आज :

चर्चित भारतीय अभिनेत्री वैशाली टक्करले सुसाइड गर्नुअघि लेखेको नोट भेटियो, पूर्वप्रेमी र उनकी पत्नीले…

  • अनलाइन डबली

काठमाडौं । भारतीय टेलिभिजनकी चर्चित अभिनेत्री वैशाली टक्कर आफ्नै निवासमा मृत भेटिएकी छन् ।

पिंकभिल्लाका अनुसार मध्यप्रदेशको इन्दौरस्थित निवासमा उनी मृत अवस्थामा फेला परेकी हुन् । घटनास्थलमा सुसाइड नोट पनि भेटिएको छ । उक्त घटनाको अनुसन्धानमा खटिएको प्रहरीले आत्म ह त्याको कारण चाहिं उनका पूर्व प्रेमी राहुल रहेको बताएको छ ।

उनका पूर्व प्रेमी राहुलले उनलाई निरन्तर मानशिक यातना दिँदै आएको बिषय सुसाइड नोटमा लेखिएको छ । विवाहित उनका पूर्व प्रेमी राहुलले श्रीमतीसंग मिलेर यसअघि पनि बैशालीकी सगाई तोडेका थिए ।

यसपटक पनि बैशालीको २ दिनपछि बिहे हुन लागेको थियो । उनीसंग बोहे गर्न नितेस नामको केटा क्यालिफोर्नियाबाट भारत आउने तयारीमा थिए । तर बिहे हुनु २ दिन मात्रै बाँकी रहेको बेला राहुलको मानसिक यातना खेप्न नासकेर उनले आत्मा हत्या गरेकी छिन ।

पाँच दिनअघिसम्म उनको इन्स्टाग्रामबाट तस्वीर र रिल सेयर भइरहेका थिए, जहाँ उनी खुसी देखिन्थिन् । चर्चित टीभी सिरिज ‘ए रिस्ता क्या कहलता हैं’बाट उनले अभिनय करिअर थालेकी थिइन् ।

अर्को चर्चित सिरियल ‘ससुराल सिमरका’मा उनले अभिनय गरेको अञ्जली भारद्वाज चरित्र हिट भएको थियो । नेपालमा समेत उनको राम्रै फ्यान फलोइङ छ ।

यसैबीच भारतीय अभिनेत्री रकुलप्रित सिंहले विवाह गर्न लागेको खबर बाहिरिएको छ। उनले निर्माता तथा अभिनेता ज्याकी भगनानीसँग सन् २०२३ मा विवाह गर्न लागेको बताइएको छ।

भारतीय सञ्चारमाध्यमसँग कुराकानी गर्दै रकुलका भाइ अमनले उनीहरूले विवाह गर्न लागेको बताएका हुन्। विवाहको खबर बाहिरिएपछि रकुलले ट्विटरमार्फत प्रतिक्रिया दिएकी छन्।

‘अमन, तिमीले मेरो पक्का गरिदियौ? र मलाई भन्दा पनि भनेनौ। यो निकै रोचक कुरा हो। मेरो जिन्दगीको बारेमा मलाई कुनै खबर छैन,’ उनले लेखेकी छन्। रकुलले ज्याकीसँग प्रेममा रहेको कुरा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी थिइन्।

उनले जसरी प्रेममा रहेको कुरा सार्वजनिक गरिन्, त्यसरी नै विवाहको कुरा सार्वजनिक गर्ने तयारीमा रहेको उनका भाइले बताएका थिए। रकुल अभिनीत फिल्म ‘डाक्टर जी’ असोज २८ गतेदेखि प्रदर्शन हुँदैछ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal