आज :

आजबाट विश्व नक्सामा युक्रेनको अस्तित्व समाप्त, पूर्वी र दक्षिणी क्षेत्र रुसका नक्सामा

  • अनलाइन डबली

काठमाडौँ । युक्रेनका पूर्व र दक्षिणका सामरिकि महत्वका क्षेत्र रुससँग औपचारिक रुपमा गाभिँदैछन् । पाँच दिनसम्म लगाएर जनमत संग्रह गरिएका लुहान्स्क, डोनेट्स्क, खेरसन र जापोरिजिाय क्षेत्र रुससँग विलय हुँदैछन् । योसँगै युक्रेन पुरानो अस्तित्वमा नरहने भएको हो । रुसले आज एक विशेष कार्यक्रमबीच चारवटै क्षेत्रलाई औपचारिक रुपमा आफूसँग गाभ्दैछ । त्यसपछि अहिलेसम्म युक्रेनको नक्सामा रहेका पूर्वी र दक्षिणी भागहरु रुसी नक्सामा समेटिने छन् । योसँगै विश्व नक्साबाट युक्रेनको पुरानो अस्तित्व समाप्त भएको विज्ञहरुले बताएका छन् ।

जनमत संग्रह सम्पन्न भएका युक्रेनका चार क्षेत्रलाई आज औपचारिक रुपमा रुससँग गाभिँदैछन् । एक विशेष कार्यक्रमबीच राष्ट्रपति पुटिनले रुसमा गाभिने घोषणामा हस्ताक्षर गर्ने कार्यक्र रहेको रुसी संचारमाध्यमहरुले बताएका छन् । त्यसलाई संसदको संयुक्त बैठकबाट पास गरिनेछ ।

युक्रेनमै रहने कि रुससँग गाभिने भन्ने प्रश्न सोधेर लुहान्स्क, डोनेट्स्क, खेरसन र जापोरिजियामा जनमत संग्रह गरिएको थियो । पाँच दिनसम्म चलेको मतदानपछि ९९ प्रतिशत नागरिकले रुससँग गाभिने पक्षमा मतादन गरेका थिए । रुससँग आफूहरुलाई गाम्भ अनुरोध पत्र लेखेर स्थानीय अधिकारीहरुले जनमत संग्रह गराएका थिए । रुसले जनमत संग्रहको सम्मान गर्ने बताएको छ ।

आजबाट नक्सबाट हट्ने क्षेत्र युक्रेनको २० प्रतिशत भूगोल ओट्छन् । भूगोलको हिसाबमा सानो भएपनि सामरिक दृष्टिले निकै महत्व रहेका छन् । युक्रेनलाई जलमार्ग जोड्ने र औद्योगिक उत्पादनमा यी क्षेत्रको मुख्य भूमिका थियो । युरोपको सबैभन्दा ठूलो परमाणु ऊर्जा उत्पादन केन्द्र पनि जापोरिजियामै पर्छ । आजबाट उक्त केन्द्र पनि रुसकै भएको छ ।

यसैबीच युक्रेन पठाउन सैनिकलाई रुसले साइबेरियामा सैनिक तालिम सुरु गरेको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले तीन लाख रिजर्ब सैनिकलाई युक्रेन पठाउन आदेश दिएका थिए । युक्रेन पठाउनअघि उनीहरुलाई कसरी लड्ने भन्नेमा भूगोलसँगै प्रविधिको पनि जानकारी दिन तालिम संचालन गरिएको हो ।

रुसले साइबेरियामा शिविर नै संचालन गरेर युक्रेन पठाउने अत्याधुनिक हतियार चलाउन लगाइएको भिडियो सार्वजनिक भएको छ । उक्त भिडियोमा केही सैनिक हतियार चलाउन र केही भूगोलबारे जानकारी लिइरहेका देखिइएको छ । भिडियो रुसी संचारमाध्यमहरुले सार्वजनिक गरेका हुन् ।

रुसले नयाँ सेना युक्रेन पठाएसँगै युद्धले नयाँ रुप लिने विश्लेषण हुन थालेको छ । केही दिन पहिले राष्ट्रपति पुटिनले युक्रेनमा पूर्ण क्षमताको कारवाही गर्न बाध्य हुने चेतावनी दिएका थिए । त्यसलगत्तै पुटिनले रिजर्ब सेना परिचालनको आदेश दिएका थिए । साइबेरियामा तालिम प्राप्त सैनिकहरुले युक्रेन पठाउने रुसले तयारी गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal