आज :

पुटिनको चेतावनीलगत्तै रुसले शक्तिशाली मिसाइल युक्रेन पठायो, पूर्ण क्षमताको हमलाको तयारी

  • अनलाइन डबली

काठमाडौँ । रुसले शक्तिशाली मिसाइल सिस्टम युक्रेन पठाएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार रुसले सेन्ट पीटरबर्गमा राखिएका मिसाइल युक्रेन पठाएको हो । रुसले सेन्ट पीटरबर्गमा राखिएका चारवटा मिसाइल सिस्टम युक्रेन पठाएको बताइएको छ ।

सेटलाइट फोटोमा रुसले यसअघि उक्त बेसमा १४ वटा एन्टी एयरक्राप्ट तैनाथ गरेको थियो । अहिले १० वटा मात्रै देखिन्छन् । रुसले एस–४०० र एस–३०० नामका चारवटा मिसाइल सिस्टम युक्रेन पठाएको बताइएको छ । त्यस्तै, रुसले पछिल्ला दिनमा अन्य बेसबाट पनि मिसाइल खाली गरेको छ ।

त्यसैगरी रुसले सेन्ट पीटरबर्गबाटै १ सय मिसाइल बोक्ने २५ कन्टेनर पनि युक्रेन पटाएको बताइएको छ । एउटा कन्टेनरले कम्तीमा पनि एक सय मिसाइल सजिलै बोकेर सम्बन्धी क्षेत्रमा पुर्याउछ । युक्रेनले रुसी सेनालाई विभिन्न क्षेत्रबाट लखेटेको बताइरहेको बेला रुसले भारी हतियार युक्रेन पठाएको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले खार्किभ, खेरसनलगायतका क्षेत्रबाट आफ्नो सेनाले लखेटेको बताएका थिए । उनले रुसी सेनाको कब्जामा रहेको ८ हजार किलोमिटर भूमि फिर्ता गरेको दाबी गरेका थिए ।

तर, रक्षा विज्ञहरुले अमेरिकाले लामो दूरीका हतियार दिन नरोकेपछि डोनबास क्षेत्रलाई सुरक्षित गर्दै नयाँ युद्ध रणनीतिमा गएको बताएका थिए । रुसी सेना फिर्ता भयो भन्दै पश्चिमा देशहरु विजय मनाइरहेका थिए । यही बेला रुसी सेनाले फेरि भिषण हमला सुरु गरेको छ । केही दिनयता रुसी फाइटल विमान र हेलिकोप्टरले ठाउँठाउँमा हमला गरेका छन् ।

पछिल्ला दिनमा रुसले हमला बढाएको स्वीकार गर्दै युक्रेनी राष्ट्रपति जेलेन्स्कीले न्यूक्लियर पावर प्लान्टमा हमला गरेको दाबी गरेका छन् । तर, यसअघि जापोरोजियामा युक्रेनले आफै मिसाइल हमला गरेर रुसलाई आरोप लगाउने गरेका कारण जेलन्स्कीको दाबीप्रति शंका उब्जिएको छ ।

संयुक्त राष्ट्रसंघको टोली जोपोरोजियमा पुगेकै दिन रुसी सेनाले पावर प्लान्टमा हमलाको तयारीमा रहेका युक्रेनी सेनालाई कब्जामा लिएको थियो । राष्ट्रसंघको टोली पुगेकै दिन पावर प्लान्टमा हमला गरेर रुसलाई आरोप लगाउने जेलेन्स्कीको योजना फेल भएको थियो ।

केही दिन पहिलेमात्रै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन मिसनमा कुनै परिर्तन नहुने बताएका थिए । उनले आफ्नो सेनाको सानो टुकडीले लडिरहेको र आफूलाई कुनै हतारो नभएको तर पश्चिमा देशहरुले हतियार दिन जारी राखेपछि पूर्ण क्षमताको सैन्य कारवाही गर्न बाध्य हुने चेतावनी दिएका थिए ।

पुटिनको चेतावनीपछि पनि अमेरिकाले थप ४० करोड डलर बराबरको सैन्य अस्त्र युक्रेन पठाएको थियो । त्यसपछि रुसले पनि पुनः युक्रेन हतियार पठाएको बताइएको छ ।

पुटिनको चेतावनी र रुसबाट मिसाइल सिस्टम युक्रेन गएपछि अब रुसले उसले भन्दै आएको पूर्ण क्षमताको हमला गर्ने तयारी गरेको हुन सक्ने रक्षा विज्ञहरुले बताएका छन् । यसअघि उच्च कमाण्डर पनि डोनबास क्षेत्र पुगेका थिए । आफ्नो पछिल्लो तयारीबारे रुसले भने आधिकारिक रुपमा केही बताएको छैन ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal