आज :

अमेरिकी संसदमा नतोन्याहु : हमासको पराजय इरानका लागि ठूलो झट्का

  • अनलाइन डबली

काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी संसदको संयुक्त बैठकलाई सम्बोधन गरेका छन् । बुधवार करिब एक घण्टा सम्बोधनको अवधिमा इरानलाई अमेरिका र इजरायलको सबैभन्दा ठूलो शत्रु भएको बताए ।

नेतन्याहुले अमेरिकी सांसदहरूलाई अब विजय धेरै नजिक रहेको बताउँदै हमासको पराजय इरानका लागि ठूलो झट्का हुने दावी गरे ।

उनले हिजबुल्लाहलाई कुचल्ने धम्की दिए र इजरायलले आफ्ना जनतालाई सुरक्षित राख्न सबै आवश्यक कदम चाल्ने बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । नेतान्याहुले इरानलाई अमेरिका, इजरायल र अरब देशका लागि चुनौती रहेको बताउँदै यस्तो बेला अमेरिका र इजरायल एकसाथ उभिनुपर्नेमा पनि जोड दिए ।

प्रधानमन्त्री नेतन्याहु अमेरिकी संसदमा पुग्दा उनलाई २ मिनेट १६ सेकेन्डको स्ट्यान्डिङ ओभेशन दिइएको थियो । सो क्रममा केही सांसदहरुले गाली पनि गरेका थिए । संसदमा एलोन मस्क पनि अतिथिको रुपमा उपस्थित भएका थिए ।

नेतान्याहुले सेप्टेम्बर ११ जस्तै अक्टोबर ७ इजरायलीहरूका लागि कालो दिन भएको बताएका छन् । अमेरिकाको न्यूयोर्कमा सन् २०११ सेप्टेम्बर ११ मा आतंकवादी हमला भएको थियो । यसैगरी बन्धकहरुलाई रिहा गर्ने प्रयास भइरहेको बताउँदै अमेरिकी राष्ट्रपति जो बाइडेनले बन्धकहरूलाई मुक्त गर्न गरेको प्रयासको पनि प्रशंसा गरेका छन् ।

नेतान्याहुले युद्ध समाप्त भएपछि गाजामा सरकार गठन गर्नेले इजरायललाई कहिल्यै पनि हानि गर्ने प्रयास नगर्ने बताएका छन् । यसैगरी उनले अमेरिकासँग सैन्य सहायता बढाउन पनि माग गरेका छन् ।

 

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal