आज :

भारतलाई टुक्र्याउन जनमतसंग्रह, छुटिएर बन्ने नयाँ देशको नाम के हो ?

  • अनलाइन डबली

काठमाडौं । भारतलाई टुक्र्याउन जनमत संग्रह हुँदैछ । क्यानडामा भारत विरोधी खालिस्तानी आन्दोलनकारीले भारतलाई टुक्र्याएर अर्को देश बनाउन जनमत संग्रह गर्न लागेका हुन् । भारतले कडा विरोध गरेपनि नोभेम्बर ६ मा जनमत संग्रहको तयारी गर्न थालिएको छ ।

अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार यसअघि खलिस्तानी चरमपन्थीहरूले ब्राम्पटनको स्वामीनारायण मन्दिर जस्ता भारतीय मन्दिरहरूमा तोडफोड गरेका थिए, यस घटनाको क्यानाडाली प्रहरीले अनुसन्धान जारी रहेको छ ।

क्यानाडामा खालिस्तानीहरुले जनमत संग्रहको तयारी गरेपछि भारत सरकारले क्यानाडा सरकारलाई आपत्ति पत्र लेखेको छ । भारतले जनमत संग्रह भारतको सार्वभौमसत्ता र अखण्डताका विरुद्ध भएको बताएको ।

भारतले यो जनमतसंग्रहलाई कट्टरपन्थीहरूले अमेरिका, बेलायत र जर्मनीबाट भारतमा सिख समुदाय विरुद्ध अस्तित्वहीन अत्याचारको नाममा पैसा उठाउन प्रयोग गर्ने आरोप लगाएको छ ।

भारतीय विदेश मन्त्रालयका उच्च अधिकारीहरूले क्यानडाका उच्च अधिकारीहरूलाई एक पत्र लेखेर नोभेम्बर ६ मा ओन्टारियोमा हुने भनिएको खालिस्तानी जनमत संग्रह भारतको सार्वभौमसत्ता र अखण्डतालाई चुनौती दिने भन्दै रोक्न आग्रह गरेका छन् ।

जस्टिन ट्रुडो सरकारले यो जनमत संग्रह रोक्नको लागि कदम चालेको थियो। यस सम्बन्धमा क्यानडाको राजधानी ओटावास्थित भारतीय दूतावासले अर्को साता क्यानडाको ग्लोबल अफेयर्समा पनि यो मुद्दा उठाउने छ ।

सिख जेएस पन्नुद्वारा सञ्चालित एसएफजे (सिख फर जस्टिस) को मुद्दा पनि उठाएको थियो । भारतले यो जनमत संग्रह भारतीय डायस्पोरा विभाजित गर्न प्रयोग हुने चिन्ता व्यक्त गरेको छ। त्यसपछि १६ सेप्टेम्बरमा क्यानडा सरकारले भारतको सार्वभौमसत्ता र अखण्डताको सम्मान गर्ने र जनमत संग्रहलाई अनुमति नदिने बताइसकेको छ ।

तरपनि १८ सेप्टेम्बरमा ओन्टारियोको ब्राम्पटनमा खलिस्तानी विरोधी आन्दोलनको जनमत संग्रह भयो। जनमत संग्रह एक निजी सम्मेलन केन्द्रमा भएको थियो। यसबारे ट्रुडो सरकारले आफ्नो देशमा कुनै पनि व्यक्तिलाई कानूनको दायराभित्र रहेर शान्तिपूर्ण रूपमा आफ्नो विचार व्यक्त गर्ने अधिकार रहेको स्पष्ट गरेको थियो ।

भारतीय संचारमाध्यमहरुका अनुसार भारतीय सुरक्षा निकायले क्यानाडाली समकक्षहरूलाई पन्नुले खालिस्तानको नाममा सिख युवालाई ठूलो मात्रामा कट्टरपन्थी बनाउँदै क्यानडाले पन्नु जस्ता सिख चरमपन्थीलाई खुला छोडेर आगोसँग खेलिरहेको भन्दै चेतावनी दिएको छ ।

वरिष्ठ भारतीय अधिकारीहरूले भने कि यदि ट्रुडो सरकारले यी चरमपन्थीहरूलाई युवाहरूको ब्रेनवाश गर्न र गुरुद्वारा कब्जा गर्नबाट रोकेन भने कट्टरपन्थीहरूले क्यानडामा खालिस्तान बनाउन सक्छन्।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले रुसले युक्रेनले कब्जा गरेको क्षेत्रमा जनमत संग्रहको विरोध गर्दै ट्वीट गरे तर खालिस्तान जनमत संग्रहबारे केही बताएका छैनन् । भारतले क्यानाडा सरकारले नै भारत विरोधी आन्दोलनलाई प्रसय दिइरहेको बताएको भारतीय संचारमाध्यमहरुले बताएका छन् ।

खालिस्तानीहरू भारतलाई टुक्र्याएर सिखहरूको बाहुल्यता रहेको क्षेत्रलाई नयाँ देश खालिस्तान बनाउन लामो समयदेखि आन्दोलनरत छन् । उनीहरुले सिख बाहुल्यता रहेको क्षेत्रलाई भारतबाट मुक्त गरेर नयाँ देश खालिस्तन बनाउन जनमत संग्रह गर्न लागेका हुन् । भारतले जनमतसंग्रहलाई मान्यता नदिएपनि खिस समुदायले खालिस्तान देश घोषणा गरेरै छोड्ने बताएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal