आज :

अमेरिकाले चीनलाई कमजोर पार्न नेपाली भूमि प्रयोग गर्न खोज्दैछ : नारायणकाजी श्रेष्ठ

  • अनलाइन डबली

काठमाडौँ । सत्ता साझेदार नेकपा माओवादी केन्द्रका नेता नारायाणकाजी श्रेष्ठले चीनलाई कमजोर पार्न अमेरिकाले नेपाली भूमि प्रयोग गर्न चाहेको दाबी गरेका छन्।

राजधानीमा शनिबार आयोजित ‘नेपालको भूराजनीतिक अवस्थाबारे’ छलफलमा भाग लिँदै नेता श्रेष्ठले यस्तो भनेका हुन्। ‘अमेरिकाले चीनलाई कमजोर पार्न नेपालको भूमि प्रयोग गर्न चाहन्छ’, उनले भने, ‘अग्रशक्तिको रुपमा रहेको कम्युनिस्ट आन्दोलनलाई क्षतविक्षत बनाउन चाहन्छ।’

तर नेपाल ठीक दिशातिर नगइरहेको पनि श्रेष्ठले बताए। ‘तर हामी कता जाँदैछौँ, हामी ठीक दिशातिर गइरहेको अनुभूति हुँदैन’, उनले भने, ‘हामी स्वतन्त्र नीतिबाट विचलित हुन लागिरहेका त छैनौं?’

उनले हामीलाई पुर्खाले छाडेका गौरवशाली देश र राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाभीमानमाथि प्रश्न उठ्न थालेको पनि बताए।

‘विश्वको परिस्थिति, हाम्रा छिमेकी, नवउदारीकण, नव‍औपनिवेशीकरण र शीतयुद्धको नयाँ सन्दर्भलाई समेत अगाडि राखेर विश्लेषण गर्नुपर्ने आवश्यकता छ’, उनले भने।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal