
श्रावण ६ काठमाडौँ । सस्कृति , पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवन राम श्रेष्ठले गौरवताले भरिएको इतिहास र संस्कृति बचाउन सरकार जनता बीच सहकार्य हुन् पर्ने बताउनु भएको छ । नेपाल भाषा शिरोमणि कविवर वैकुण्ठ प्रशाद लाकौल पुरस्कार तथा नेपाल भाषामा स्नाकोत्तर तहमा विशिष्ठ श्रेणीमा उतिर्ण भएका बिध्यार्थिलाई आज शुक्रबार भएको सम्मान कार्येक्रममा नेपाल बहु भाषाक , बहुजातीय सास्कृतिक देश नेपलामा नेवा: समुदाय धर्म ,सस्कृति , परम्परा आदि कुनैमा पछाडी नभएकै कारण यसको सम्रक्षनका लागि सहकार्येको नितान्त आवस्यकता रहने मन्त्री श्रेष्ठले बतानु भयो । नेपाली सभ्यता , सम्पपदा , मौलित परम्लापरा ,इतिहास आदि विश्व सामु चिनाउन र पर्यटन बिकासको लागि सम्पदामार्ग तय गरिने उहने भनाइ राख्नु भयो ।
सो अवसरमा नेपाल भषा ,साहित्य र समाज क्षेत्रमा अर्ध स्जताव्दी देखि निरन्तर योगदान दिएका दुइ व्यक्तित्व काशिनाथ तमोट , प्रा , डा त्रिरत्न मानन्धर समानित हुनु भएको छ ।
राणा कालिन समएमा पनि नेपालभाषा बात कविता लेखनमा निरन्तर अगाडी बढेका लोककवि वैकुण्ठ प्रशाद लाकौलले ३७ वर्ष अगाडी त्रिभुबन बिश्व बिद्यालय अन्तरगत नेपाल भाषा केन्द्रिय बिभाग स्थापना गर्नु भएको थियो । बैकुण्नठ लाकौल पुरस्कार समितिले नेपाल भाषा क्षेत्रमा योअगदान पुर्याएका व्यक्तित्व तथा नेपाल भाषामा स्नाकोत्तर तहमा विशिष्ठ श्रेणीमा उतिर्ण हुने व्यक्तित्वलाई प्रत्यक तीन बर्षमा नगद सहित सम्मान गरिदै आएको छ ।