आज :

पुटिनले तीन लाख रिजर्भ सेना बोलाएलगत्तै रुसबिरुद्ध युरोपेली युनियनले गर्यो यस्तो घोषणा, तनाव झन बढ्यो

  • अनलाइन डबली

काठमाडौँ । युक्रेनबिरुद्ध लड्न भ्लादिमिर पुटिनले ३ लाख रिजर्भ सेना बोलाएपछि  युरोपेली युनियनले रुसलाई थप प्रतिबन्ध लगाउने भएको छ ।

युरोपेली युनियनका मन्त्रीहरूले बुधबारको अनौपचारिक बैठकमा रुसलाई लक्षित गरी नयाँ प्रतिबन्धहरू अगाडि बढाउन सहमत भएको ईयुका विदेश नीति प्रमुखले जानकारी दिए ।

राष्ट्रपति भ्लादिमिर पुटिनले दोस्रो विश्वयुद्ध पछि पहिलो युद्धकालीन परिचालनको आदेश दिएपछि मस्कोमाथि ईयुले थप प्रतिबन्ध लगाउने भएको हो ।

न्युयोर्कमा पत्रकारहरूसँग कुरा गर्दै, ईयुका विदेश नीति प्रमुख जोसेप बोरेलले २७ राज्यहरूले नयाँ क्षेत्रीय र व्यक्तिगत उपायहरू लागू गर्ने राजनीतिक निर्णय गरेका जानकारी दिए । युरोपेली युनियनका मन्त्रीहरू युक्रेनलाई थप हतियार आपूर्ति जारी राख्न पनि सहमत भएका पनि उनले जानकारी दिए ।

यता युक्रेनी सरकारलाई अपदस्थ गर्न प्रारम्भिक असफलतापछि भ्लादिमिर पुटिनले पहिलो पटक आणविक हतियारको प्रयोगको कुरा गरेका छन् ।

सम्भावित विनाशकारी हतियारको धम्कीले आफ्ना विरोधीहरूहरु डराउँछन् कि भन्ने पुटिनले आशा राखेको बीबीसी समाचारका सुरक्षा संवाददाता गोर्डन कोरेरा बताउँछन्

गोर्डनका अनुसार रुसको जनता नेटोले धम्की दिइरहेको छ भन्ने पुटिनको दाबीबाट त्रसित हुनेछन् । त्यसैले त्यहाँका जनतालाई देश आफ्नो रक्षा गर्न सक्षम छ है भनेर आश्वस्त गर्ने एक तरिका पनि हुनसक्छ ।

रुसको सैन्य सिद्धान्तका अनुसार परमाणु हतियार त्यतिबेला मात्रै प्रयोग गरिनेछ जब रुस एक राष्ट्रको रुपमा खतरामा हुनेछ र आफूले पश्चिमीको धम्कीको जवाफ दिइरहेको हो भनेर पुटिनले आफ्नो चेतावनीमा पनि भनेका छन् ।

उनले जब ‘मैले धम्की दिइरहेको होइन’ भने तब उनले त्यो स्थितिको कुरा गरिरहेका थिए जब रुसको सीमामा खतरा पैदा हुन्छ । एउटा महत्वपूर्ण प्रश्न के हो भने आगामी जनमत संग्रहपछि उनले युक्रेनको कति भूभागसम्म आफ्नो सीमाको विस्तार देख्छन् भन्ने हो ।

यी कुराले हाल के थाहा हुन्छ भने परमाणु हतियारको उपयोग हाल सम्भव छैन । यद्यपि, यसको सम्भावनालाई पूर्ण रुपमा खारेज गर्न सकिँदैन । विशेषगरी त्यतिबेला जब पुटिनलाई उनको देशको सुरक्षा खतरामा छ भन्ने लाग्छ । निश्चित रुपमा पश्चिमको गुप्तचर एजेन्सी पुटिनको कुरासँग भन्दा पनि रुसको वास्तविक व्यवहारमा निगरानी राख्नेछ ।

पुटिनले आणविक हतियारको प्रयोगको बारे किन कुरा गरे ?
यसअघि बुधबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमले रुसलाई ब्ल्याकमेल गरिरहेको तर रुससँग जवाफ दिन धेरै हतियार रहेको बताएका थिए । पुटिनले आफ्ना नागरिकको सुरक्षाका लागि सबै स्रोतसाधन प्रयोग गर्ने बताएका छन् । उनले रुसका जनताको समर्थनमा आफूलाई पूर्ण विश्वास रहेको बताए ।

पुटिनले युक्रेनमा रुसी नियन्त्रणमा रहेका मानिसहरूलाई नव–नाजी प्रणालीको दमनमा पर्न नदिने बताएका छन् । रुसी राष्ट्रपतिले आणविक युद्धको आडमा पश्चिमले ब्ल्याकमेल गरिरहेको बताएका छन् । रुसी राष्ट्रपतिले प्रतिक्रिया दिन आफूसँग धेरै हतियार रहेको र यो धम्की नरहेको बताए। उनले डोनबासका जनताको सुरक्षा गरिरहेको बताए ।

देशलाई सम्बोधन गर्दै, पुटिनले युक्रेनमा ‘विशेष सैन्य अपरेशन’ का लागी आरक्षित सेनाको आंशिक परिचालनको घोषणा गरे । उनले ‘स्वतन्त्र भूभाग’ का जनताको रक्षाका निम्तिी तत्काल निर्णय लिनुपर्ने बताए । पुटिनले रुसको रक्षा मन्त्रालयलाई सेना परिचालन गर्न निर्देशन दिएको बताए ।

यस विषयमा जारी गरिएको आदेशमा हस्ताक्षर भई बुधबारदेखि लागू भएको रुसी राष्ट्रपतिले बताए । आर्म्स फोर्सेसको दर्जा हासिल गरेका सबै नागरिकलाई एकताबद्ध गरिनेछ । पुटिनले युक्रेनको केही क्षेत्रलाई ‘स्वतन्त्र भूभाग’ भनेका छन् । यसैबीच रुसी रक्षामन्त्री सर्गेई शोइगुले सैन्य अनुभव भएका तीन लाख मानिसलाई बोलाइएको बताएका छन् ।

रुसले भन्यो – हालसम्म कति सैनिक मारिए ?
पूर्वी युरोपमा बीबीसी संवाददाता सारा रेन्सफोर्डका अनुसार पुटिनको भाषणपछि उनका रक्षामन्त्रीले तीन लाख रिजर्भ सेना बोलाइने बताए । तर, सबैलाई सँगै नभई आवश्यकताअनुसार बोलाइने पनि उनले स्पष्ट पारे ।

उनले भने, ‘विद्यार्थीलाई प्रयोग गरिने छैन । उनीहरूले शान्त भएर पढाइ जारी राख्नुपर्छ । अनिवार्य सैन्य सेवा गर्नेलाई सीमामा पठाइने छैन ।’ रुसले युद्धमा अनुभव भएका व्यक्तिलाई मात्रै प्रयोग गर्ने स्पष्ट पारेको छ ।

आफ्नो बयानमा सर्गेई सुइगुले युक्रेनसँगको युद्धमा अहिलेसम्म करिब ६ हजार (५ हजार ९३७) सैनिक मारिएको दाबी गरेका छन् । यो संख्या पश्चिमी खुफिया एजेन्सीहरूको अनुमान भन्दा धेरै कम हो, एक स्वतन्त्र स्रोत द्वारा रिपोर्ट गरिएको भन्दा पनि कम ।

तर युद्धमा मारिएका सैनिकको संख्याबारे रुसले पहिलो पटक जानकारी दिएको हो । रक्षामन्त्रीको नरम र शान्त स्वरले यो घोषणा गरेपनि रुसको पछिल्लो अडानलाई यो युद्धको सन्दर्भमा ठूलो परिवर्तन मानिएको छ । धेरै रुसीहरूले बेवास्ता गर्न खोजेको युद्धको आगो अहिले हजारौं मानिसहरूको घरमा पुगेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal