आज :

श्रीलंकाका राष्ट्रपति राजपाक्षे जलसेनाको जहाजभित्र लुकेको खुलासा, उनकाे कुर्सीमा जनता

  • अनलाइन डबली

काठमाडौँ । राष्ट्रपति निवास छोडेर भागेका श्रीलङ्काका राष्ट्रपति गोटाबय राजपाक्षे जलसेनाको जहाजमा समुद्रमा लुकेको खुलासा भएको छ । बीबीसीले राष्ट्रपति निवासबाट भागेका राजपक्ष जलसेनाको जहाजमा श्रीलङ्काली सीमाभित्रै समुद्रमा भएको दाबी गरेको छ । उनका दाइ तथा पूर्वप्रधानमन्त्री महिन्दा राजपक्ष पनि एउटा सैन्य शिविरमा भएको बताइएको छ । लुकेकै ठाउँबाट राजपाक्षले आफूले राजीनामा दिन लागेको बताएका छन् । प्रदर्शनकारीले शनिवार राष्ट्रपति कार्यालय कब्जा गरेपछि भागेका राजपाक्षले आफूले राजिनामा दिन लागेका बताएका हुन् ।

राजपाक्षले भने जुलाई १३ मा राजिनामा दिने बताएको सभामुखले बताएका थिए । उक्त कुराको पुष्टि गर्दै राजपाक्षले आफूले बुधबार राजिनामा दिने पुष्टि गरेको बीबीसीले जनाएको छ । तर, प्रदर्शनकारीहरूले उक्त घोषणाबारे आशङ्का व्यक्त गर्दै राजिनामा नदिएसम्म राष्ट्रपति कार्यालयबाट बाहिर नजाने बताएका छन् ।

प्रधानमन्त्री रनिल विक्रमसिङ्घको कार्यालयले सोमवार एउटा विज्ञप्ति प्रकाशित गर्दै राजपक्षबाट उनले बुधवार पदत्याग गर्ने आधिकारिक सूचना प्राप्त भएको जनाएको छ । तर राजपक्ष आफैँले यसबारे केही बोलिसकेका छैनन् । श्रीलङ्काको संविधानअनुसार राष्ट्रपतिले सभामुखलाई पत्र पठाएपछि मात्र उनको राजीनामा स्वीकृत हुन सक्छ । तर अहिलेसम्म उनले राजीनामा बुझाइसकेका छैनन् ।

चरम आर्थिक सङ्कटमा फसेको श्रीलङ्कामा केही महिनादेखि सरकारविरुद्ध प्रदर्शन भइरहेको छ । प्रदर्शनलाई दबाउन सरकारले निषेधाज्ञा जारी गरेपनि त्यसको कुनै प्रवाह नगरी सर्वसाधारणले राष्ट्रपति कार्यालय कब्जा गरेका थिए । राजपक्षलाई श्रीलङ्काको अर्थतन्त्र भताभुङ्ग पारेका आरोप लागेको छ । विदेशी मुद्रा सञ्चितिको अभावमा त्यहाँ महिनौँदेखि खाद्यान्न, इन्धन र औषधिजस्ता अत्यावश्यक वस्तुको आयात रोकिएकाले अभाव सिर्जना भएको छ ।

यसैबीच प्रदर्शनकारीहरुले राजपाक्षको राजिनामा नआएसम्म आफूहरु निवास नछोड्ने बताएका छन् । उनीहरुले त्यही खाना बनाएर खाइरहेको, पौडी खेलेको फोटोहरु अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले सम्प्रेशण गरेका छन् ।

त्यसैगरी प्रदर्शनकारीले राष्ट्रपतिको आसनमा बसेर फोटो खिचाइरहेका छन् । त्यस्तै, प्रधानमन्त्री निवास पनि प्रदर्शनकारीहरुले कब्जा गरेका छन् । उनीहरुले राष्ट्रपति र प्रधानमन्त्री निवासभित्र छिरेका प्रदर्शनकारीहरूले राजिनामा नआएसम्म आफूहरु भित्रै बस्ने बताएका छन् ।
आन्दोलनको अगुवा गरेकोमध्येका एक विद्यार्थी नेता लाहिरु वीरशेखरले समाचार संचारमाध्यमसँग भने, “हाम्रो सङ्घर्ष अझै टुङ्गिएको छैन, राष्ट्रपति राजपक्षे साँच्चै नबाहिरिएसम्म हामी यो सङ्घर्ष छोड्दैनौँ ।”

श्रीलंकाका राजनीतिक विश्लेषक तथा मानवाधिकारवादी वकिल भवानी फोन्सेकाले के हुन्छ भन्ने निकै अनिश्चित भएको भन्दै अबको दुई दिन हेर्नुपर्ने समाचार संस्था रोएटर्ससँग भनिन् ।

सहज किसिमले सत्ता हस्तान्तरण गर्ने विषयमा राजनीतिक दलहरूले आइतवार छलफल गरेका छन् । बीबीसीसँग बोल्दै श्रीलङ्काको संसद्का सभामुखले राष्ट्रपतिले औपचारिक रूपमा पदत्याग गरेको एक साताभित्र राजनीतिक दलहरूले संयुक्त सरकार बनाउनु पर्ने बताए । उनले सभामुख महिन्द यप अबेवर्दनले कोभिड महामारीका कारण देशमा आर्थिक सङ्कट उत्पन्न भएको दाबी गरे । उनी राजपक्षकै दलबाट निर्वाचित भएका हुन् ।

दक्षिण भारतनजिकै रहेको श्रीलङ्का सन् १९४८ मा ब्रिटिश शासनबाट स्वतन्त्र भएको थियो । त्यहाँको जनसङ्ख्या २.२ करोड छ । तीनवटा जातीय समुदाय – सिन्हाली, तमिल र मुस्लिमले देशको ९९ प्रतिशत हिस्सा ओगटेका छन् । शासनमा राजपक्ष परिवारले श्रीलङ्कामा वर्षौँदेखि शासन गरिरहेका छन् । लामो समय चलेको रक्तपातपूर्ण आन्दोलनरत तमिलले सन् २००९ मा पराजित भएका थिए । त्यसले महिन्द्र राजपक्षलाई बहुसङ्ख्यक सिन्हालीहरूका नायक बनायो । अहिलेका राष्ट्रपति महिन्द्रका भाई हुन् भने त्यतिबेला रक्षामन्त्री थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal