आन्दोलनलाई कमजोर नठान्न चेतावनी दिए ।

कार्यक्रममा माओवादी कम्युनिस्ट पार्टी, नेपालका महासचिव रामनारायण पालले-“ब्यवस्था फेरिए पनि जनताको अवस्था उस्तै रहेको चर्चा गर्दै बैज्ञानिक समाजवादका आधार तयार गर्न संसदीय निर्वाचन बहिष्कार गर्न आग्रह गरे ।

सभामा नेकपा (बहुमत) रुपन्देहीका ईन्चार्ज प्रबेशको अध्यक्षता क्रान्तिकारी माओवादीका रुपन्देही जिल्ला सेक्रेटरी विनोद मरासिनीको स्वागत,नेकपा (मशाल)का नेता दीपक पौडेलको संचालनमा भएको थियो । बुटवल बसपार्कबाट जनर्याली सहित शुरु भएको जुलुस बीपीचोकमा पुगेर सभामा परिणत भएको थियो । सभा नेकपा (बहुमत), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मशाल) र माओवादी कम्युनिस्ट पार्टी नेपालले संयुक्त रुपमा गरेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal