आज :

चीनले ताइवानमाथि तत्काल आक्रमण गर्न लागेको भन्दै अमेरिकाले थाल्यो यस्तो तयारी

  • अनलाइन डबली

काठमाडौँ । ताइवानमाथि चिनियाँ आक्रमण निकट नभएको तर अमेरिका यस विषयमा सतर्क भएको अमेरिकाका जेनेरल मार्क मिलिले जानकारी दिएका छन् ।

चीनले ताइवानमाथि आक्रमण गर्ने क्षमता वृद्धि गरिरहेको तर आक्रमणको लागि भने राजनीतिक छनौटले असर गर्ने जेनेरल मिलिले अन्तर्राष्ट्रिय सञ्चार माध्यम बीबीसीलाई बताए ।

ताइवान एक छुटिएको प्रान्त भएको जुन आवश्यक परे शक्ति प्रयोग गरी पुन एकीकृत हुनु पर्ने चीनको भनाइ छ । अमेरिकाले ताइवानको स्वतन्त्रताको समर्थन गरेको चीनले आरोप लगाउँदै यस्तो प्रयासलाई निश्चित रूपमा अस्वीकार गर्ने प्रतिबद्धता जनाएको छ ।

चीनले युद्धविमान ताइवानको वायु रक्षा क्षेत्रमा पठाइरहेको छ भने अमेरिकाले नौसेना जहाजहरू ताइवानको समुन्द्री माध्यमबाट पठाइरहेको छ ।

गत मेमा अमेरिकाका राष्ट्रपतिले चीनले ताइवान नजिक आफ्नो युद्ध विमान उडाएर खतरासँग खेलिरहेको टिप्पणी गरेका थिए । बाइडेनले आक्रमण भएमा सो टापुलाई सैन्य रूपमा संरक्षण गर्ने प्रतिबद्धता जनाएका थिए ।

ताइवान सम्बन्धीको प्रतिबद्धता र चीनको मामिलामा दखल दिएको भन्दै चीनले बाइडेनको टिप्पणीलाई खण्डन गर्दै लड्नको लागि नहिचकिचाउने र ताइवानलाई औपचारिक रूपमा स्वतन्त्र बन्न नदिने जवाफ दिएको थियो ।

उता युक्रेनको पूर्वी सहर लाइसान्स्कलाई युक्रेनी तथा रुस सेनाले आफ्नो नियन्त्रणमा भएको दाबी गरेका छन् । रुसद्वारा लाइसान्स्कमा भारी मात्रामा भएको आक्रमणको प्रतिरोध गरेको तर सहर कब्जा नभएको युक्रेनको दाबी छ ।

तथापि, रुसी समर्थित अलगाववादीहरुले भने सहरमा सफलतापूर्वक प्रवेश गरेको र सहरको बीचमा पुगेको दाबी गरिरहेको छ । रुसी सञ्चार माध्यमले रुसी सेना सडकहरूमा परेड गरिरहेको विभिन्न भिडियोहरू प्रसारण गरिरहेको छ ।

सहरको क्षतिग्रस्त प्रशासनिक विभागमा सोभियत झन्डा फरफराइरहेको भिडियो विभिन्न रुसी स्रोतहरूले ट्विट गरेका छन् । यस भिडियोको पुष्टि भने हुन बाँकी नै छ ।

रुसी सेना लाइसान्स्क सहरतर्फ बढ्दै गए आक्रमण जारी भए पनि सो सहर नछाडेको लुहान्स्क क्षेत्रका गभर्नर सेर्ही हैडाले जानकारी दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal