
काठमाडौँ । गैर आवसीय नेपाली संघ (एनआरएनए)ले नागरिकता विधेयकको स्वागत गरेको छ । संघ अध्यक्ष विनोद कुँवरले विज्ञप्ति निकालेर यस विधेयकले गैरआवसीय नेपाली संघलाई संविधानले दिएको अधिकार कार्यान्वयन गरेको र नागरिकताको निरन्तरता आफूहरुको माग रहेको बताएका छन् । संघले विधेयकमा राजनीतिक अधिकारबाहेक सबै अधिकार गैरआवसीय नेपालीले पाएको बताए ।
“अहिले संसदमा टेबल गरिएको नेपाल नागरिकता ऐन बिधेयकप्रति नेपाल सरकारलाई धन्यवाद । हाम्रो माग भनेको नागरिकताको निरन्तरता हो । यस बिधेयकमा केही कुराहरु हाम्रो माग अनुसार छैनन् तरपनि हामी यसलाई स्वागत गर्दछौं । विगत लामो समयदेखि मागको रुपमा रहेको नेपाली नागरिकताको निरन्तरतालाई नेपालको संबिधानमा राजनैतिक अधिकार बाहेक बाँकी सबै अधिकार पाउने गरि गैरआवासीय नेपाली नागरिकताको ब्यबस्था गरिएको छ” अध्यक्ष कुँवरद्वारा जारी विज्ञप्तिा भनिएको छ ।
विगत पाँच वर्षदेखि ऐन बनाउन पहल गर्दै आएको बताउँदै कुँवरले संघका निवर्तमान उपाध्यक्ष सोनाम लामाले नेतृत्व गरिरहेको बताएका छन् । संसदमा रहेको विधेयकलाई फिर्ता लिएर संशोधनसहित नयाँ दर्ता गरिएपनि संघले उठाउँदै आएका महत्वपूर्ण मागहरु सम्बोधन नभएको भन्दै अध्यक्ष कुँवरले संशोधनको माग समेत गरेका छन् ।
“नेपाल सरकारले पुरानो बिधेयकलाइ फिर्ता लिएर फेरि केहि परिमार्जनसहित ‘नेपाल नागरिकता ऐन २०६३ लाई संसोधन गर्न २०७९ लाई नयाँ बिधेयक’ भनेर संसदमा टेबल गरेको छ । यस बिधेयकमा थुप्रै कुरामा हाम्रो गुनासो छ, संसोधनका लागि अनुरोध पनि छ । केहि बुँदामा हाम्रो असहमति पनि छ । तर पनि संबिधानले दिएको यो संबैधानिक अधिकार कार्यान्वयन गर्न केहि पनि नभएको अवस्थामा यो बिधेयले पहिलो पटक दिने गैरआवासीय नेपाली नागरिकता आफैंमा एउटा उपलब्धि हो” अध्यक्ष कुँवरको विज्ञप्तिमा भनिएको छ ।
नेपालको संविधानले गैरआवासीय नेपाली नागरिकलाई राजनैतिक अधिकार बाहेकको अरु सबै आर्थिक, सामाजिक, सांस्कृति अधिकार पाउने ब्यबस्था गरेको छ । संविधानले सार्क देशभन्दा बाहिएर बसेका, पुस्ताले नेपाली तर बिदेशी नागरिकता लिएका नेपाली मुलका बिदेशीहरुलाई जनाएको छ ।
अध्यक्ष कुँवरले संविधानले दोहोरो नागरिकता नभएर आफूहरुलाई गैरआवासीय नेपाल नागरिकता मात्रै भएको समेत बताएका छन् । उनले तत्कालिन अध्यक्ष डा. शेष घलेको विशेष प्रयासमा गैरआवासीय नेपालीको अधिकार संविधानमा सुनिश्चित भएको बताए ।
विज्ञप्तिमा भनिएको छ, संविधानले दिएको अधिकारलाई कतिपयले दोहोरो नागरिकता भन्ने गरेका छन् तर दोहोरो नागरिकता दिने देश बिश्वमा जम्मा ४३ वटा जति मात्र छन् । दोहोर नागरिकता भनेको कुनै पनि देशले एकै समय दुई देशको नागरिकता मान्यता दिने कानुन हो । अहिलेको नेपालको संबिधानले दोहोरो नागरिकताको ब्यबस्था गरेको छैन । संबिधानले हामीलाई दिएको गैरआवासीय नेपाली नागरिकता मात्र हो । नागरिकताको लागि तत्कालिन गैरआवासीय नेपाली संघका अध्यक्ष डा. शेष घलेको बिशेष पहलमा गैरआवासीय नेपाली नागरिकतालाई संबिधानमा सुनिश्चित गर्न सफल भएको हो ।”
सरकारले यसअघि संसदमा रहेको विधेयकलाई फिर्ता लिएर शुक्रबार साँझ नयाँ विधेयक दर्ता गरेको थियो ।
यस्तो छ विज्ञप्तिः
अहिले संसदमा टेबल गरिएको नेपाल नागरिकता ऐन बिधेयकको लागि नेपाल सरकारलाई धन्यवाद। हाम्रो माग भनेको नागरिकताको निरन्तरता हो। यस बिधेयकमा केहि कुराहरु हाम्रो माग अनुसार छैनन् तर पनि हामी यसलाई स्वागत गर्दछौं। विगत लामो समयदेखि मागको रुपमा रहेको नेपाली नागरिकताको निरन्तरतालाई नेपालको संबिधानमा राजनैतिक अधिकारबाहेक बाँकी सबै अधिकार पाउने गरी गैरआवासीय नेपाली नागरिकताको ब्यबस्था गरिएको छ।
नेपालको संबिधानले गैरआवासीय नेपाली नागरिक भन्नाले दक्षिण एसियाली मुलुक (सार्क) देश भन्दा बाहिएर बसेका, पुस्ताले नेपाली तर बिदेशी नागरिकता लिएका नेपाली मुलका बिदेशीहरुलाई जनाएको छ। यस्ता नागरिकहरुलाई राजनैतिक अधिकारबाहेक अरु सबै आर्थिक, सामाजिक, सांस्कृति अधिकार पाउने ब्यबस्था नेपालको संबिधानले गरेको छ। यस विषलाई हामीहरुमध्ये कतिपयले दोहोरो नागरिकता भन्ने गरेका छौं। तर दोहोरो नागरिकता दिने देश बिश्वमा जम्मा ४३ वटा जति मात्र छन्। दोहोर नागरिकता भनेको कुनैपनि देशले एकै समय दुई देशको नागरिकता मान्यता दिने कानुन हो। अहिलेको नेपालको संबिधानले दोहोरो नागरिकताको ब्यबस्था गरेको छैन। संबिधानले हामीलाई दिएको गैरआवासीय नेपाली नागरिकता मात्र हो।
नागरिकताको लागि हाम्रो त्यो लामो प्रयासलाइ तत्कालिन गैरआवासीय नेपाली संघका अध्यक्ष डा शेष घलेको बिशेष पहलमा गैरआवासीय नेपाली नागरिकतालाई संबिधानमा सुनिश्चित गर्न सफल भएको हो। त्यो समय पनि हाम्रो माग भनेको नेपाली नागरिकताको निरंतरता नै थियो।अनि अहिले पनि हाम्रो माग भनेको नेपाली नागरिकताको निरंतरता नै रहेको छ। करिब बिगत ५ बर्षदेखि हाम्रो संघले यसलाई ऐन बनाउनको लागि पहल गर्दै आएको छ। पछिल्ला केहि बर्ष बिशेष रुपमा संघका निवर्तमान उपाध्यक्ष सोनाम लामाले पहलको नेतृत्व गर्दै आउनु भएको छ। अहिले पनि हामीले हाम्रो संघको तर्फबाट उहाँलाई नै यसको नेतृत्व गरिदिन निर्णय गरेका छौं। उहाँले नागरिकताको बिषयमा काम गर्दै आउनु भएको छ।
यसअघि पनि नागरिकता ऐन को लागि बिधेयक तयारी अवस्थामा थियो। संसदमा टेबल पनि गरिएको नै थियो। नेपाल सरकारले त्यो पुरानो बिधेयकलाइ फिर्ता लिएर फेरी केहि परिमार्जन सहित् नेपाल नागरिकता ऐन २०६३ लाइ संसोधन गर्न २०७९ लाइ नयाँ बिधेयक भनेर सम्मानित संसदमा टेबल गरेको छ। यस बिधेयकमा थुप्रै कुरामा हाम्रो गुनासो छ, संसोधनका लागि अनुरोध पनि छ। केहि बुँदामा हाम्रो असहमति पनि छ। तर पनि संबिधानले दिएको यो संबैधानिक अधिकार कार्यान्वयन गर्न केहि पनि नभएको अवस्थामा यो बिधेयले पहिलो पटक दिने गैरआवासीय नेपाली नागरिकता आफैंमा एउटा उपलब्धि हो।
त्यसैले, गैरआवासीय नेपाली संघको अध्यक्ष म बिनोद्व कुँवर र हाम्रो सम्पूर्ण टिम नै यस बिधेयक टेबल गरेकोमा नेपाल सरकारलाइ धन्यवाद ज्ञापन गर्दैछ। त्यसैगरी सम्मानित संसदका सम्पूर्ण माननीय सांसदज्यूहरुलाई यस बिधेयकलाइ सके सम्म हाम्रो माग अनुसार केहि परिमार्जन सहित र नसके कम्तिमा पनि सोहि रुपमा पारित गरिदिनुहुनको लागि हार्दिक अनुरोध पनि गर्दछ। यस कदमले नेपालको आर्थिक, सामाजिक, सांस्कृतिक र भातृत्वमा मात्र होइन अन्य विकासमा थुप्रै योगदान हाम्रो विश्वास रहेको छ।
बिशेष गरेर गैरआवासीय नेपाली नागरिकतालाई पनि बंसजको आधारमा गैरआवासीय नेपाली नागरिकता पुस्ताले पनि पाउने भन्ने कुरा छुटेको छ। त्यसैगरी नागरिकता दिने ब्यबस्थामा यस बिधेयक अनुसार नेपाली नागरिकता त्यागेको प्रमाण पेश गर्ने भन्ने ब्यबस्था सबै देशमा कठिन हुन्छ। धेरै देशमा जम्नसिद्ध नागरिक हुने हुनाले नागरिकता त्याग गर्नुपर्दैन। थुप्रै देशमा पहिलो देशको नगतिकतासँग मतलब राखिन्न। कसैले पहिले नेपाली नागरिकता लिएको रहेनछ, विदेशमा जन्मिएको रहेछ भने उसले के प्रमाण पेश गर्ने भन्ने अर्को समस्या छ।
त्यसैगरी, गैरआवासीय नेपाली नागरिकता लिएको व्यक्तिले पेश गरेको झुठा प्रमाण भएमा नागरिकता खारेज गर्ने ब्यबस्था सही र उपयुक्त हो। तर बोलेकै र लेखेकै कारण नागरिकता खारेज गर्ने खालका भावनात्मक कुरा सोही बुँदामा रहेको कुरा भने सहज भएन। त्यस्ता व्यक्तिलाई कानुनी रुपमा सजायँको लागि प्रक्रिया गर्नुपर्छ भन्ने कुरा हाम्रो अनुरोध हो। धेरै कुरामा सिमिति भएता पनि एनअारएन कार्ड हाम्रो पहिलो उपलब्धि थियो। कार्ड प्राप्त भएको अहिले १० बर्ष भयो। गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न नसक्ने या नचाहनेहरुले एनअरएन कार्ड लिन सक्छन्। अनि यो गैरआवासीय नेपाली नागरिकता चाहिँ हाम्रो दोश्रो उपलब्धि हो। यसप्रति हामी हाम्रा अग्रज र नेपाल सरकारप्रति आभारी र आफैंमा गौरवान्दित छौं।
बिधेयकमा केहि कुराहरु संसोधन र केहि कुरा थप गर्नुपर्ने छन्। सो को लागि अनुरोध गर्दै बिधेयकको लागि फेरिपनि नेपाल सरकारलाई धन्यवाद ज्ञापन गर्दछौं। यसका साथै यस बिधेयकलाई पारित गरिदिनुहुन सम्मानित संसदलाइ अनुरोध गर्दै बिधेयकलाइ स्वगत गर्दछौं।