आज :

सतप्रतिसत युक्रेनीद्वारा रुससँग गाभिने पक्षमा मतदान ! पुटिनको सैन्य कारवाही पूरा, युद्धको घोषणा हुन सक्ने

  • अनलाइन डबली

काठमाडौँ । युक्रेनका पूर्वी क्षेत्रमा भइरहेको जनमतसंग्रहको आज अन्तिम दिन । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार आज पनि मतदान भइरहेको छ । कडा सुरक्षा व्यवस्थाबीच पाँच दिनसम्म मतदान चलेको थियो । भौतिक रुपमा मतदान उपस्थिति भएर वा टाढैबाट पनि मत व्यक्त गर्ने व्यवस्था मिलाइएको थियो । सुरक्षा कारण मतदान केन्द्रमा आउन नसक्ने वा आउन नचाहनेहरुलाई टाढैबाट मत व्यक्त गर्ने व्यवस्था मिलाइएको थियो ।

मतदान सकिएसँगै सर्वेक्षणका नतिजा पनि सार्वजनिक हुन थालेका छन् । रुसी संचारमाध्यमहरुका अनुसार पूर्वी क्षेत्रका चारवटै क्षेत्रमध्ये यसअघि अलग गणराज्य घोषणा भइसकेका लुहान्स्क र डोनेट्स्कमा सतप्रति मत रुससँग गाभिने पक्षमा खसेको छ । त्यस्तै, खेरसन र जापोरिजामा कतै ९५ प्रतिशतदेखि सतप्रतिसतसम्म मत खसेको रुसी संचारमाध्यमहरुले दाबी गरेका छन् ।

यो जनमतसंग्रहसँगै रुसको सैन्य कारवाही पूरा भएको बताइएको छ । रुसले युद्ध नभएर विशेष सैन्य कारवाही मात्रै गरेको बताउँदै आएको थियो । केही पहिले मात्रै रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो सानो टुकुडीले मात्रै युक्रेनमा लडिरहेको बताउँदै पूर्ण क्षमताको कारवाही गर्न बाँकी रहेको बताएका थिए ।

रुसले युक्रेनमा सैन्य कारवाहीको गर्नुको पहिलो उद्देश्य नेटोको सदस्य हुनबाट रोक्नु थियो । त्यो पूरा भएको बताइएको छ । त्यस्तै, युक्रेनलाई निशस्त्रीकरण गर्ने, पूर्वी क्षेत्रका रुसीभाषिमाथिको युक्रेनी दमन रोक्नु, युक्रेनसँग छुटिने नारासहित लुहान्स्क र डोनेट्स्कका नागरिकको अधिकार सुरक्षित गर्नु थियो ।

रुसको अर्को उद्देश्य क्रिमियासँग आवत जावतलाई सहज गर्न भूगोल जोड्नु थियो । यो मारियोपोल कब्जासँग पूरा भएको बताइएको छ । खेरसनबाट यो क्षेत्रका लागि पानी आपूर्ती हुने भएको छ । रुसले आफ्नो पहिलो उद्देश्य पूरा गरेको पश्चिमा विश्लेषकहरुले नै बताउन थालेका छन् । भारतीय परराष्ट्रविज्ञ दीपक बोहराले समेत रुसले आफ्नो उद्देश्य पूरा गर्दै गएको बताए । उनले रुस यति पूरा भएपछि फर्किन्छ वा दोस्रो चरणको कारवाहीको लागि अघि बढ्छ, त्यो केही दिनमा देखिने बताए । रुसले अब युद्धको घोषणा गर्न सक्ने बोहराको अनुमान छ ।

रुसले सुरक्षित गर्ने चाहेका क्षेत्रमा जनमत गरेसँगै नयाँ युक्रेनसँग नयाँ स्तरको युद्धको घोषणा हुन सक्ने बताइएको छ । रुसले युक्रेन कब्जा गर्ने उद्देश्य नभएको समेत बताउँदै आएको थियो । तर पश्चिमा देशहरुले अस्त्र र लडाकु पठाएपछि रुस अब त्यसै नफर्किने समेत विश्लेषकहरु बताउँछन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal