Skip
आज :

यूरोपमा एकपछि अर्को रुस विरोधी सरकार ढल्दैः इटलीमा ड्राघीको सरकार पनि ढल्यो, पुटिनका फ्यान नयाँ प्रधानमन्त्री बन्दै

  • अनलाइन डबली

काठमाडौँ । युक्रेन घटनापछि रुस विरोधी सरकार एकपछि अर्को ढल्दै गएका छन् । युक्रेन घटनालाई लिएर रुसविरुद्ध खुलेर लागेका बेलायती प्रधानमन्त्री बोरिस जोनसनको सरकार जस्तै गरी इटलीको सरकार पनि ढलेको छ । रुसको विरुद्ध युक्रेनमा हतियार र पैसा पठाइरहेका इटलीका प्रधानमन्त्री मारियो ड्राघीको सरकार ढलेको छ ।

गठबन्धन दललाई मात्तेओ सल्भीनी नेतृत्वको पार्टीले समर्थन फिर्ता लिएसँगै द्रागीको सरकार ढलेको हो । सल्भीनी युक्रेन घटनालाई उसको आन्तरिक मामला बताउँदै रुससँगको सम्बन्ध बिगार्न नहुने बताउँदै आएका थिए । सल्भीनी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका समर्थक पनि हुन् । उनीले पुटिनको अनुहोर भएको भेष्ट लगाउँदै आएका थिए । पछिल्ला दिनमा रुस र युरोपबीचको विवादपछि भने उनले त्यस्तो भेस्ट नलगाएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।

पश्चिमा संचारमाध्यमहरुले पुटिनले द्रागीको सरकार ढालेको आरोप लगाएका छन् । त्यो भन्दा पहिले दुई पहिना पहिले पुटिनका विशेष दूतसँग सल्भीनीले रोममा भेटवार्ता गरेको पश्चिमा संचारमाध्यमहरुले दाबी गरेका छन् । सोही भेटमै सरकार ढाल्ने योजना बनाएको बताइएको छ ।

प्रधानमन्त्री द्रागीले युक्रेनमा हतियार र पैसा पठाउन थालेपछि रुसले ग्यास समेत कटौती गरेको थियो । रुसले ग्यास कटौती गरेसँगै इटलीमा महंगी बढेको थियो । यसको जनताले विरोध गर्दै सडकमा प्रदर्शन गरेका थिए । प्रधानमन्त्री द्रागीप्रति जनता आक्रोसित हुँदै गएका थिए । इटलीको जनता रुससँग विवाद बढाउने पक्षमा नभएको बताइएको छ ।

सल्भीनीले २०१९ मा पटकपटक रुस गएर पुटिनसँग भेटवार्ता गरेको पश्चिमा संचारमाध्यमहरुले बताएका छन् । उनी सल्भीनी यूरोपियन यूनियनको विरोध गर्दै आइरहेका छन् । नेटो विस्तारको पनि उनी विरोधी हुन् ।

अबको दुई महिना पछि प्रधानमन्त्रीको थिए । अबको दुइ पहिन पछि हुने चुनावमा उनकै नेतृत्वमा बन्ने गठबन्धनले चुनाव जित्ने बताइएको छ ।
मारियो द्रागीले युक्रेनलाई साथ दिँदै आएका छन् भने सल्भीनीले विरोध जनाउँदै आएका छन् । नेटो र जी सेभेनको सदस्य रहेको इटली रुसको ग्यासमा निर्भर छ । रुसले ग्याससँग कटौतीसँगै द्रागी सरकारको चर्को विरोध हुँदै आएको छ ।

द्रागीले गएको बुधबार सिनेटमा विश्वासको मत पाएका थिए । तर, उनका तीन गठबन्धन सहयोगीहरूले मतदान प्रक्रिया बहिष्कार गरेपछि राजीनामा दिएका हुन् । उनको राजीनामाले प्रारम्भिक निर्वाचनको सम्भावना र इटाली तथा युरोपका लागि महत्वपूर्ण समयमा अनिश्चितताको संकेत गरेको बताइएको छ ।

ड्राघीले राष्ट्रपति सर्जियो माटारेलालाई आफ्नो राजीनामापत्र बुझाएका हुन् । माटारेला जसले गएको साता यस्तै राजीनामापत्र बुझ्न अस्वीकार गरेका थिए । तर, योपटक राजीनामापत्र लिँदै ड्राघीलाई तत्कालका लागि कार्यवाहक पदमा बस्न आग्रह गरेको राष्ट्रपतिको कार्यालयले जनाएको थियो ।

अब हुने चुनावमा सल्भीनी गठबन्धनले सत्तारुढ दलहरुलाई पराजित गरेर नयाँ सरकार बनाउन सक्ने अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् । उनी पुटिनका फ्यान समेत हुन् । पुटिनबाट प्रभावित भएरै नै राजिनामा लागेको बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal