आज :

विश्वमा खाद्यन्न संकट हुन नदिन रुसले स्नेक आइल्यान्डको मार्ग खोल्यो, अब युक्रेनको अन्न नेपालमा पुग्ने

  • अनलाइन डबली

काठमाडौँ । युक्रेन युद्धका कारण विश्वमा खाद्यन्न संकट आउन लागेपछि रुसले स्नेक स्नेक आइल्यान्डको जलमार्ग खुला गरेको छ । संयुक्त राष्ट्रसंघले विश्वमा खाद्य संकट हुन सक्ने भन्दै युक्रेनबाट कृषि उत्पादन ढुवानी मार्ग खुला गर्न आग्रह गर्दै आएको थियो । रुसले सैन्य कारवाही सुरु गरेको केही हप्तामै स्नेक आइल्यान्ड आफ्नो नियन्त्रणमा लिएपछि त्यहाँबाट हुने ढुवान बन्द भएको थियो ।

युक्रेनबाट कृषि उत्पादन ढुवानी नभएपछि विश्वमा खाद्यन्नको संकट सम्भावना बढ्दै गएको थियो । रुसी रक्षा मन्त्रालयले युक्रेनबाट हुने कृषि उत्पादन ढुवानी गर्न मानवीय मार्ग प्रशस्त गरेको बताएको छ । विश्वका विभिन्न देशहरुले पनि युक्रेनबाट रोकिएको कृषि उत्पादन ढुवानी नरोक्न रुससँग आग्रह गर्दै आएका थिए ।

युक्रेनको किनारबाट ४० किलोमिटरको दूरीमा ब्ल्याक सीमा रहेको स्नेक आइल्यान्ड एक वर्ग किलोमिटरभन्दा पनि सानो छ । सोही जलमार्ग हुँदै युक्रेनको उत्पादन ढुवानी हुने गरेको थियो । स्नेक आइल्यान्डबाट रुसी सेना पछि हटेसँगै युक्रेनबाट कृषि उत्पादन निर्यात गर्न मानवीय मार्ग खोल्ने संयुक्त राष्ट्रसङ्घको प्रयासमा रुसले बाधा नपारेको देखाएको रुसले बताएको छ ।

रुसले स्नेक आइल्यान्डबाट पछि हट्ने कदमपछि पनि राष्ट्रसंघले ब्ल्याक सीको उत्तर–पश्चिम क्षेत्रमा रहेको रुसको नियन्त्रणको कारण अन्न निर्यात गर्न नसकेको दाबी गर्न नपाउने बताएको छ ।

उता युक्रेनले भने आफ्नो प्रहारलाई थेग्न नसकेर रुसी फौज स्नेक आइल्यान्ड छोड्न बाध्य भएको दाबी गरेको छ । युक्रेनी राष्ट्रपति जेलेन्स्कीको कार्यालयका प्रमुख एन्ड्रे येरमकले ट्विटरमा स्नेक आइल्यान्डमा अब रुसी सैनिक नभएको लेखेका छन् । त्यस्तै युक्रेनको दक्षिण सैन्य कमान्डले विजय दाबी गर्दै राति आफ्नो क्षेप्यास्त्र र हतियारको प्रहार सहितको सफल सैन्य कारबाहीको नतिजा स्वरूप रुसी सैनिक डुंगा चढेर बाहिरिएको बताए ।

बीबीसीका अनुसार युक्रेनमा सशस्त्र बलहरूका प्रमुख जेनरल भालेरी जुलुजेन्यीले युक्रेनी भूभागको रक्षा गर्न सघाएका सबैलाई धन्यवाद दिएका छन् । उनले युक्रेनका विदेशी सहायतादाताहरूलाई पराजयको साधन प्रदान गरेकोमा धन्यवाद समेत दिए ।

रक्षा विज्ञहरुका अनुसार रुसी सेनाले स्नेक आइल्यान्डमा पराजित नभएर मानवीय माग खोलिदिएको रुपमा बुझ्नु पर्ने बताउँछन् । त्यस्तै, मानवीय मार्ग रोक्नकै लागि ठूलो क्षति हुनबाट बच्न पनि रुस पछि हटेको हुन सक्ने बताइएको छ ।

रक्षासम्बन्धी रोयल युनाइटेड सर्भिसेज इन्स्टिट्यूटका जस्टिन ब्रोन्कका अनुसार रुसले नियमित जसो त्यहाँ नयाँ रक्षा प्रणाली ल्याउनु पर्ने आवश्यकता भयो र त्यस्ता जहाजहरू पनि युक्रेनी आक्रमणको निशानामा परेका थिए । सानो सानो टापु भएको कारण त्यहाँ सुरक्षित सैन्य शिविर राखिरहन सहज नभएको उनले बताए ।

रुसले यो जलमार्ग खुला गरेसँगै युक्रेनमा थन्किएकाे भनिएको अन्न विश्वभर पुग्नेछ । युक्रनको कृषि उत्पादन नेपालसम्म पुग्ने बताइएको छ । रुसले उक्त मार्ग कब्जामा लिएपछि विश्वमा खाद्यन्न संकट हुने चेतावनी राष्ट्रसंघ लगायतका विभिन्न देशहरुले दिँदै आएका थिए । जलमार्ग खुला गर्ने कदमपछि रुसले युद्धको बीचमा मानवीयता देखाएको प्रतिक्रिया आउन थालेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal