आज :

शक्तिशाली क्रुज मिसाइल प्रहार गर्दै किम जोङले भने- यो हरेक शत्रु देशका लागि चेतावनी हो

  • अनलाइन डबली

काठमाडौँ । उत्तर कोरियाले दुई लामो दुरीको रणनीतिक क्रुज मिसाइलको सफल परीक्षण गरेको छ । यी दुवै मिसाइल परमाणु हमला गर्न पनि सक्षम रहेको दाबी गरिएको छ ।

मिडिया रिपोर्टका अनुसार दुबै मिसाइलको बुधबार परीक्षण गरिएको थियो । सो क्रममा उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन पनि उपस्थित थिए ।

मिडिया रिपोर्टका अनुसार क्रुज मिसाइलले समुद्रमा २००० किलोमिटरको दुरी पार गरेपछि आफ्नो अनुमानित लक्ष्यमा प्रहार गरेको थियो । यद्यपी मिसाइलले के निशाना बनाएको थियो भन्ने खुलाइएको छैन ।

उत्तर कोरिया आणविक परीक्षणतर्फ अघि बढ्दै
स्थानीय सञ्चारमाध्यमका अनुसार यी दुई मिसाइल कोरियाली सेनामा सामेल हुनाले उनीहरुको शक्ति बढ्नेछ । सेनाले अब आणविक हतियारले पनि आक्रमण गर्न सक्नेछ ।

क्रुज मिसाइल परीक्षणले कोरियाली प्रायद्वीपमा पनि तनाव बढाएको छ । यो डर छ कि प्योङयाङले अब २०१७ पछि पहिलो परमाणु परीक्षण गर्न सक्छ ।

किम जोङले शत्रु देशलाई दिए चेतावनी
क्रुज मिसाइलको सफल परीक्षणपछि किम जोङले भने – यो हरेक शत्रु देशका लागि चेतावनी हो । हामी आणविक हतियार परिक्षणको दिशामा अघि बढिरहेका छौँ । आपतकालीन वा युद्धजस्तो अवस्थामा सेनालाई यसबाट थप बल मिल्छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal