आज :

काठमाडौं ह त्या प्रकरण- घटना घटेको ४८ घण्टापछि प्रहरीले खोल्यो यस्तो रहस्य, आफन्तहरु स्तब्ध

  • अनलाइन डबली

काठमाडौं । काठमाडौंको गोठाटारमा असोज ३ मा मोहम्मद दर्जी उर्फ लाल मोहम्मदलाई अज्ञात समूहले गो ली प्रहार गरे ।

कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारमा उनको गार्मेन्ट छ । कपडा प्याक गर्ने प्लाष्टिक लिएर जोरपाटीबाट फर्केका मोहम्मदलाई बा.६ च ५१५२ नम्बरको गाडीबाट ओर्लिनासाथ लखेटेर दुईजनाले गो ली प्रहार गरेका हुन् ।

मोटरसाइकलमा सवार ३ जना आरोपी घटनास्थलमा देखिएका छन् । सुटरहरुले कहाँबाट र कहिलेदेखि पछ्याए भन्नेबारे प्रहरीले अनुसन्धान गरेको छ ।

बा.६ च ५१५२ नम्बरको गाडीका चालक रामप्रसाद गौतमको सहयोग लिएर प्रहरीले मंगलबार दिनभर त्यसबारे अनुसन्धान गरेको थियो । तर, क्लोज सर्किट टेलिभिजन (सिसिटिभी) क्यामेरा अध्ययन गर्दा लाल मोहम्मदलाई पछ्याएको नदेखिएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले खुलासा गरेका छन् ।

ती अधिकृत भन्छन्–‘पछ्याएको भेटिएन, घटनास्थलमा नै कुरेर गोली प्रहार गरेको देखिन्छ ।’ मोहम्मद सवार गाडी गार्मेन्ट अगाडि पुग्नासाथ एउटा मोटरसाइकल सँगै पुग्छ । दुईजना ओर्लिएर मोहम्मदको गाडीतिर जान्छन्, चालक मोटरसाइकल फर्काएर कुर्छन् ।

मोहम्मद झर्नासाथ गोलीको वर्षा शुरु हुन्छ । करिब ३५ सेकेन्डमा ६ गो ली प्रहार गरेर उनीहरु भाग्छन् । मोहम्मदलाई ४ गोली लागेको पोस्टमार्टममा संलग्न चिकित्सकहरुले जानकारी दिएका छन् ।

सर्लाहीको हरिवन नगरपालिका–२ घर भएका ५८ वर्षीय मोहम्मदको ह त्या योजना बनाउन भारत घर भएका नितेन सुधाका गोठाटारस्थित कोशीपारि गेस्ट हाउस एण्ड होटलमा बसेका थिए ।

सो गेष्ट हाउस मोहम्मदले सञ्चालन गरेको ‘एभेन्जर इन्टरप्राइजेज वर्ल्ड बेस्ट गार्मेन्ट’बाट करिब २ सय मिटरको दुरीमा छ । भदौ ३० बाट सो गेष्ट हाउसमा बसेका नितेनले शुरुमा नितेन खानको नाममा १०४ नम्बर कोठा बुक गराएका थिए ।

असोज १ मा फेरि भुवन मगरको नाम लगबुकमा इन्ट्री गरेर उनी अर्को कोठामा सरेका थिए । भदौ ३ मा गेष्ट हाउसमा नितेनले सुटर बोलाएको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरूका अनुसार उनलाई सुटरहरुले दोस्रो प्रयासमा ह त्या गरेका हुन् । १५ दिनअघि उनीमाथि बौद्ध क्षेत्रको जम्बुडाँडास्थित प्रहरी चौकी नजिकै आ क्रमण भएको थियो ।

गो ली हान्न आएका सुटरको मोटरसाइकल अनियन्त्रित भएर ढलेपछि लाल भागेका थिए । सो सूचना पाएर पनि प्रहरीले वास्ता नगरेको पनि खुलासा भएको छ । जसकारण दोस्रो प्रयासमा लाल मोहम्मद मारिएका छन् । घटनाले आफन्तहरु स्तब्ध बनेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal