आज :

अन्तत: ताइवानलाई लिएर अमेरिकाले गर्यो यस्तो घोषणा, बेइजिङमा हलचल, अब के गर्ला चीन ?

  • अनलाइन डबली

काठमाडौँ । बेइजिङसँग बढ्दो तनावबीच टापुको प्रतिरक्षालाई बढावा दिन संयुक्त राज्य अमेरिकाले शुक्रबार ताइवानलाई १।१ अर्ब डलरको नयाँ हतियार प्याकेज सहयोगको घोषणा गरेको छ ।

अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरेको एक महिनापछि अमेरिकाले उक्त टापुलाई हतियार प्याकेज घोषणा गरेको हो ।

उक्त सहयोग ताइवानको सुरक्षाका लागि अपरिहार्य भएको अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले जनाएका छन् । ‘हामी बेइजिङलाई ताइवानविरुद्धको सैन्य, कूटनीतिक र आर्थिक दबाब बन्द गर्न र ताइवानसँग अर्थपूर्ण वार्तामा संलग्न हुन आग्रह गर्दछौं,’ प्रवक्ताले भने ।

यसैबीच अन्तिम सोभियत नेता मिखाइल गोर्बाचेभको आज अन्त्येष्टि गरिने भएको छ । रुसका लागि अमेरिकी राजदूत जोन सुलिभानले गोर्बाचेभको अन्त्येष्टिमा भाग लिने भएका छन् ।

आज मस्कोमा हुने अन्त्येष्टिमा राजदूत सुलिभान सहभागी हुने अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले जानकारी दिए । रक्तपातबिना शीतयुद्ध अन्त्य गरेका गोर्बाचोभको मंगलबार ९१ वर्षको उमेरमा एक अस्पतालमा मृत्यु भएको थियो । उनको मृत्युप्रति विश्वका नेताहरुले समवेदन व्यक्त गरेका छन् ।

स्वदेशमा खलनायक साबित भएका गोर्बाचोभलाई पश्चिमा देशले भने नायक मान्छन् । सोभियत संघ विघटन गरेका गोर्बाचोभलाई अधिकांश रुसीले मन पराउँदैनन् । यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन गोर्बाचोभको अन्त्यष्टिनमा सहभागी नहुने विवरण सार्वजनिक भएको थियो ।

को हुन् मिखाईल गोर्बाचेव ?
मिखाईल गोर्बाचेव जुन सुधारका लागि चिनिन्छन्, यदि उनले त्यसलाई कार्यान्वयन नगरेको भए सम्भवतः उनी सोभियत संघका महासचिवको रूपमा बित्थे । उनको स्वास्थ्य समस्याहरू पहिलेदेखि मिडियामा चर्चा रहन्थे ।

तर बुधबार सरकारी समाचार एजेन्सीहरूले बुधबार गोर्बाचेभको मृत्युको खबर प्रकाशित गरेपछि मात्र उनी लामो समयदेखि विरामी भएको खुलेको थियो ।

‘लामो समयदेखि गम्भीर रोगबाट पीडित गोर्भाचेभको निधन भएको छ,’ मस्कोको केन्द्रीय क्लिनिकल अस्पतालको यस भनाईलाई उद्धृत गर्दै मंगलबार रुसी समाचार एजेन्सीहरू इन्टरफ्याक्स, तास र आरआईए नोवोस्तीले खबर छापेपछि अघिल्लो दिन बितेका गोर्बाचेभको निधनको खबर विश्वले थाहा पायो ।

गोर्बाचेभलाई मस्कोको नोभोडेभिची चिहान क्षेत्रमा उनकी पत्नी राइसाको छेउमा गाडिनेछ । जीवन अन्तिम दिनसम्म, मिखाइल गोर्बाचेभ दोहोरो पहिचानका साथ बाचे । उनी वासिङ्टन, पेरिस र लन्डनमा प्रिय राजनीतिज्ञ थिए भने, अधिकांश रुसीहरूमाझ घृणाका पात्र थिए ।

सन् १९८५ देखि १९९१ बीच सोभियत संघको सबैभन्दा शक्तिशाली पद महासचिव रहेका गोर्बाचेभको यस्तो दोहोरो पहिचान कसरी बन्यो ? शीतयुद्ध अन्त्य गर्न मद्दत गरेकोमा नोबेल शान्ति पुरस्कार पाएका गोर्बाचेभ देशभित्र भने एक असफल नेता रहिरहे ।

राजनतिमा प्रवेश
मिखाईल गोर्बाचेभको जन्म सन् १९३१ मार्च २ मा रूसको दक्षिणी भेगमा स्टाभ्रोपोलमा एक सामान्य किसान परिवारमा भएको थियो । उनका अभिभावक सामूहिक खेतमा काम गर्थे, जसमा किशोर गोर्बाचेभले पनि सघाउने गर्थे ।

सोभियत संघमा महत्वकाक्षी युवाको राजनीतिको पहिलो खुड्किलो योङ कम्युनिष्ट लिग (जसलाई रुसी भाषामा कोमसोमोल भनिन्थ्यो) हुन्थ्यो । गोर्बाचेभ विश्वविद्यालय प्रवेशअघि यस संगठनमा जोडिए ।

सन् १९५३ मार्च ५ मा विश्वविद्यालयमा अध्ययनरत रहँदा तत्कालीन सोभियत नेता स्टालिनको मृत्यु भयो । स्टालिनको मृत्युमा गोर्बाचेभको प्रतिक्रिया अन्य कुनै देशबासीको जस्तै दुःख र स्तब्धको भाव रहेको उनका जीवनी लेखकहरूले लेखका छन् ।

स्टालिनको शव हेर्न उनी रातभर लाइनमा बिताएका थिए । पछि आमुल सुधारका लागि चिनिएका गोर्बाचेभ सोभियत संघका सबैभन्दा कठोर शासकप्रति यो आस्थाले उनीमा पहिलेदेखि सुधारवादी थियो भन्ने देखाउँदैन ।

सन् १९५५ मा स्नातक पुरा गरेपछि उनी स्थानीय पार्टी विभागमा काम गर्न स्टाभ्रोपोल फर्किए । त्यहाँ उनी पार्टीको प्रचार विभागमा जोडिएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal