काठमाडौँ ।नेपाल वायुसेवा निगमले करार सेवा तथा मासिक ज्यालादारीमा कार्यरत कर्मचारी हटाएको छ ।
निगमले सञ्चालन गर्दै आएका आन्तरिक स्टेशनहरुमध्ये हाल उडान सञ्चालनमा नरहेका आन्तरिक स्टेशन तथा उडान सञ्चालन रहेका आन्तरिक स्टेशनबाट हुने उडान संख्यालाई मध्येनजर गरी कर्मचारी कटौती गर्दै लाने नीति अनुरुप हाल करार सेवा तथा मासिक ज्यालादारीमा कार्यरत ६ (छ) जना कर्मचारीहरुको करार सेवा तथा मासिक ज्यालादारी अवधि आजको मिति देखि नै लागु हुने गरी हटाएको हो ।
निगमलाई चुस्त दुरुस्त रुपमा सञ्चालन गर्दै हालको बदलिँदो परिस्थितिलाई समेत सम्बोधन गर्दै निगमको आर्थिक दायित्व समेत कम गर्ने उद्देश्यसहित सुधारात्मक कदमको थालनी स्वरुप व्यवस्थापनले उक्त निर्णय गरेको निगमले जनाएको छ ।

LEAD Technologies Inc. V1.01


अनलाइन डबली


