आज :

पुटिन सहभागी भोजमा किन अनुपस्थित भए सी चिनफिङ ? यस्तो रहेछ कारण

  • अनलाइन डबली

काठमाडौँ । सांघाई को-अपरेसनमा सहभागी हुन पुगेका राष्ट्रप्रमुखका निम्ति आयोजना गरिएको रात्रिभोजमा चिनका राष्ट्रपति सी चिनफिङ अनुपस्थित भएका छन्।

कोभिड प्रोटोकललाई कारण देखाउँदै उनी रात्रि भोजमा सहभागी नभएको रोयटर्सले जनाएको छ। उज्बेकिस्तानमा भइरहेको सांघाई कोअपरेसन अर्गनाइजेसको सम्मेलनमा सहभागी हुन सीले करिब ३२ महिनापछि मुलुक छोडेका थिए।

कोरोना सुरु भएयता सी विदेश भ्रमणमा गएका थिएनन्। त्यस भोजमा रूसका राष्ट्रपति भ्लादिमिर पुटिन भने सहभागी भएका थिए।

सम्मेलनमा सहभागी हुन चिनफिङसँगै रूसका राष्ट्रपति भ्लादिमिर पुटिन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, पाकिस्तानका प्रधानमन्त्री सेहबाज शरिफ सहभागी हुनेछन्।

यस्तै उज्बेकिस्तानका राष्ट्रपति सेबक्यात मिजियोयेभ, कजखास्तानका राष्ट्रपति कासेम जोमार्त तोकाएभ र किर्गिस्तानका राष्ट्रपति सदिर जिपारोभ, ताजकिस्तानका राष्ट्रपति इमोमली रहमोनको पनि सहभागि छन्।

यसअघि भने रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जीन पिङबीच भेटवार्ता भएको थियो । रुसले युक्रेनमाथि हमला गरेपछि पहिलो पटक बिहीवार उज्बेकिस्तानको समरकन्दमा दुई नेताबीच भेटवार्ता भएको हो ।

वार्तामा पुटिनले युक्रेन मामिलामा बेइजिङको ‘सन्तुलित अडान’का लागि धन्यवाद दिएका छन्। चीनले युक्रेनमा रुसी हमलाको समर्थन गरेको छैन, तथापि दुबै देशबीच व्यापार र अन्य सम्बन्ध निरन्तर बढिरहेको छ।

यसअघि गत फेब्रुअरीमा आयोजित शीतकालीन ओलिम्पिक्सका क्रममा बेइजिङमा सी र पुटिनबीच भेट भएको थियो।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal