आज :

झीगु सः र सुकुन्दा फिल्मस्ले आयोजना गर्दैछ “ख्यालि नखः”

  • बुद्धशरण शाही

काठमाडौँ ।  सापारु (गाईजात्रा) को अवसर पारी लोकप्रिय कलाकारहरुको प्रस्तुतिका साथमा झीगु सः तथा सुकुन्दा फिल्मसय्को संयुक्त आयोजनामा “ख्यालि नखः” ( हास्यब्यंग्य मेला )  आयोजना हुने भएको छ । भाद्र ४ गते शनिवार ललितपुर भोलढोकास्थित ज्यापु प्रज्ञाभवनमा दिनको २ शो कार्यक्रम आयोजना हुने आयोजकले पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिएको छ ।

झीगु सःका संरक्षण एवं वरिष्ठ सिने पत्रकार विजयरत्न तुलाधरले यो कार्यक्रमको आयोजना गरी उपचार गराइरहनु भएको गायक तथा संगीतकार सुमन कपालीलाई सहयोग गर्ने पनि उद्देश्य रहेको जानकारी गराउनु भयो ।

नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष सुरजवीर बज्राचार्यले काठमाडौं उपत्यका तथा नेवार बस्तीहरुमा नेपाल सम्वत अनुसार दशौं महिला गुंलाको पारुदेखि एक सातासम्म विभिन्न हास्य र ब्यङ्गको प्रस्तुतिहरुको परम्परा नै रहेको तथा विगतमा टोलटोलमा मञ्च बनाइ ख्यालः (हास्य तथा ब्यङ्गले भरिएको नाटकीय प्रस्तुति) प्रदर्शन गर्ने परम्परा हाल लोप प्रायः हुँदै गइरहेको उल्लेख गर्नुहुँदै यस्तो परम्पराको निरन्तरता यो प्रयास सफलताको कामना गर्नुभयो ।

कार्यक्रमका अतिथि ललितपुर महानगरपालिका वडा १६ का अध्यक्ष निर्मलरत्न शाक्यले यस्तो महत्वपूर्ण कार्यक्रममा स्थानीय तहको भूमिका सकारात्मक रहने तथा आफूले पनि सक्दो सहयोग गर्ने वचन दिनु भयो ।

सम्मेलनमा प्रेस विज्ञप्ति वाचन गर्दै झीगु सःका प्रमुख राजु राजदेव बज्राचार्यले स्वागत मन्तब्य राख्नु भएको थियो भने सुकुन्दा फिल्मस् प्रमुख वासु शाहीले धन्यवाद ज्ञापन गर्नुभएको थियो । मञ्जु बज्राचार्यले सञ्चालन गर्नुभएको पत्रकार सम्मेलन पाटन दरवार क्षेत्रको स्वथँस्थित नेवाः सवाःमा भएको थियो ।

आयोजक संस्था झीगु सःले नाइस टेलिभिजनयमा टेलिभिजन कार्यक्रम, रेडियो नेशन १०३.९ मेगाहर्जका लागि रेडियो कार्यक्रम झीगु सः (हाम्रो आवाज) तथा अनलाईन झीगु सः डटकम संचालन गर्दै आएको छ भने सुकुन्दा फिल्मस्ले मतिना, लुँयाम्ह झंगः, वाया दुने जाकि दु, क्या फसाद लगायत १६ चलचित्र प्रदर्शन भइसकेको छ भने निकट भविष्यमा बहिदार बाबु प्रदर्शनको तयारीमा रहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal