आज :

युक्रेनको ताजा अपडेट- डोनेट्स्कमा मिलिसियाद्वारा सयौं रकेट प्रहार, युक्रेनी फौजको भागाभाग

  • अनलाइन डबली

काठमाडौँ । युक्रेनबाट स्वतन्त्र भएको डोनेट्स्कमा स्थानीय मिलिसियाले सयौं रकेट प्रहार गरेका छन् । पश्चिमा देशहरुका लडाकुसहित युक्रेनी फौज डोनेट्स्कतिर अघि बढेपछि मिलिसियाले जंगलबाट रकेट प्रहार गरेको भिडियो सार्वजनिक भएको छ ।

भिडियोमा जंगलमा शक्तिशाली तोप र रकेट सिस्टम तैनाथ गरिएको देखिएको छ । दुरविनले युक्रेनी फौजको निसाना निश्चित गरिन्छ । त्यही आधारमा एकै पटक दर्जनौं रकेट प्रहार गरिन्छ ।

अर्को स्थानबाट तोपबाट पनि प्रहार गरिएको देखिन्छ । भिडियो रुस समर्थित मिलिसियाका कमाण्डर सार्वजनिक गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।

समाचारमा दाबी गरिएअनुसार मिलिसियाका रकेट र तोप प्रहारबाट युक्रेनी फौजको ठूलो क्षति भएको छ । सो क्षेत्र प्रवेशको लागि हतियार बोकेका बख्तरबन्द गाडी तथा ट्रक पनि ध्वस्त भएको बताइएको छ ।

हतियार बोकेका गाडीमा आगो लागेको छ भने युक्रेनी फौजको भागदौड मच्चिएको छ । पछिल्लो दिन युक्रेन निकै हौसिएर पत्याक्रमणमा उत्रिएको छ । नेटो र ईयूले दिएका लामो दूरीका हतियारसँगै टर्कीको घातक ड्रोनबाट युक्रेनी फौजले हमला गरिरहेको छ ।

पश्चिमा मिडियाहरुले रुस कब्जा गरेको क्षेत्र धमाधम गुमाउँदै गएको बताएका छन् । गएको दुई दिनमा २० वटा क्षेत्रबाट रुसी सेना पछि हटेको युक्रेनले दाबी गरेको छ ।

उता रुसी संचारमाध्यमहरुले भने त्यसलाई अस्वीकार गर्दै पूर्वी क्षेत्रको मोर्चा सुदृढ गर्न जनशक्ति केन्द्रीत गरेको बताएका छन् । युक्रेनले खेरसन र खार्किभबाट रुस पछि हटेको दाबी गरेको छ ।

तर, रुसी रक्षा मन्त्रालयले सेप्टेम्बर ६ देखि ११ सम्ममा पत्याक्रमणको लागि भन्दै आएका २ हजार युक्रेनी सेना रुसी कार्बाहीमा मारिएको दाबी गरेको थियो ।

रुसी रक्षा मन्त्रालयले विज्ञप्ति नै जारी गरेर युक्रेनी फौजका ४ हजार सेनाको मृत्यु हुनाका साथै ८ हजार सेना घाईते भएको बताइएको छ । यस क्रममा दर्जनौँ रकेट प्रहार गर्ने यन्त्र, गाडी, हेलिकप्टर र ड्रोनहरु समेत नष्ट गरिएको रुसले बताएको छ ।

यसैबीच रुसले खार्किभतर्फ सुदृढ आक्रमण केन्द्रित गरिरहेको बताएको छ । त्यसको लागि उसले डोनेट्स्कमा थप सैनिक पठाएको छ । उच्च सैनिक कमाण्डर त्यहाँ पुगेको बताइएको छ । युद्धकला राम्रो भएका कमाण्डर त्यहाँ पुगेपछि लडाइँ थप भिषण बन्ने देखिएको छ ।

युक्रेनी सेनाले पुनः कब्जामा लिएको भनिएको शहरमध्येको एक बालाकलिया वरपर भीषण लडाइँ भइहरहेको बताइएको छ । रुसी सेनाको हमलामा परी युक्रेनी फौजले प्रयोग गरेका भवनहरू ध्वस्त भएका छन् भने सडकहरू मुख्यतया सुनसान छन् ।

युक्रेन कोरिया युद्धको रुप ‘पश्चिमा देशहरु भर्सेस रुस’ जस्तो देखिएको छ । पश्चिमा देशहरुले सैन्य अस्त्रसहित लडाकु पठाइरहेका छ्न । उनीहरुले कुनै पनि हालतमा रुसलाई जित्न नदिने घोषणा नै गरेका छन् भने उता रुस आफ्नो मिसन पूरा गरेरै छोड्ने बताउँदै आएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमाहरुको प्रतिबन्धले आफ्नो देशलाई कुनै असर नपरेको बताउँदै त्यसले उनीहरुनै संकटमा परेको बताएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal