आज :

चार दिनदेखी हुम्लामा लगातार बर्षा, जनजीवन प्रभावित

  • एम.बी थापा

सिमकोट । नेपालकै दुर्गममा जिल्ला हुम्लामा गत बुधबारदेखि लगातार बर्षा भइरहेको छ । ४ दिनको निरन्तर बर्षाको कारण हुम्ली जनजीवन निकै कष्टकर भएको देखिन्छ । बर्षाले गर्दा तँजाकोट गाउँपालिकाको कवाडी खोलादेखि खार्पुनाथ गाउँपालिकाको बोक्च्यागौँडासम्माको बाटो निकै नाजुक हनुन पुगेको छ । कतै मटो बग्ने त कतै ढुङ्गा खस्ने हुँदा मानिसहरूको आवोतजावोत पातलिएकोे छ । सदरमुकाम सिमकोटमा झन दयनीय अबस्था छ ।

कैलाश मानसरोवर दर्शन गर्न आउने पर्यटकहरु थन्किएर बस्नु परेको छ । सिमकोटमा लोडसेडिङ भएर सिमकोट गाउँपालिका जनताले अन्धकारमा जीवन चलाउने अवस्था सिर्जना भएको छ । दिउँसो पनि लगातार पानी पर्ने भएकोले गर्दा सोलार नतात्ने र भएका सोलारले पनि काम नगर्ने हुँदा पुरै सिमकोट अन्धकार भएको छ । विद्युतको कुनै विकल्प नहुदा प्रर्यजसो मनिसहरुका विद्युतिय उपकरणहरु बन्द छन् ।

बर्षाले गर्दा सरिसल्लादेखि खाद्यान्न बस्तु ढुवानी गर्दै आइरहेको हेलिकप्टर चल्न सकिरहेको छैन भने नियमीत अवाई यातायातमा पनि समस्या आइरहेको छ । नेपाल विद्युत प्राधिकरणका हुम्लाका प्रमुख साजन बहादुर ऐडिका अनुसार हेल्दुम जलविद्युतको नहरको ठाँउठाउँमा लिकेज भएको हुँदा मर्मत गर्नको लागि बन्द गरिएको र एक हप्ता भित्र सम्बन्धित निकायले विद्युतको काम गरिसक्ने कुरा अनलाइन डबलीलाई बताए । समयमै समस्यको समाधान गर्न नसके आउदै गरेको महान चाड दशैं तिहारमा निकै समस्य हुने देखिन्छ । यसकिसिमको लागातार वर्षाले चौतर्फि समस्या सिर्जना गरेको छ, हवाई यतायात, खाद्यन्न ढुवानीदेखि सञ्चारमा पनि समस्या पैदा भएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal