आज :

जोनसनको सरकार ढल्नुको मुख्य कारण युक्रेन घटना, पुटिनलाई हराउँछु भन्थे आफै ढले !

  • अनलाइन डबली

काठमाडौँ । बेलायतको राजनीतिमा रातारात नाटकीय रुपमा परिवर्तन भएको छ । युक्रेन घटनाबारे लिएको नीति र त्यसबाट पारेको प्रभाव नै बोरिस जोनसनको लज्जाजनक बहिर्गमन भएको छ । युक्रेन घटनाबारे जोनसनले लिएको नीतिका कारण बेलायतमा अभाव सिर्जना हुँदै गयो र मानसिहरुको जीवनयापन नै संकटमा पुगेको छ ।

युक्रेन घटनालाई लिएर बोरिस जोनसन रुसको विरुद्ध खुलेर लागे । दुई पटक युक्रेन पुगेर रुसलाई पराजित गर्न सहयोग गर्ने बताए । राष्ट्रपति जेलेन्स्कीलाई भनेर रुसलाई युक्रेनबाट भगाउन आफूले भरपुर सहयोग गर्ने, त्यसको लािग आवश्यक अस्त्र पठाउने बताए । स्वादेश फर्केलगत्तै जोनसनले अत्याधुनिक अस्त्र पठाए पनि । जोनसनले अनौपचारिक रुपमा बेलायती सेनाका पूर्व सैनिकसँगै प्राविधिक टोलीलाई युक्रेन युद्धमा पठाए । उनीहरु अहिले पनि युक्रेनमा रुसविरुद्ध लडिरहेका छन् । रुसी सेनाले युद्धमैदानमा एक बेलायती सैनिकलाई कब्जामा लिएर सार्वजनिक गरिसकेको छ ।

जोनसनले अमेरिकी राष्ट्रपति जो बाइडनभन्दा एक कदम अघि बढेर विरुद्धमा आएपछि रुसले पनि बेलायतसँग भइरहेको आयत निर्यातलाई कडाई गर्यो । बेलायतलगायतका सबै देशहरुले अप्रत्यक्ष रुपमा रुसका इन्धन र ग्यास अझै आयत गरिरहेका छन् । नाकाबन्दीसँगै सरकार आफैले सिधा कारोबार बन्द गरेपनि नीजि कम्पनीहरुले भने चोरबाटो प्रयोग गरेर कारोबार गरिरहेका छन् । नीजि कम्पनीसँग सरकारले किनिरहेको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कडाई गरेसँगै बेलायतका जीवनयापन नै जटिल मोडमा पुग्यो । आर्थिक संकटबाट बच्न जोनसन सरकारले करवृद्धि गर्यो । अहिले बेलायतमा महँगी इतिहासकै सबैभन्दा उच्च बिन्दुमा पुग्ने दिशामा छ भने अहिले मुद्रास्फीति ९.१ प्रतिशत छ । इन्धनसँगै खाने कुरापनि बेलायतमा महंगी आकासिएको छ ।

प्रधानमन्त्रीले बढ्दो महंगी र सरकार विरोधी जनभावनालाई कम इन्धनमा लगाइएको कर प्रतिलिटर पाँच पेन्सले घटाइएको थियो र नेश्नल इन्स्योरन्स पाउन्डको दरमा १.२५ पाउन्डले बढेको थियो ।

बीबीसीका अनुसार जोनसन सरकारले करवृद्धिबाट स्वास्थ्य र सामाजिक सुरक्षामा सहयोग पुग्ने बताएको थियो । तर, यो साता भएको परिवर्तनले धेरैलाई प्रभावित पारेको थियो । जोनसनकै निर्देशनमा एक वर्षमा ३४ हजार पाउन्डभन्दा धेरै कमाउने प्रत्येक व्यक्तिले थप तिर्नुपर्ने नियम ल्याइएको थियो । युक्रेन युद्धमा हुने क्षतिलाई करबाट पूर्ती गर्न जोनसनले करवृद्धि गरेको बताइन्छ । यसको चौतर्फी विरोध भइरहेको थियो । युक्रेन घटनाबाट पछि हट्न पनि जोनसनमाथि दवाव बढ्दै गएको थियो । तर, त्यसलाई बेवास्ता गरेपछि पार्टीभित्र र बाहिर विरोध बढ्दै गयो ।

जोनसनले युक्रेन घटना र करवृद्धिबारे मन्त्रिमण्डलकै सदस्यहरुको पनि चित्त बुझेको थिएन । त्यो अर्थमन्त्री र स्वास्थ्या मन्त्रीले राजिनामा दिएसँगै सार्वजनिक भएको थियो ।

जोनसन सरकारले गरिखाने वर्गमाथि कर थुपारेको भन्दै विपक्षी लेबर पार्टीका नेताहरुले विरोध जनाएका थिए । कुनै पनि नेताहरुले सार्वजनिक रुपमा युक्रेनयुद्ध नभनेर अप्रत्यक्ष रुपमा विरोध गरिरहेका थिए । विपक्षी लेबर पार्टीका नेता सर कीअर स्टार्मरले जीवनयापन गर्ने खर्च धान्न एकदम नराम्रो सङ्कट उत्पन्न भएको बेला सरकारले गरिखाने वर्गमाथि थप कर लगाउने बाटो रोजेको बताएका थिए ।

जोनसन सरकार ढल्नुको मुख्य कारण युक्रेन भएपनि साहयक कारणहरु पनि छन् । बीबीसीका अनुसार सन् १९८७ यता कन्जर्भेटिभ पार्टीलाई बोरिस जोनसनले निर्वाचनमा सबैभन्दा प्रभावशाली रूपमा जिताएको तीन वर्ष पनि पुगेको छैन । तर, अहिले उनले आफ्नै सांसदहरूको समर्थन गुमाएका छन्। उनले दलको नेताबाट राजीनामा घोषणा गरेका छन् ।

सांसद तथा कन्जर्भेटिभ पार्टीका तात्कालिक सहायक मुख्य सचेतक क्रिस पिन्चर जुन २९ मा लन्डनस्थित एउटा निजी क्लबमा पुगे र निकै मदिरा पिए । त्यसलाई जोनसनले आफैँलाई लाजमर्दो काम पनि भनेका थिए । त्यस्तै, उनले दुई पुरुषमाथि यौन दुव्र्यवहार गरेको आरोप लाग्यो । त्यसपछि वर्षौँअघिका घटनासँग सम्बन्धित कैयौँ आरोपहरू थपिए । यो विवाद बढ्दै गएपछि जोनसनले अघिल्लो हप्ता उनलाई कारवाही गरेका थिए । जोनसनले पिन्चरलाई सहायक मुख्य सचेतक नियुक्त गर्नुअघि उनीविरुद्ध लागेका निश्चित आरोपबारे आफूलाई जानकारी नभएको बताउँदै आफ्नो बचाउ गर्ने प्रयास गरेका थिए । पार्टी र विपक्षी तथा सर्वसाधारणको विरोधलाई थेग्न नसकेर अन्ततः प्रधानमन्त्रीबाट जोनसनले राजिनामा दिनुपर्यो ।

त्यस्तै, अर्को घटना पनि जोनसनलाई पदच्यूत गर्न सहयोगी बन्यो । यसै वर्षको अप्रिलमा प्रधानमन्त्रीलाई लकडाउनको समयका नियमहरू भङ्ग गरेकोमा जरिवाना गराइएको थियो । जुन २०२० मा आफ्नो जन्मदिनका अवसरमा आयोजित एउटा भोजमा उनी सहभागी भएका थिए । त्यसको विरोध भएपछि माफी मागेका थिए । त्यो पनि अहिले उठेको थियो र प्रधानमन्त्री जोनसनमाथी पार्टीगेट प्रकरणमा अहिले पनि संसद्को कमिटीले छानविन गरिरहेको छ ।

जोनसनको सरकार ढल्ने निश्चित भएसँगै युक्रेनको राजधानी किभ पुगेर पुटिनलाई हराउछु भन्दै आफ्नै सरकार जोगाउन नसकेको भन्दै टिप्पणी भइरहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal