![](https://onlinedabali.com/wp-content/uploads/2022/08/jivanram-012.jpg)
काठमाडौँ – सस्कृति पर्यटन तथा नागरिक उद्यान मन्त्री जीवन राम श्रेष्ठले लुम्बिनी गुरुयोजना को ८० प्रतिशत कार्य सम्पन्न भएको बताउनु भएको छ।
बौद्ध युवा कमिटिले आज शनिवार आयोजना गरेको २८औ उपत्यका ब्यापी बौद्ध वक्तित्वकला पर्वको अवसरमा उहाले यसै वर्ष भित्र बाकि सम्पूर्ण कार्य सम्पन्न गराउन बजेटको सम्पूर्ण ब्यबस्था गरि लुम्बिनि बिकास कोषलाइ निर्देशन गराई सकेको बताउनु भयो । कपिलवस्तुको सदरमुकाम तौलिहवादेखि करिब तीन किलोमिटरको दूरीमा रहेको तिलौरा कोट जहा भगवान गौतम बुद्धले २९ बर्ष बिताएको दरवार रहेको क्षेत्रलाइ बिश्व सम्पदामा सुचिकृत गराउन मन्त्री परिषद बात स्वीकृत भइ काम अगाडी बढाउने निर्णय समेत भइ सकेको उहाले बताउनु भयो । मन्त्री श्रेष्ठले सम्पदा र परम्परालाइ पर्यटन संग जोडेर अर्थ तन्त्रलाइ उकास्न सकिने बताउदै लुम्बिनी क्षेत्रको बिकासमा बिभिन्न निर्णय भएको बताउनु भयो ।
![](https://onlinedabali.com/wp-content/uploads/2022/08/IMG_0477.jpg)
धर्मचक्र प्रवर्तन अभिधम्म देशना र यमक प्रतिहार्य पांच संयोग जुरेको पवित्र दिन आज अषाढ पुर्णिमा एवं धर्मचक्र प्रवर्तन दिवसको उपलक्षमा विभिन्न सहभागीबात बौद्ध वक्तित्व कला उक्त अवसरमा प्रस्तुत गरे।
बुद्ध धर्म क्षेत्रमा बिषेश योगदान दिएका विभिन्न व्यक्तित्वहरु सोअवासरमा सम्मानित भएका थिए ।