आज :

युक्रेनका ९ सय शिक्षक सेनामा भर्ती, यसरी पढाउँछन् युद्धमैदानबाटै

  • अनलाइन डबली

काठमाडौँ । युक्रेनका शिक्षकहरु धमाधम सेनामा भर्ती हुन थालेका छन् । रुसले सैन्य कारवाही सुरुदेखि युक्रेनका शैक्षिक संस्थाहरु अस्तव्यस्त भएका छन् । करिब देशका सबै भूभागमा हमला भइरहेको हुँदा भौतिक रुपमा कक्षा बन्द गरिएका छन् । धेरै विदेशी विद्यार्थीहरु स्वादेश फिर्ता भएका छन् भने अझै सयौंको संख्यामा फसेको समाचारमा विवरण सार्वजनिक भएका छन् ।

युक्रेनका शिक्षामन्त्री सेरिए श्कार्लेटलका अनुसार ९ सय शिक्षक सेनामा भर्ती भएका छन् । शैक्षिक संस्थाहरु बन्द भएपछि शिक्षकहरु रुससँग लड्न सेनामा भर्ती भएका हुन् । बीबीसीका अनुसार युद्धमोर्चाबाटै शिक्षकहरुले बन्दुक भिरेर मोबाइलबाट अनलाइन कक्षा लिइरहेका छन् । सेनामा भर्ती भएका मध्ये एक फेडीर शान्डोरले युद्धमैर्चाबाटै अनलाइन कक्षा लिइरहेका छन् ।

कोरोना माहामारीपछि अधिकांश विश्वविद्यालयमा अनलाइनबाटै कक्षा भइरहेका छन् । ४७ वर्षीय उनी सेनामा भर्ती भए तर उनी आफ्नो विद्यार्थीको शिक्षाका बारेमा पनि चिन्तित थिए । उनले पर्यटन र सामाजिक शास्त्र जस्ता विषयमा हप्ताको दुई वटा कक्षा युद्ध मोर्चाबाट फोनमार्फत लिन्छन् । उनले युद्धमोर्चाबाटै विद्यार्थीलाई पढाइरहने बताएको बीबीसीले जनाएको छ ।

शान्डोरले देशका लाडि सेनामा भर्ती भएको बताउँछन् र उनको शिक्षणप्रति लगावले विद्यार्थीहरू पनि प्रोत्साहित भएको बताइएको छ । उनकी एक २० वर्षीय इरीनाले यसअघि कक्षामा नआउने विद्यार्थीहरू पनि सबै कक्षामा उपस्थित हुने गरेको बताइन् ।

शान्डोरले युद्धमोर्चाबाट पढाउन सहज नभएको बताउँछन् । पढाउँदै गर्दा विद्यार्थीले सुन्नेगरी विस्फोट हुने गरेको बताउँदै उनले विद्यार्थी त्यसबाट निरास हुन सक्ने चिन्ताले लाग्ने गरेको बताए । “एक दिन आक्रमणको आवाज निकै ठूलो आयो र विद्यार्थीहरूले त्यो सुने । त्यसपछि म ट्रेन्चभित्र लुकेर पढाउन थालेँ” उनले भने । उनले आफ्ना विद्यार्थीहरूलाई विभिन्न क्षेप्यास्त्रका विषयमा पनि सिकाएका छन् ।

शान्डोरले पढाइरहेको दृश्य अरू सैनिकका लागि पनि रमाइलो हुन्छ । उनीहरू कक्षाका बेला उनी वरपर झुमिन्छन् र उनको तस्बिर पनि खिचिदिन्छन् । तीमध्ये एउटा तस्बिर सामाजिक सञ्जालमा भाइरल भयो । युक्रेनका चित्रकार र कार्टुनिस्टहरूले त्यो तस्बिर जस्तै कला सिर्जना गरेका छन् ।

सेनामा भर्ती भएका अर्का शिक्षक ४२ वर्षीय एन्टोन ट्सेलोभाल्नाक पनि कक्षा लिइरहेका छन् । युद्ध सुरु भएपछि पहिलो दुई साता उनको कक्षा भएन त्यसपछि भने उनको विद्यालयले उनीसँग सहयोग मागेर सन्देश पठायो । उनले तुरुन्तै जबाफ दिए र युद्ध मोर्चाबाटै पढाउन थालेको बताए ।

ट्सेलोभाल्नाकका अनुसार पहिला कक्षाहरूमा पढाइ हुँदैन थियो र एक अर्कासँग बोल्ने मात्रै हुन्थ्यो । उनी प्राथमिकदेखि माध्यमिक स्तरमा विद्यार्थीहरूलाई वास्तुकला पढाउँछन् । उनका एक विद्यार्थी १७ वर्षीया भिक्टोरिया भाल्कोभा भन्छिन् कक्षालाई रमाइलो राख्न सेलोभाल्नाक प्रयत्न गर्छन् ।

ट्सेलोभाल्नाकले बेलाबेलामा आफू वरपरको वस्तुस्थिति पनि देखाउने गरेको उनले बताइन् । मक्सेम कोझिमियाका भने आफ्नो चिकित्सकीय ज्ञानले सेनालाई सहयोग गरिरहेका छन् । युद्धअघि उनी सामुदायिक विश्वविद्यालयमा चिकित्सा पढाउँथे तर युद्धको बेला सैन्य अस्पतालमा स्वयंसेवा गर्न अघि बढे । त्यहाँ केही दिन काम गरेपछि उनले आफ्ना विद्यार्थीहरूलाई पढाइ नियमित राख्न सहयोग गर्ने मेसो पाएको बताउँछन् ।

असहज पहिलो दुई सातापश्चात् उनले आफ्ना विद्यार्थीहरूलाई अनलाइनमा आफूले गर्ने शल्यक्रियाहरू देखाउँने गरेको बताएका छन् । “हामीले युवा चिकित्सक र चिकित्सा विद्यार्थीहरूलाई युद्धका घाउहरू कसरी उपचार गर्ने भन्ने सिकायौँ” उनले भने । उनकी एक विद्यार्थी डार्याना बाभ्त्स्याले शल्यक्रियामा के–के हुन्छ सबै थाहा पाएको बताउँछन् ।

शिक्षकहरुले शिक्षण आफ्नो जीवनभरको कार्य भएको बताउँदै छोड्न नसक्ने बताउँछन् । देशको आवश्यकताले आफूहरुले युद्धमोर्चामा जानु परेको उनीहरु बताउँछन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal