आज :

गुठी र बाजा खलको अनुुदानको विषयमा समुदायले काठमाडौँ महानगरलाइ ज्ञापन पत्र बुझाए

  • बुद्धशरण शाही

श्रावण ६, काठमाडौँ । नेपाल खड्गी सेवा समितिले काठमाडौं महानगरपालिकामा गुठी र बाजा खलको अनुुदानको विषयमा ज्ञापन पत्र बुझाएको छ ।

काठमाडौं महानगरपालिकाले संस्कृति संरक्षणार्थ क्रियाशील नेवा समुदायको गुथी खलः हरुलाई छुट्याइएको बजेट कटौती गरेको भन्दै असन्तुष्ट खडगी समुदायले शुक्रवार आज  नेपाल खड्गी सेवा समितिका अध्यक्ष अन्जिता खड्गीको नेतृत्व र बाजा खलका थकाली र गुरुहरुको उपस्थितीमा ज्ञापन पत्र बुुझाएको छ ।

आर्थिक वर्ष २०७८÷०७९ मा काठमाडौं महानगरपालिकाले बजेटको व्यवस्था गरेको खड्गी समुदायको ३२ गुठी र नायः खिँ बाजा खलः को अनुदान रकम कटौती गरेको  तर आफ्नै आन्तरिक प्रक्रियागत ढिलासुस्तीले उक्त बजेट नदिने सोच बनाएको विषयमा ध्यानाकर्षण गराउन तथा  सो सेवा सुविधा उपलव्ध गराउनु पर्ने माग राख्दै ६ बुँदे ज्ञापन पत्र बुुझाएको हो ।

         

समितिका संरक्षक मनोज नेवाः खड्गीले समुदायको धारणा राख्दै गुठि सम्रक्षण र संचालनका लागि महानगरले भूमिका निर्वाह गर्नु पर्ने बताए ।

ज्ञापनपत्र बुुझेपछि प्रमुख बालेन्द्र शाह (बालेन) ले धार्मिक तथा सांस्कृतिक समुदायलाई जातका आधारमा भेदभाव नगरिने बताउँदै बाजागाजा, भाषा, संस्कृति र्सम्पदा बचाउने नीतिअन्तर्गत महानगरले काम गरिरहेको बताए ।

बाजागाजा, कला र कलाकार बचाउन , जात्रा, पर्व तथा सामाजिक गतिविधिका लागि दिइने अनुदान लागि  प्रणाली बनाउने प्रमुख शाहले बताए ।

गएको बर्ष विविध कारणले गुठीहरुले प्राप्त गर्न नसकेको सहयोग महानगरले आर्थिक बर्ष २०७९÷०८० मा उपलब्ध गराईने महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालले बताए ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal