आज :

चारैतिरबाट घेरेर चीनले हान्यो शक्तिशाली मिसाइल, ताइवानले यसरी गर्याे घाइतेकाे उद्दार

  • अनलाइन डबली

काठमाडौँ । एक चीन नीतिलाई चुनौती दिँदै अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेपछि चिनियाँ जनमुक्ति सेनाले युद्धअभ्यास सुरु गरेको छ । ताइवानलाई चारैतिरबाट घेराउ गरेर चिनियाँ सेनाले सैन्य अभ्यास सुरु गरेको हो ।

चिनियाँ संचारमाध्यमहरुका अनुसार चिनियाँ सेनाले सात स्थानबाट ताइवानलाई घेराउ गरेर शक्तिशाली क्षेप्यास्त्र तथा मिसाइल प्रहार गरिरहेको छ । सैन्य अभ्यसामा नेवी र एयर फोर्स सहभागी रहेको बताइएको छ ।

हिजो ६ स्थानमा चिनियाँ सेनाले सैन्य अखडा जमाएको थियो भने आज ताइवान सीमा नजिकै अर्को अखडा जमाएको छ । योसँगै पूरै ताइवान चिनियाँ जनमुक्ति सेनाको घेराउमा परेको छ ।

यसैबीच चिनियाँ जनमुक्ति सेनाले औपचारिक रुपमा मुख खोलेको छ । यसअघि रक्षा मन्त्रालयले धारणा सार्वजनिक गर्दै आएको थियो तर आज भने सेनाले नै बोलेको छ । चिनियाँ सेनाले सम्प्रभुता र क्षेत्रिय अखण्ताको रक्षाको लागि जस्तोसुकै युद्ध लड्न तयार रहेको बताएको छ ।

सैन्य अभ्यासको क्रममा चिनियाँ सेनाले बारुद बर्षाएको भरतीय संचारमाध्यमहरुले बताएका छन् । भारतीय संचारमाध्यमहरुले चिनियाँ सेनाले चारैतिरबाट घेराउ गरेसँगै ताइवानकी राष्ट्रपति साई इंग-वेन भूमिगत बंकरमा लुकेको बताएका छन् ।

चाइना डेलीका अनुसार जनमुक्ति सेनाले बिहीबार दिउँसो ताइवानको पूर्वमा पानीमा धेरै ब्यालिस्टिक क्षेप्यास्त्रहरू प्रहार गरेको र सबै सफल भएका छन् ।

जनमुक्ति सेनाका पूर्वी थिएटर कमाण्डका प्रवक्ता वरिष्ठ कर्नेल सी यीले मुख्य भूमिमा धेरै स्थानहरूमा सेनाहरूले ताइवानको पूर्वी तटमा तोकिएको सीमासम्म परम्परागत वारहेडहरू बोक्ने धेरै प्रकारका मिसाइलहरू प्रहार गरिएको बताए ।

सैन्य अभ्यासले सटीक आक्रमण र क्षेत्र अस्वीकार कार्यहरू सञ्चालन गर्न आफ्नो क्षमताको परीक्षण गरेको प्रवक्ता सी यीले बताएको समाचारमा उल्लेख छ । उनले युद्धअभ्यास गरिएको बायु र जल क्षेत्र नागरिकको लागि खुला गरिएको बताए ।

उता ताइवानले पनि सम्भावित हवाई हमलाबाट कसरी बच्ने भन्नेबारे नागरिकलाई अभ्यास गराउन थालेको छ । ताइवानमा मानिसहरूले भर्खरै मात्र सम्भावित हवाई आक्रमणबाट जोगिन सिकाइने वार्षिक अभ्यास गरेको बीबीसीले जनाएको छ ।

अभ्यासको क्रममा साइरन बजाएपछि सबै नागरिक सुरक्षित स्थानको खोजी गर्दै दौडिन्छन् । सुरक्षाकर्मीले उनीहरुलाई बंकरमा जान भन्छन् । केही घाइते हुन्छन् र स्वास्थ्यकर्मी घाइतेहरुको उपचारमा जेटेको भिडियोमा देख्न सकिन्छ । त्यस्तै, बंकरमा रहेका नागरिकलाई भयमुक्त गराउन नाचगान समेत गरिन्छ । अत्यवश्यक बस्तु सबै बंकरमा राखिएका छन् ।

पेलोसीको विवादित भ्रमणपछि युद्धको अवस्था सिर्जना भइरहेको बेला ताइवानले नागरिकलाई सम्भावित हमलाबाट बचाउन यो गरिरहेको बताइएको छ । ताइवानले सन् १९७९ देखि नै यस्तो अभ्यास गर्दै आएको छ । पत्येक बर्ष यस्तो अभ्यास हुने गरेको बताइएको छ ।

ताइवानलाई चीनको भाग भन्दै बेलायतले फिर्ता गरेपनि अमेरिकाले अलगत देशको मान्यता दिएको छ । चीनले भने आफ्नै प्रान्त मान्दै आएको छ । चीनको सुरक्षा नीति अनुसार पनि ताइवान अलग देश होइन ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal