आज :

अमेरिकाले रुसमाथि हमला गर्यो ! अब रुस र अमेरिकाबीच प्रत्यक्ष युद्ध

  • अनलाइन डबली

काठमाडौँ । अमेरिकाले हमला गरेको रुसले बताएको छ । अमेरिकाले नार्ड स्ट्रीम पाइपलाइन तोडफोड गरेको बताउँदै रुसले त्यो आफ्नो देशमाथिको हमलाको रुपमा लिएको बताएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् । युरोप ग्यास सप्लाई बन्द गर्न अमेरिकाले नार्ड स्ट्रीम पाइप लाइन तोडफोड गरेको बताइएको छ ।

त्यस्तै रुसले अमेरिकाले युक्रेनलाई हाईमार्स मिसाइल सिस्टम दिएर आफूमाथि हमला गरेको बताएको छ । रुसले यसअघि पनि युक्रेनलाई अस्त्र दिए आफ्नो देशमाथिको हमला मान्ने बताउँदै आएको छ । रुसको यो घोषणासँगै विश्व राजनीतिले नयाँ मोड लिएको छ । अब लडाइँ प्रत्यक्ष रुपमा रुस र अमेरिकाबीच देखिएको छ ।

योसँगै रुसले परमाणु अस्त्र प्रयोगको चेतावनी पनि दिएको छ । रुसले नेटोको सीमा नजिकै परमाणु हतियार प्रयोगको अभ्यास गरेको छ । रुसको १० हजार टन परमाणु अस्त्र बोकेर प्रहार गर्न सक्ने विश्वको सबैभन्दा घातक समरिन पनि गायव भएको छ । एक हजार मिटेर पानी मुनीबाट गुड्न सक्ने उक्त समरिन गायव भएसँगै रुसले परमाणु हतियार प्रयोगको तयारी गरेको हुन सक्ने बताइएको छ ।

परमाणु हतियार प्रयोगबारे रुसको औपचारिक धारणा सार्वजनिक गर्दै क्रिमलिनका प्रवक्ता देवित्री पेश्कोले परमाणु हतियार प्रयोग सन्तुलित दृष्टिकोण भएको बताए । उनको यो कुटनीतिक भनाईसँगै रुसको यो तयारीसँगै नेटोमा पनि विभाजन आउन सुरु भएको छ । जर्मनीले युक्रेनलाई नेटो सदस्य दिन नहुने बताउँदै उसको दायित्व लिन नसक्ने बताएको छ । जर्मनीले नेटो सक्रिय युद्धमा जान नहुने पक्षमा उभिएको छ ।

चीनले युक्रेनलाई नेटो सदस्य नबनाउने अमेरिकालाई चेतावनी दिएको छ । युक्रेन नेटो सदस्य भएपछि द्वन्द्वले नयाँ रुप लिने बताएको छ । यसैबीच जनवादी गणतन्त्रण कोरियाले भने रुसले युक्रेनका चार क्षेत्र गाभेको विषयको समर्थन गरेको छ । उसले पूर्वी युक्रेनको पुनर्निर्णको लागि एक लाख सैनिक युक्रेन पठाइसकेको थियो । अमेरिका र दक्षिण कोरियाले गर्न लागेको सैनिक अभ्यासलाई चुनौती दिँदै कोरियाले क्षेप्यास्त्र प्रहार समेत गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal