आज :

९ लाख आर्थिक हिनामिना गरेका जगत र जेमलाई त्रिएक नेपाली स्वतन्त्र चर्च कुवेतले दियो यस्तो चेतावनी, बिज्ञप्तिसहित

  • अनलाइन डबली

काठमाडौँ । चर्चको जग्गा किन्दा ९ लाख आर्थिक हिनामिना गरेका जगत बहादुर राना मगरले उल्टै भ्रामक समाचार लेखाएकोमा त्रिएक नेपाली स्वतन्त्र चर्च कुवेतले आपत्ति जनाएको छ ।

जगत बहादुर राना मगरले दासी भनिने श्रीमती शान्ता गुरुङ र जेम बहादुर थापासंग मिलेर चर्चाका लागि ६ लाखमा खरिद गरिएको जग्गालाई १५ लाख परेको भनी ९ लाख आर्थिक हिनामिना गरेको समाचार प्रमाणसहित सञ्चारकेन्द्रले सार्वजनिक गरेको थियो ।

उक्त समाचार बाहिरिएपछि जगत बहादुर राना मगरले आफ्नो बचाउमा अनावश्यक समाचार लेखाएको भन्दै त्रिएक नेपाली स्वतन्त्र चर्च कुवेतले एक विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको हो ।

त्रिएक नेपाली स्वतन्त्र चर्चका पास्टरले जगत बहादुर र जेम बहादुर थापासङ्ग सौहार्दपूर्ण तरिकाले कुरा गर्दा उल्टै जेम बहादुरले अपशब्द  प्रयोग गरेको समेत बिज्ञप्तिमा उल्लेख छ ।

उक्त जग्गा चर्चको नाममा ल्याउन चर्चले तोकेको व्याकिलाई फिर्ता गर्न भनेको बिषयलाई तोडमोड गरेर जगत रानामानगरले जग्गा व्यक्तिगत बनाउन खोजेको भन्दै झुट्टा कपोकल्पित आरोप लगाएर भ्रम फैलाउन खोजेको त्रिएक नेपाली स्वतन्त्र चर्च कुवेतले जनाएको छ ।

‘जुन सामुहिक जग्गा भनिएको छ, त्यो जग्गा अहिले जगत बहदुर राना मगर, जेम बहादुर थापा र कल्पना थापा यी तीन जना ब्याक्तिको नाम रहेको छ। यो चर्चको जग्गा हो । तसर्थ चर्चको जग्गा चर्चकै नाममा नै  हुनुपर्छ भन्ने उद्देश्यले त्रिएक नेपाली स्वतन्त्र चर्चले जग्गा बेच्ने निधो गरेर त्रिएक नेपाली स्वतन्त्र चर्चकै जिम्मेवार मान्छे कल्पना थापा चर्चमै रहेको र जगत बहादुर राना मगर, जेम बहादुर थापा अहिले त्रिएक नेपाली स्वतन्त्र चर्चको सदस्य समेत नभएको कारण कल्पना थापालाई नेपाल पठाएर जग्गा बेच्नको लागि वारेसनामा  कागज बनाएर पठाउन चर्चले  लगाएको  हो।’ बिज्ञप्तिमा भनिएको छ ।

चर्चले जगत बहादुर राना मगर र जेम बहादुर थापालाई अनावश्यक बखेदा नझिक्न र त्रिएक नेपाली स्वतन्त्र चर्चको जग्गा त्रिएकले ताेकेको मान्छेको नाममा वारेसनामा दिन आग्रह गरेको छ । अन्यथा चर्चको आग्रलाइ नमानेको खण्डमा चर्चले जस्तोसुकै कदम चाल्न पनि बाध्य हुने चेतावनी दिएको छ ।

‘अर्को कुरा तीन (३)जना वा चार जना मान्छेको नाममा हुने बित्तिकै संस्था सङ्ठन, समाज, क्लब इत्यादिको हुन्छ भनेर प्रमाणनित गर्ने हैसियत जगत, दासी र जेम थापा वा अरु कोहि जन्मेको छ ? होइन भने दस (१०)जना ब्याक्तिको नाममा भए पनि जग्गा त ती दस जना कै नाममा हुन्छ, कि कुनै संस्था सङ्ठन, समाज, क्लब हुदैन ?’ बिज्ञप्तिमा भनिएको छ- ‘तसर्थ जेम बहादुर थापा जगत बहादुर राना मगरलाई अनावश्यक बखेदा नझिक्न र  त्रिएक नेपाली स्वतन्त्र चर्चको जग्गा त्रिएकले ताेकेको मान्छेको नाममा वारेसनामा दिन चर्च आग्रह गर्दछ साथै चर्चको आग्रलाइ नमानेको खण्डमा चर्चले जस्तोसुकै कदम चाल्न पनि बाध्य हुनेछ।’

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal