थान्का बेचेर आएको पैसाले बाजा संकलनगरि नेपाली लोक बाजा संग्रहालय स्थापना गर्नुहुने एक व्यक्तित्व हुन् रामप्रसाद कँडेल । मान्छे जन्मिएपछि नमरेसम्म केहि न केहि गरिरहने प्राणी रहेछ ,  मैलेपनि देशमा लोपहुँदै जान थालेको बाजाहरु संकलन गरौं न त भन्ने लाग्यो मनमा र आफनै कमाईको पैसा खर्चेर बाजा जम्मा गर्न पो थालेछुँ ।
अनायासै विना योजना मनमा उर्लेको एउटा भावलाई बाजा संकलनमा लगाउँदा धेरै भए देशभर पञ्चे बाजाको ७ वटा र नेपालभरीका २५÷३० वटागरी जम्मा ३५ थरीका नेपाली लोकबाजाहरु होलान् भन्ने ठानेको थिएँ तर संकलनगर्दै जाँदा त २७ वर्ष भित्र ६ सय ५५ प्रकारका बाजा संकलन गर्न भ्याएछुँ ।
संकलित बाजा राख्ने समस्या र ध्यानमा लिन
बाजाहरु त संकलन गर्न भ्याएँ तर राख्ने कहाँ शुरुमा भद्रकालीस्थित नेपाल सम्पदा संघको माथिल्लो तल्लामा रहेको खालि बुईगलमा राख्न थालें । यसै विच पढाई वि.एड गरें तर पढाई एकातिर विचार अर्को तर्फ मोडिएपछि म गुरु स्वामी अखण्डानन्द सरस्वतीको ध्यान र तान्त्रिक दिक्षामा लिन भएँ । यसरी केहि वर्ष म पढाई अध्ययन र वाजा संकलनको कार्य बाट मोटामोटी पलायन जस्तै भएछुँ । तर बाजा संकलनको विचार बजारमा गईसकेको थियो । भनिन्छ नि विचार जन्मिएपछि कुनै न कुनै रुपमा त्यो बिचार अभियान अगाडि बढीरहेकै हुन्छ , त्यो गति वा धिमा गतिमा । मेरो पनि त्यस्तै भयो । यसै विच बाजा दिने दाताहरुपनि आउन थालिसकेका थिए ।
बाजा दान गर्ने दाताहरु
त्यसमा ५८ वटा बाजाहरु विभिन्न दाता व्यक्ति संघ संस्थाहरुले दान गरेकापनि छन् ।
त्यसरी दान गर्नेहरुमा पुज्यपाद स्वामी अखण्डानन्द सरस्वती, गुरुआमा कमला अधिकारी, भक्त तामाङ, भद्र थापा, स्वस्तीक कुमार अधिकारी, पिटर इभानोब, ददि सापकोटा, धर्मरत्न शाक्य “त्रिशुली”, पं. दिनानाथ खनाल, पं. लक्ष्मीचन्द्र पंगेनी, नन्दा शर्मा लगायतले सहयोग गर्नुभएको छ ।
बामपन्थी राजनितिमा लाग्दा झण्डै जोगी
२०३६ सालदेखि २०४८ सम्म त बामपन्थी राजनितिमा लागेर भडकिएँ म । भनिन्छ नि राजनितिमा लाग्नु हुरीवतासमा हिड्नु हो भने गीत संगीतमा लाग्नु फुलवारीमा डुल्नु हो । हामी जस्ता घिउ लाटोहरुले राजनिति नगर्नु रहेछ । समाजसेवी स्वयमसेवी राजनितिले त विखलबन्दमानै पो परिदो रहेछ , मलाई त्यस्तै भन्यो मेरो ब्रम्हले र म फर्किएँ आफ्नै पेशा थान्का व्यापारमा ।
हातमुख जोड्न पुनःथान्का व्यापारमा
हातमुख जोड्न घर चलाउन थान्का ब्यवसाय गर्ने मार्ग अबलम्वन गरियो । थान्का व्यापार गर्दै गर्दा नेपालको सनातन र तन्त्र दर्शनबारे पनि व्याख्या गर्नु पथ्र्यो । थान्का दर्शनबारे विबेचना गर्दा धेरैजसो साथी संगीहरु विदेशतिर लागे भने केहि साथीहरु घर जग्गा पैसा कमाएर करोडपति भए । म भने पुराना बाजा संकलन तिर लागें । त्यो पनि आफनै गाँस काटेर । थान्का ब्यापार र बाद्यबादन संकलन एक आपसमा मिल्दै नमिल्ने विषय भएपनि पुज्यपाद स्वामी अखण्डानन्द सरस्वतीलाई गुरुदक्षिणा स्वरुप संग्रहालय तर्फ दोहोरिएँ । मलाई लाग्छ यो कर्म नै गर्न भगवानले मलाई यस धर्तीमा खटाएका होलान भन्ठान्छु म । जिवन निर्बाहको लागि मैले थान्का व्यापारलाई पाएँ ठिकै भयो ,ठीक त्यसैबेला मैले एउटा निर्णयपनि गरें बाजा संकलनका साथसाथ विविध जातिय संस्कृतिको अध्ययनपनि गर्दै अगाडि बढ्छु म । त्यसको लागि सर्वप्रथम संकलित बाजा राख्ने ठाउँ चाहिन्थ्यो ।
काठमाडौंको त्रिपुरेश्वर महादेवस्थान भन्दा पहिला
भद्रकालीमा लोक बाजा संग्राहलय
त्रिपुरेश्वर स्थित त्रिपुरेश्वर महादेव स्थानमा रामप्रसाद कँडेल भेटिनुहुन्छ । उनि विगत २६ वर्षदेखि लोक बाजा संग्रहालयमा संकलित बाजाहरुको संकलन र संरक्षणमा लागिरहनुभएको छ । जिर्ण भवनभित्र भएपनि उहाँले संकलित वाजा संरक्षणको लागि र्याकहरु बनाएर संग्रालयको रुपमा प्रवद्र्धन गर्नुभएको छ । संग्रहालयमा ट्याम्को , सहनाई ,मादल ,ढोलक ,धिमय् ,झयाली ,झयाम्टा ,खैंचडी ,नौमती आदि गरी नेपालका एक सय २३ जात जातीमा प्रचलित ६ सय ५५ प्रकारका बाजाहरु समेटिएका छन् ।
२०५२ साल देखि बाजा संकलनको कार्य सुरु गरी २०५४ सालमा सामाजिक संस्था ऐन अन्र्तगत स्थापित नेपाली लोक बाजा संग्रहालय राज्यको संरक्षण खोजिरहेको छ । लोक बाजा संग्रहालयको जिम्मा कसैगरी राज्यले लिइदिए आफुले संकलन गरेको र भविष्यमा संकलन हुने सम्पुर्ण योगदान म राज्यलाई समर्पण गर्न तयार छुँ तर राज्यले आफुले खाई नखाई संकलित राज्यको ऐतिहासिक बाद्यबादनहरु राख्ने ठाउँमा पनि भाँजो हाल्ने कार्य भैरहेको बताउनुहुन्छ ।
भद्रकालीबाट शुरु भएको लोक वाजा संग्रहालयको ठाउँ सानो भएपछि गुठी संस्थानलाई भाडा तिरेर २०६४ सालमा त्रिपुरेश्वर महादेवस्थानमा सारेका हौं तर काठमाडौं विश्वविद्यालयले संगीत स्कूल बनाउने भन्दै लिजमा लिँदा हामीलाई कुनै जानकारीनै नगराई भवन भत्काउने सुचना जारी गर्यो यहि नेर हाम्रो आपत्ति रह्यो ।
संग्रहालय संरक्षणमा आफ्नो जिवन व्यतित गरिरहनुभएका रामप्रसाद कँडेल भन्नुहुन्छ , हाम्रो जन्मदेखि मृत्यु पर्यन्त आवश्यक बाजा लोपोन्मुख स्थितिमा पुगिसकेको छ ।
बाजा संरक्षणार्थ ल्याउन थालिएको अभियान
प्रविधिको प्रवद्र्धनसंगै मौलिक लोकबाजा लोपहुदै गईरहेको वर्तमान अबस्थामा
अब संग्रहलयले निम्न लिखित अभियानलाई अगाडि बढाउने सोच बनाएको छ ।
१) संग्रहालय स्थायित्वकोलागि उपत्यकाभित्रै जग्गा र भवन व्यबस्थापनगरी लोपन्मुख बाजाहरु संकलनगर्दै जाने ।
२) प्रत्येक घरमा एउटा एउटा मात्र भएपनि मौलिक लोक बाजा झुण्डाउने
अभियान चलाउने ।
३) लोकबाजाका कलाकार ,वाद्यबादक निर्माणकर्ता र संगीत प्रर्वधक विचको
समन्वय गर्दै लाने ।
४) संग्रहालयलाई बद्यवादन लोक संगीतका शिक्षा अध्ययन अनुशन्धान र स्वदेशी तथा विदेशीहरुको लागि श्रोत केन्द्रका रुपमा प्रवद्र्धन गर्ने ।
५) संगीत दुःख र सुखको साथी हुँदा संग्रहालयमा म्युजिकल हिलिङ सेन्टर
को व्यवस्था र सो कार्यलाई देशभरमा भएका सांगीतिक उपचारकहरुलाई समन्वय गर्दै लाने ।
६) लोक वाजाको मौलिकता हराउदै जान थाले जस्तै बाजा बजाउने कलाकार
र बनाउने सामग्रीपनि हराउदै छ । त्यसैले लोपोन्मुख बाजा बनाउन आवश्यक
पर्दाथ धातु , छाला , काठ , माटो, सिङ, हाड आदिको संकलन र अनुसन्धान गर्ने ।
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          










