आज :

नेकपा बहुमतले भन्यो– तीनबुँदे सहमति तत्काल कार्यान्वयन नगरे आन्दोलन, चुनाव बहिस्कार गर्छौं

  • अनलाइन डबली

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले सरकारले तीन बुँदे सहमति कार्यान्वयन नगरे आन्दोलनमा जाने बताएको छ । नेकपा बहुमतले आइतबार संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी तीनबुँदे सहमतिबाट सरकार पछि हटेको आरोप समेत लगाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै पार्टीका संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले तत्कालिन नेकपा र सरकारबीच भएको सहमतिप्रति सरकार गैरजिम्मेवार तरिकाले पेश भएको बताए । उनले सरकारले सहमति कार्यान्वयन गर्नेभन्दा षड्यन्त्रमा लागेको बताउँदै सडक संघर्षमा जाने चेतावनी दिए ।

“हामीसहित तत्कालिन नेकपा र ओली नेतृत्वको सरकारबीच भएको सहमतिबाट देउवा नेतृत्वको वर्तमान सरकार पछि हटेको छ । यसमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । सरकार सहमतिबाट पछि हट्न स्वतन्त्र छ भने हामी पनि संघर्षमा जान स्वतन्त्र छौं” संयोजक कञ्चनले भने ।

सहमतिबाट पछि हटेर सरकारले ३२२ मुद्धा फिर्ता लिन नसकिने बताएको भन्दै उनले आपत्ति जनाए । संयोजक कञ्चनले भने, “सरकारले सहमतिबाट पछि हटेर ३२२ मुद्धा फिर्ता लिन नसकिने बताएको छ । यो भनेको गम्भीर कुरा हो । यसले समस्या समाधान होइन थप जटिलता ल्याउछ ।” संयोजक कञ्चनले सरकारलाई सहमति कार्यान्वयन गरी बन्दीलाई तत्काल रिहा गर्न आग्रह समेत गरे ।

एक अर्को प्रसंगमा संयोजक कञ्चनले प्रदेश र संघको चुनाव आफ्नो पार्टीले बहिस्कार गर्ने बताए । अहिलेको व्यवस्थामा हुने चुनावले जनताका समस्या समाधान नगर्ने बताउँदै आफ्नो पार्टी सहभागी नहुने बताए । उनले भने, “यो व्यवस्था नै जनता विरोधी छ । यो दलाल संसदीय व्यवस्था रहेसम्म हुने चुनावको नतिजा पनि दलालकै पक्षमा हुन्छ, यसबाट जनताले केही पाउँदैनन् ।” उनले यो व्यवस्थामा हुने चुनावमा जनताका प्रतिनिधि नभएर दलालकै प्रतिनिधिहरुले जित्ने बताए ।

नेकपा (बहुमत) ले नागरिकता विधेयक खारेज गर्न माग समेत गरेको छ । संयोजक कञ्चनले भारतीयलाई नागरिकता दिन नागरिकता विधेयक ल्याएको बताउँदै खारेज गर्नुपर्ने बताए ।

उनले भने, “नागरिकता विधेयक देश र जनताको हितमा छैन भन्ने हाम्रो पार्टीका धारणा छ, राष्ट्रपतिले फिर्ता गर्नुभएको छ तर फेरि हुबहु पारित गरेर पठाउने तयारी भइरहेको छ । यसकाविरुद्ध आम नागरिकता एकजुट हुनुपर्छ ।” उनले नागरिकता विधेयकमा एमालेले दोहोरो चरित्र देखाएको बताए ।

आफू सरकारमा हुँदा अध्यादेश ल्याउन र अहिले भोट बटुल्न मात्रै विरोध गरेको बताए । “एमालेले बाहिर भोट बटुल्न नागरिकता विधेयकको विरोध गरेको छ तर भित्रभित्रै ठिकै भयो भन्ने ठानेको छ । एमाले सरकारमा भएको भए उसले पनि यही विधेयक ल्याउथ्यो” संयोजक कञ्चनले भने ।

भारतले नागरिक हस्ताक्षेप गर्न नागरिकता विधेयक ल्याएको बताउँदै नेकपा बहुमतले खारेज गर्न माग पनि गरेको छ । त्यसैगरी संयोजक कञ्चनले कालो धन कमाएका सरकारका उच्च अधिकारीले मिटरब्याजी भएको आफ्नो पार्टीलाई सूचना आइरहेको बताउँदै त्यस्तालाई कारवाही गर्न सरकारसँग माग गरे । मिटर ब्याज तिर्न नसकेर नागरिकले आत्महत्या गर्दासम्म सरकार मुखदर्शक बनेको भन्दै उनले आफ्नो पार्टी कारवाही गर्न बाध्य हुने चेतावनी दिए ।

कार्यक्रममा बोल्दै संयोजक कञ्चनले काठमाडौंँका मेयर बालेन्द्र साहले सडकमा व्यवसाय गरेर जीवन गुजरा गरिरहेकाहरुको उठिबास लगाएको बताए । उनले आफ्नो पार्टी विना बिकल्प नागरिकलाई सडकबाट उठिबास लगाउन नहुने पक्षमा रहेका बताए । अल्फाबिटाका संचालकजस्ता माफियाले मिचेर बनाएको संरचना भत्काउनु भने ठिक भएको उनकाे भनाइ छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal