आज :

कवि दिलीप श्रेष्ठको ‘नबनाएको घर’को लोकार्पण, ‘राजनीतिकणले साहित्य क्षेत्र धुमिल बनेको छ’

  • धनन्जय बुढा

काठमाडौं । कवि दिलीप श्रेष्ठको लघुकविता सङ्ग्रह ‘नबनाएको घर’को लोकार्पण गर्दै साहित्यकारहरुले कृतिकार श्रेष्ठ चर्चामा नआएका एक प्रभावशाली र प्रतिभावान कवि भएको बताएका छन् । शनिबार राजधानीमा साहित्यिक पत्रकार संघले आयोजना गरेको लोकार्पण कार्यक्रममा बोल्ने वक्ताहरुले अनुचित राजनीतिक मनसुवाको कारण श्रेष्ठ जस्तैः कयौं प्रतिभाहरु फल्न र फूल्न नपाएकोप्रति दुःखेसो व्यक्त गरेका छन् ।

वरिष्ठ कवि एवं संस्कृतिविद् तुलसी दिवसले कृतिकार श्रेष्ठलाई अँध्यारोभित्र लुकेर बसेको चम्किलो धातु ‘हिरा’को संज्ञा दिदै भने,“मैले दिलीपका कविता पढेपछि थाहा पाएँ, यिनीसँग दम छ,मलाई लग्छ यिनी उज्यालोमा नआएका रत्न हुन् ।” कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका दिवसले प्राज्ञिक क्षेत्रमा देखिएको राजनीतिरुपी अँध्यारो परिवेशका कारण श्रेष्ठ जस्तैः कयौं प्रतिभाहरु चम्किन नपाउँदै हराउनु पर्ने विवशता रहेको बताए । हरेक व्यक्तिमा कवित्व लुकेको बताउँदै दिवसले भने,“कविता लेखेर के हुन्छ भन्नेहरु धेरै छन्, तर जसको सृजनामा निजत्व र मौलिकता हुन्छ, ढिलो या चाँडो बाहिर आउँछ, अनि जीवनको सार्थकता भेटाएरै छाड्छ, दिलीपलाई शुभकामना ।”


दिवसले श्रष्ठा तथा सर्जकहरुलाई राज्यले नभएपनि साहित्यिक संघ–संस्थाहरुले समय र परिवेश अनुसार सम्मना तथा आर्थिक दृष्टिले सकेजति प्रोत्सहान गर्ने प्रचलन बसाउनु पर्ने धारणा राखेका थिए ।

इतिहासविद प्रा.डा.सुरेन्द्र केसीले नेपाली साहित्यिक इतिहासको समिक्षा गर्दै साहित्य क्षेत्रले नेपाली समाजको रुपान्तरणमा ठूलो योगदान गरेको बताए । कृतिकार श्रेष्ठमा पनि सालिन तर गहन परिवर्तनकारी साहित्यिक चेत भएको केसीले बताए । अन्य क्षेत्र जस्तैः यो क्षेत्र पनि राजनीतिक विद्रुपीकरण भएकोले श्रेष्ठ जस्तैः प्रतिभा मौलाउन नपाएको बताउँदै केसीले भने,“के गर्नुहुन्छ यही प्रज्ञाप्रतिस्ठानमा छिर्नलाई पहिला राजीनिक टोपी लगाउनु पर्छ, उनिहरुको भजनकृतन गर्नुपर्छ, अनि कसरी यस्ता श्रष्ठा,सर्जक, प्रज्ञिक, अनि समाजको कसरी संरक्षण हुन्छ ।”

वरिष्ठ समालोचक प्रमोद प्रधानले कृतिकार श्रेष्ठ आफू बढी प्रचारमा आउन नचाहने एक खाँदिलो साहित्यिक श्रष्ठा भएको बताए । प्रधानले गहकिला कविता संग्रहको चौथो कृति प्रकाशित हुँदासम्म पनि चर्चामा नआउनु नेपाली साहित्य क्षेत्रलाई घाटको विषय भएको बताए । समाजमा गनिनेमानिने समकालिन् चर्चित कविहरुको तुलनामा श्रेष्ठ साँच्चिकै अब्बल दर्जाका सर्जक भएको ठोकुवा गर्दै भने,“दिलीप जी भिडमा आउनु हुन्न तर आएपछि बेग्लै देखिनु हुन्छ ।”

पछिल्ला अधिकाशं साहित्यकारहरुमा राजनीतिक रङ ज्यादा हुने गरेको तर श्रेष्ठमा बहुआयामीक क्षमता रहेको जनाउँदै प्रधानले भने,“उहाँका कवितामा शालिन ढंगको बिद्रोहको सन्देश हुन्छ, राजनीतिक मात्रै हैन उहँका रचनामा समाजका बहुआयामीक भावहरु समेटिएको हुन्छ ।” पछिल्लो समयमा साहित्य क्षेत्र पनि उपभोक्तावादी समाजको सिकार हुनुको परिणाम पनि दिलीप श्रेष्ठ जस्ता सर्जकहरु हराईरहेको प्रधानको जिकिर छ ।

कवि ज्ञान उदासले कृतिकार श्रेष्ठ अब्बल दर्जाको भावुक अनि शालिन कवि भएको बताउँदै सहित्य क्षेत्रमा थप प्रगतिको शुभकामना दिए । भारतिय राजदूतावासका प्रतिनीधी सत्येन्द्र दहियाले आफू नेपाल र नेपालीको संस्कार र संस्कृतिबाट निकै नै प्रभावित भएको बताउँदै, दिलीप श्रेष्ठ जस्ता शालिन अनि भद्र कविका सृर्जनाले नेपाल–भारतको मैत्रीपूर्ण सम्बन्धमा थप टेवा पुग्ने धारणा राखे ।

कृतिकार दिलीप श्रेष्ठले आफ्नो साहित्यिक सृर्जनामा हौसला दिने आयोजक लगायत सम्पूर्ण अतिथिलाई धन्यबाद दिदै, भिविष्यमा पनि साथको अपेक्ष रहेको बताए । जीवनभर प्रोत्सहान गर्ने जीवन संगिनी बन्दना श्रेष्ठ, कार्यक्रममा उपस्थित आफ्ना दाजु सुरेन्द्र श्रेष्ठ लगायत सम्पूर्ण आफन्तजनहरुलाई भावुकहुँदै साथ र सहयोग गरेकोप्रति आभरासहित नमनको भाव व्यक्त गरेका थिए ।

कार्यक्रमका सभाअध्यक्ष तथा आयोजक संस्था साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले दिलीप श्रेष्ठ एक शसक्त कवि भएको बताउँदै, उनलाई समय र परिवेश अनुसार आफूलाई बाहिर ल्याउन सुझाएका थिए । लेकालीले भावि दिनमा पनि साहित्य सिर्जना कार्यमा आफ्नो संघको साथ रहने प्रतिबद्धतासमेत व्यक्त गरेका थिए ।

यादब भट्टराईले संचालन गरेको सो लोकार्पण कार्यक्रममा प्रध्यापक केदारनाथ श्रेष्ठ, कवि लिलादेवी श्रेष्ठ,साहित्यकार नरेन्द्र बहादुर श्रेष्ठ, कृतिकारका दाजु सुरेन्द्र श्रेष्ठ,द्वारीका श्रेष्ठ, भाई उमेश श्रेष्ठलगायत सयौं आफन्तजन र आयोजक संस्थाका नीता श्रेष्ठ र डा.बुनु दाहालको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal