आज :

जापोरिजा परमाणु ऊर्जा केन्द्रमा युक्रेनले यसरी गरिरहेको छ हमला, युरोपमा ठूलो संकट आउन सक्ने

  • अनलाइन डबली

काठमाडौँ । युक्रेनले जापोरिजिा परमाणु ऊर्जा केन्द्रमा रकेट हमला गरिरहेको छ । केही दिनदेखि पटक पटक उक्त परमाणु केन्द्रमा हमला भइरहेको छ । हमलाबाट विकिरण फैलिन सक्ने चेतावनी बीच युक्रेनले फेरि पनि हमला गरिरहेको रुसी संचारमाध्यमहरुले बताएका छन् ।युक्रेनले आफै उक्त केन्द्रमा हमला गरेपनि रुसमाथि आरोप लगाइरहेको छ ।

यही बेला युक्रेनी सेनाले जापोरिजिया परमाणु ऊर्जा केन्द्रमा हमला गरिरहेको भिडियो सार्वजनिक भएको छ । यसअघि संयुक्त राष्ट्रसङ्घको परमाणु निगरानी निकाय आईएईएका प्रमुख रफाएल मारिआनो ग्रोसीले जापोरीजा ऊर्जा केन्द्रबाट उत्पन्न हुन सक्ने सम्भावित विपद्बारे आफ्नो चिन्ता बढ्दै गएको बताएका थिए । उनले केन्द्रबाट जनस्वास्थ्य एवं पर्यावरणमा दुष्प्रभाव पर्ने चेतावनी दिएका थिए ।

युक्रेनमा सैन्य कारवाहीको केही हप्तामै रुसले उक्त परमाणु ऊर्जा केन्द्र नियन्त्रणमा लिइसकेको थियो । अहिले रुसले सुरक्षा गरिरहेको छ भने केन्द्र संचलानको लागि नयाँ अधिकारी नियुक्त गरेको छ । ती अधिकारीहरुले पनि युक्रेनी पक्षबाट हमला भइरहेको बताएका छन् । यो युरोपको सबैभन्दा ठूलो परमाणु ऊर्जा केन्द्र हो । यो रुसले नियन्त्रणमा लिएपछि यसबाट उत्पादन हुने उर्जा बन्द हुन सक्ने अनुमान गरिएको थियो । यो केन्द्रले यूरोपमा ऊर्जाको लागि ठूलो योगदान गरेको छ । यो केन्द्र पुनः आफ्नो नियन्त्रणमा लिन चाहन्छ युक्रेन । त्यसैले पटक पटक हमला गरिरहेको छ ।

तर, केन्द्रमा रुसले हमला गरेको आरोप युक्रेनी अधिकारीहरुले लगाउँदै आएका छन् । उक्त आरोप अस्वीकार गर्दै रुसले अमेरिकाले दिएको हतियारबाट हमला गरिरहेको दाबी गर्दै आएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले मानवीय संवेदना गुमाएर केन्द्रमा हमला गरिरहेको आरोप लगाएका छन् ।

रुसी अधिकारी भ्लोदिमिर रोगाभले युक्रेन आफूले केन्दं्रमाथि रकेट प्रहार गरेर आफूहरुलाई आरोप लगाएको बताएका छन् । उनले अमेरिका हतियार पठाएर केन्द्रमा हमला गर्न लगाएको भन्दै कुनै प्रकारको संकट पैदा भए अमेरिका र युक्रेनले जिम्मा लिनु पर्ने बताए । उनले आफ्ना सेनाले केन्द्रको बाहिरी घेरामा सुरक्षा दिइरहेको समेत दाबी गरे ।

आफूलाई आरोप लगाएर युक्रेनले पटक पटक रकेट प्रहार गरिरहेको रुसी अधिकारीहरुले बताएका छन् । हमलाबाट एउटा पावर यूनिट बन्द गर्न बाध्य भएको केन्द्रमा खटिएका अधिकारीहरुले बताएका छन् । उनीहरुले रेडिओधर्मी चुहावटको जोखिम बढेको बताएका छन् ।

उक्त केन्द्रमा छवटा प्रेशराइज्ड वाटर रीयाक्टरहरू छन् र त्यहाँ रेडिओधर्मी फोहोर भण्डारण गरिन्छ । नजिकैको निकोपोलका सर्वसाधारण मानिसहरूले युक्रेनी सेनाले केन्द्र वरपरबाट रकेट प्रहार गरिरहेको बताएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् । तर, आरोप रुसमाथि लगाइएको बताइएको छ । केन्द्र नियन्त्रण बाहिर गए युरोपका ६० लाख मानिसहरुको ज्यान जोखिममा रहेको बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal