आज :

रातारात अक्सले गर्यो भारतमा अनधिकृत रुपमा प्रवेश प्रयास ? यसो भन्छ भारतीय सेना

  • अनलाइन डबली

काठमाडौँ । भारतीय सेनाले सोमबार राति जम्मूको राजौरी जिल्लाको नियन्त्रण रेखा (एलओसी) बाट अनधिकृत प्रवेशको प्रयासलाई विफल पारेको बताएको छ ।

जम्मुस्थित एकजना सुरक्षा अधिकारीका अनुसार भारतीय सेनाले जम्मू कश्मीरको राजौरीको नौशेरा क्षेत्रमा एलओसी बाट भारत प्रशासित क्षेत्रमा प्रवेश गर्न भएको प्रयासलाई सफलतापूर्वक रोकेको तथा विस्तृत विवरणको प्रतीक्षा भइरहेको बताएका छन् ।

यसअघि अस्ति आइतबार भारतीय सेनाले नौशेरा शहरको सेहर माकरी क्षेत्रमा एलओसीमा आत्मघाती हमला गर्न आएको गरेको अनधिकृत व्यक्तिलाई पक्राउ गरेको थियो ।

छब्बीस वर्षीय तबारक हुसेनलाई सोमबार राति पक्राउ गरिएको तथा निजलाई राजौरी जिल्लाको नौशेरा शहरको सेहर माकरी क्षेत्रमा सेनाको सेनाले समातेको ती अधिकारीले बताए ।

भारतीय राजनीतिमा के भइरहेकाे छ ?
सन् २०१४ को कुरा हो, सामाजिक सञ्जालदेखि टिभी च्यानलसम्म दुई नेताको चर्चा थियो । नाम थिए नरेन्द्र मोदी र अरविन्द केजरीवाल । लगातार तेस्रो पटक गुजरातको मुख्यमन्त्री बनेपछि नरेन्द्र मोदी सन् २०१४ को चुनाव जित्ने बाटोमा थिए ।

अरविन्द केजरीवालले तीन पटककी मुख्यमन्त्री शीला दीक्षितलाई हराएर दिल्लीको मुख्यमन्त्री बनेर इतिहास रचेका थिए । भारतको तत्कालीन राजनीतिका यी दुई महत्वपूर्ण पात्रको भिडन्त वाराणसीको चुनावमा भएको थियो जहाँ अरविन्द केजरीवालले लज्जास्पद हार बेहोरेका थिए ।

त्यसको ठीक दश वर्षपछि सन् २०२४ मा अरविन्द केजरीवाल फेरि एकपटक नरेन्द्र मोदीलाई चुनौती दिइरहेका छन् । मोदीको मिशन २०१४ जस्तै, उनले भारतलाई फेरि एक पटक महान बनाउने मिशन सुरु गरेका छन् ।

केजरीवालले भनेका छन्, ‘भारतलाई विश्वको नम्बर १ देश नबनाएसम्म हामी शान्तिसँग बस्ने छैनौँ । म देशको हरेक कुनामा जानेछु र देशको १३० करोड जनताको गठबन्धन बनाउँछु ।’

मोदीजस्तै पछिल्लो सरकारको आलोचना गर्दै उनले भनेका छन्, ‘यी दल र नेताको भरमा देश छाड्यौँ भने ७५ वर्षसम्म पनि देशको विकास हुँदैन । १३० करोड जनता एकसाथ आउनु पर्छ ।’

यति मात्र होइन, मनिष सिसोदियादेखि राघव चड्ढा र सञ्जय सिंहसम्मका शीर्ष नेताहरूले भनेका छन्, ‘पहिले भनिन्थ्यो कि मोदी बनाम को… अहिले भनिँदै छ – मोदी बनाम केजरीवाल ।’

तर प्रश्न उठ्छ कि आम आदमी पार्टीको यो दाबीमा कति शक्ति छ ? संख्यामा को बलियो छ ?
नरेन्द्र मोदीसँग २०१४ मा राष्ट्रिय राजनीतिमा प्रवेश गर्दा तीन पटक देशको मुख्यमन्त्री बन्ने अनुभव थियो । उनीसँग गुजरात मोडेल थियो, जुन उनले गुजरात समितजस्ता कार्यक्रम, व्यावसायिक नीति र प्रचारको शक्तिमा निर्माण गरेका थिए ।

यस्ता गैरराजनीतिक कार्यक्रममा मुकेश अम्बानीदेखि गौतम अडानीजस्ता ठूला उद्योगपतिहरू सहभागी हुने गर्थे, जसलाई देशभरका सञ्चारमाध्यमले हात–हातमा लिने गर्दथे ।

यस्तो अवस्थामा जब मोदीले २०१४ मा प्रधानमन्त्री पदका लागि दाबी गरे, तब उनीसँग हिन्दू हृदय सम्राटको छवि, विकासको मोडल र तीन पटक लगातार गुजरात चुनाव जितेको कीर्तिमान थियो ।

आम आदमी पार्टीका प्रमुख अरविन्द केजरीवाल पनि तीन पटक दिल्लीको मुख्यमन्त्री भइसकेका छन् । उनको पार्टीले हालै पञ्जाबमा जित हासिल गरेको छ । उनलाई दिल्लीका विद्यालय र अस्पतालको अवस्था सुधार्ने श्रेय दिइन्छ ।

तर के उनी यही राजनीतिक अनुभव र दिल्ली मोडेलको आधारमा सन् २०२४ को आम चुनावमा नरेन्द्र मोदीको विकल्प बन्न सक्छन् ? भारतको राष्ट्रिय राजनीतिलाई निकै सुक्ष्म तरिकाले बुझ्ने वरिष्ठ पत्रकार नीरजा चौधरी अरविन्द केजरीवालको प्रयासलाई गम्भीर मान्दछिन् ।

उनी भन्छिन्, ‘आज यदि कोही बीजेपीलाई चुनौती दिन गम्भीर छ भने ती अरविन्द केजरीवाल हुन् । ममता बनर्जीमा अहिले त्यति उत्साह देखिँदैन । र भाजपाले कांग्रेसलाई गम्भीरतापूर्वक लिएको छैन । यसका साथै उनीहरू (भाजपा) क्षेत्रीय दललाई हटाउन चाहन्छन् । केजरीवाल अगाडि बढिरहेका छन् भन्नेमा कुनै शंका छैन तर उनले सन् २०२४ मा मोदीलाई प्रतिस्पर्धा दिन सक्ने कुराको प्रश्न नै उठ्दैन । ’

आम आदमी पार्टीको ग्राफ
तर, नीरजा चौधरी अरविन्द केजरीवाल राजनीतिक रूपमा परिपक्व नेता भएको विश्वास गर्छिन् । उनी भन्छिन्, ‘यदि उनी गम्भीर भएर अघि बढे भने, त्यसो गर्न उनलाई १५ वर्ष लाग्ने छ । यसको कारण यो हो कि उनले नयाँ राजनीतिक शक्ति निर्माण गरिरहेका छन् । यसमा समय लाग्छ । तर उनी राजनीतिक रूपमा निकै परिपक्व छन् । उनको देशको नाडी थाहा छ । उनलाई राम्रोसँग थाहा छ कि धर्मनिरपेक्ष हुनुको पुरानो परिभाषाले अब काम गर्दैन ।’

यस्तो अवस्थामा उनी मुस्लिमको विरोध नगर्ने एक हिन्दू समर्थक नेताको रूपमा आफ्नो छवि निर्माण गर्न चाहन्छन् । राहुल गान्धी जस्ता अन्य दलका नेताहरू बेलाबेलामा मन्दिर जान्छन् तर त्यसले काम गर्र्दैन । तर केजरीवाल बिस्तारै त्यसो गर्न सफल भइरहेका छन् । र बीजेपीले पनि केजरीवालबाट भविष्यमा चुनौती सामना गर्न सक्छ भन्ने महसुस गरेको छ ।’

अरविन्द केजरीवालले आफ्नो यस्तो व्यवहारका कारण धेरै पटक आलोचनाको सामना गर्नु परेको छ । विपक्षी दलले दिल्ली दंगादेखि एनआरसी सीएएसम्मका मुद्दाहरूमा अरविन्द केजरीवालको मौनताको आलोचना गर्दै आएका छन्। अशोका विश्वविद्यालयका प्राध्यापक तथा सीपीआर इन्डिया फेलो राहुल वर्मा पनि राष्ट्रिय स्तरमा आम आदमी पार्टीको ग्राफ बढ्दै गएको बताउँछन् ।

उनी भन्छन्, ‘अगस्टमा दुईवटा सर्वेक्षणको नतिजा आएको छ, जसमा पहिले एकदेखि १।५ प्रतिशतको दरले बढेको आम आदमी पार्टी अहिले छ देखि आठ प्रतिशतको दरले बढिरहेको पाइएको छ । राष्ट्रिय स्तरमा साढे ६ देखि आठ प्रतिशतको दरले अघि बढिरहेको छ ।’

‘यस्तो अवस्थामा आगामी दुई वर्षमा आम आदमी पार्टीको लोकप्रियता अलिकति बढ्ने र प्रधानमन्त्री मोदीको लोकप्रियता अलिकति घट्ने सम्भावना छ । तर अहिले दुई नेता र पार्टीबीचको खाडल यति ठूलो छ कि यी दुई पार्टीलाई एकअर्काको प्रतिद्वन्द्वीका रूपमा हेर्न सकिँदैन ।’बीबीसी

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal