आज :

मङ्कीपक्स सङ्क्रमणबाट पहिलोपटक एक जनाको मृत्यु, को हुन् उनी ?

  • अनलाइन डबली

काठमाडौँ । अफ्रिकाबाहिर पहिलोपटक मङ्कीपक्स भाइरस सङ्क्रमणका कारण ब्रजिलका एकजना ४१ वर्षीय पुरूषको मृत्यु भएको छ।

त्यसको केहीबेरमा स्पेनले समेत भाइरस जोडिएको पहिलो मृत्यु घोषणा गरेको छ जुन युरोपमै पहिलो घटना हो। गतसाता विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले मङ्कीपक्सको प्रकोपलाई विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा गरेको थियो।

तर त्यसको सङ्क्रमण धेरैजसो मध्यमखालको र आम जनसङ्ख्यामा जोखिम कम हुने गरेको पाइन्छ। ब्रजिलको स्वास्थ्य मन्त्रालयका अनुसार ज्यान गुमाउने ती व्यक्ति लिम्फोमा भनिने एक प्रकारको क्यान्सरबाट पीडित रहेको र कमजोर प्रतिरक्षा प्रणाली, तथा एउटाभन्दा धेरै रोगले ग्रसित अवस्थामा रहेको बताएको छ।

ब्रजिलमा अहिलेसम्म मङ्कीपक्सबाट १,०६६ सङ्क्रमित पुष्टि भएका र ५१३ जना सन्दिग्ध बिरामी रहेको बताइएको छ। ब्रजिलको स्वास्थ्य मन्त्रालयको अनुमानमा ९८ प्रतिशत पुष्टि भएका घटना पुरुषसँग यौन सम्पर्क राख्ने पुरुषहरूमा देखिएको छ।

स्पेनको स्वास्थ्य मन्त्रालयले आफ्नो एउटा विवरणमा ३,७५० सङ्क्रमित जानकारीमा रहेको जनाएको छ। जसमध्ये ३.२ प्रतिशत अर्थात् १२० जना अस्पताल भर्ना भएको र १ जनाको मृत्यु भएको जनाएको छ। उसले मृतकबारे थप विवरण दिएको छैन।

सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनका अनुसार संसारभर यतिखेर २१,१४८ सङ्क्रमितहरू रहेका छन्। मङ्कीपक्स भाइरस बिफर गराउने भाइरसकै परिवारमा पर्छ।

यद्यपि यो कम गम्भीर रहेको र सङ्क्रमणको सम्भावना पनि कम रहने विज्ञहरूले बताएका छन्। यो धेरैजसो मध्य तथा पश्चिम अफ्रिकी देशका उष्णप्रदेशीय बर्खेजङ्गल नजिकैका दुर्गम भेगमा देखिने गर्छ।

स्वास्थ्य अधिकारीहरूले समलिङ्गी पुरुषहरू र महिला तथा पुरुष दुवैप्रति आकर्षित हुने पुरुषहरू एवं केही स्वास्थ्यकर्मी सङ्क्रमणको उच्च जोखिममा हुने भन्दै उनीहरूलाई खोप दिनुपर्ने जनाएको छ।

गत साता डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम ग्रेब्रेयससले विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा गर्नाले यसको खोप र सङ्क्रमण नियन्त्रण गर्ने उपायहरूले विकास गर्ने कामलाई तीव्रता दिन सघाउने बताएका छन्।

डा. टेड्रोसले विश्वभर मङ्कीपक्सको जोखिम मध्यम खाले रहे तापनि युरोपमा उच्च रहेको बताए। मङ्कीपक्स भाइरसका कारण मङ्कीपक्स रोग लाग्छ। यो भाइरस बिफर रोग गराउने भाइरसकै वर्गमा पर्छ।

तर सङ्क्रमण भएपछि लक्षणहरू त्यति गम्भीर हुँदैनन्। केही वैज्ञानिकहरूले यो भाइरसको नाम एचएमपीएक्सभी राख्न सुझाव दिएका छन्। मङ्कीपक्स सङ्क्रमणका लक्षणहरू मध्यम खालका हुन्छन् र सर्वसाधारण मानिसलाई यो रोग सर्ने सम्भावना न्यून हुन्छ।

केही महिनादेखि यो भाइरस विश्वभरि असामान्य रूपमा फैलिरहेको छ। पहिलाका प्रकोपहरू अफ्रिकाका केही भागमा सीमित थिए। ती स्थानमा बाँदरमा नभई मुसा र लोखर्केजस्ता जीवमा यो भाइरस पहिला सर्ने गरेको विश्वास गरिन्छ।

लक्षण कस्ता ?
मङ्कीपक्स सङ्क्रमण भएपछि ठेउलाको जस्तो डाबर देखिन्छ। सङ्क्रमित व्यक्तिको निकट सम्पर्कमा आउने अरूमा पनि यो भाइरस सर्न सक्छ।

यसलाई यौन रोग नमानिए पनि यौन संसर्गबाट पनि यो भाइरस सर्न सक्छ। लक्षण नहराउन्जेल यो सङ्क्रमण भएका मानिसले सहवास गर्नु नहुने विज्ञहरूको भनाइ छ। बीबीसी नेपाली

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal