आज :

सीमामा हिंसात्मक झडप- ३० जनाको मृत्यु, दर्जनौं घाइते

  • अनलाइन डबली

किर्गिस्तान । ताजिकिस्तान सीमामा भएको झडपमा झण्डै ३० जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका छन् ।

सोभियत संघको पतन भएदेखि नै विवादित दुई भूतपूर्व सोभियत राज्यहरूबीच नियमित रूपमा लडाइँ भइरहन्छ । हप्ताको सुरुमा सुरु भएको नयाँ झडप शुक्रबार पनि जारी रह्यो, यद्यपि दुई देशले युद्धविरामका सहमति जनाएका थिए ।

दुवै पक्षले हिंसा सुरु गरेको र युद्धविराम उल्लंघन गरेको आरोप एक अर्कालाई लगाएका छन् । किर्गिजस्तानमा हालसम्म २४ जनाको मृत्यु भइसकेको किर्गिज स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ ।

हिंसाबाट बच्न झण्डै २० हजार मानिस आफ्नो घर छोडेर भागेका रेड क्रसको क्षेत्रीय शाखाले रिपोर्ट गरेको छ । गत वर्ष दुई देशबीच सीमामा भएको झडपमा कम्तीमा ५० जनाको मृत्यु भएको थियो ।

यसैबीच मध्य चीनस्थित च्याङ्सा सहरमा रहेको एउटा ४२ तल्ले गगनचुम्बी भवनमा आगलागी भएको छ । ‘लोटस गार्डेन चाइना टेलिकम’ नामक भवनमा आज स्थानीय समय दिउँसो ३.४८ बजे आगलागी भएको थियो ।

हुनान अग्निनियन्त्रक विभागका अनुसार आगो निभाउन १७ वटा केन्द्रका ३६ दमकल र २८० अग्निनियन्त्रकहरु प्रयोग गरिएको थियो ।आगजनी साँझ ५ बजेसम्म नियन्त्रणमा आइसकेको भए पनि दमकलले उद्धार कार्य जारी राखेको थियो ।

आगो निभ्दासम्म कुनै हताहति पाइएको थिएन । सामाजिक सञ्जालमा शेयर गरिएका भिडियोहरूमा सयौं मिटर टाढाबाट पनि धुवाँको मुस्लो देखिन्छ ।

सन् २००० मा निर्माण पूरा हुँदा यो २१८ मिटर अग्लो भवन च्याङ्शाको सबैभन्दा अग्लो भवन थियो । भवनमा जमिनभन्दा माथि ४२ तला र भूमिगत दुई तला छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal