
काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दिनदिनै रुससँग लड्न लामो दूरीका मिसाइललगायतका अस्त्र मागिरहेका छन् । उनले रुसले युक्रेन जिते पूरै युरोपलाई खतरा रहेको भन्दै जेलेन्स्कीले लामो दूरीका हतियार मागिरहेका छन् । तर, अहिलेसम्म जेलेन्स्कीले मागेजस्तो हतियार नेटो र अमेरिकाले नदिएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।
रुसले हजारौं किलिमिटर टाढाबाट क्षेप्यास्त्र प्रहार गर्न थालेको छ । स्नेक आइल्यान्डबाट पछि हटेलगत्तै तीनवटा सोभियतकालिन क्षेप्यास्त्र ब्ल्याक सीबाट प्रहार गरेको थियो । क्षेप्यास्त्र प्रहारबाट २० जनाको ज्यान गएको युक्रेन सरकारले पुष्टि गरिसकेको छ । केही दिन पहिले मात्रै राजधानी किभमा लामो दूरीका क्षेप्यास्त्रबाट रुसी सेनाले हमला गरेको थियो ।
रुसी सेनाको हमलाको प्रतिवादन गर्न राष्ट्रपति जेलेन्स्कीले आफ्ना प्राविधिकहरुलाई लामो दूरीका क्षेप्यास्त्र निर्माण गर्न लगाएका छन् । युक्रेनी वैज्ञानिकहरुले यसअघि नै निर्माणको अभ्यास गरिरहेका ग्रिम–२ ब्यालेष्टिक मिसाइल रातारात निर्माणमा जुटेका छन् ।
यो युक्रेनको पहिलो एक मात्रै ब्यालेष्टिक मिसाइल हो । यसको निर्माण कार्य तीब्र गतिमा भइरहेको छ । रातदिन निर्माण भइरहेको छ । अबको केही दिनमा पहिलो चरणका केही थान यस्तो मिसाइलको निर्माणका कार्य सकिने छ भने एउटा तयार भएको परीक्षणको तयारी भइरहेको छ ।
युक्रेनले रुसको भूमिसम्म प्रहार गर्न मिल्ने क्षेप्यास्त्र मागिरहेपनि अहिलेसम्म कुनै पनि देशहरुले त्यस्तो दिन तयार भएका छैनन् । यसअघि अमेरिकाले दिएको क्षेप्यास्त्रले ५ सय किलोमिटरसम्म मार हान्न सक्ने थियो । तर, अमेरिकाले रुसी भूमिमा नहान्ने सर्तमा मात्रै युक्रेनलाई दिएको थियो ।
त्यसैगरी बेलायत र फ्रान्सले पनि दिएका क्षेप्यास्त्र पनि सीमा क्षेत्रबाट रुसी भूमिसम्म मार हान्न सकिने भएपनि त्यो अनुमति छैन । रुसले आफ्नो भूमिमा प्रहार गर्ने हतियार नदिन चेतावनी दिएको थियो । त्यही चेतावनीका कारण पश्चिमा देशहरुले लामो दुरीका हतियार दिन सकेका छैनन् दिएपनि रुसी भूमिमा प्रहार नगर्ने सर्तमा ।
यदि युक्रेनले निर्माण गरिरहेको मिसाइल सफल परीक्षण गर्यो भने रुसी भूमिमा प्रहार गर्न सक्छ । तर, रुससँग यस्ता मिसाइललाई आकाशमै ध्वस्त पार्न सक्ने डिफेन्स सिस्टम छ भने रुससँग यस्ता मिसाइल सयौंको संख्यामा छन् । युक्रेनमा सैन्य कारवाहीपछि रुसले नयाँ संस्करण समेत बनाइसकेको छ । रुसले चाहेमा अमेरिका २५ मिनेटमा हमला गर्न सक्छ ।
रुसी संचारमाध्यमहरुले अमेरिकाका ह्वाट हाउस, पेन्टागन, बेलायतका प्रधानमन्त्री भवन, फ्रान्सका राष्ट्रपति भवन, नेटाको मुख्यालयसहित सात ठाउँमा एकै पटक हमला गर्ने चेतावनी दिएका थिए । सरकारी अधिकारीहरुलाई उदृत गर्दै समाचारमा ती देशहरुले युक्रेनलाई सहयोग र आफूविरुद्धको प्रपोगण्डा जारी राखे एकै पटक हमला गर्ने चेतावनी दिइएको थियो ।
समाचारमा जनाएअनुसार युक्रेनले ब्यालेष्टिक मिसाइल परीक्षण गरेर रुसी भूमिमा प्रहार गरेमा युद्धले नयाँ रुप लिनेछ । त्यो बेला रुसले पूर्ण रुपकाे हमला गर्ने रक्षा विज्ञहरु बताउँछन् । संसारको आणविक र मिसाइलमा एक नम्बर रुसलाई युक्रेनले अहिले ब नाउने मिसाइल पराजित गर्न नसक्ने बताइन्छ । युक्रेनले एक मिसाइल प्रहार गर्ने बेला रुसले एक सय जति प्रहार गर्न सक्ने बताइन्छ ।