आज :

चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ५.८४ प्रतिशतमा सिमित, बेमाैसमी बर्षा र कोरोना बाधक

  • अनलाइन डबली

काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक बर्षमा आर्थिक वृद्धिदर ५.८४ प्रतिशत हुने अनुमान गरेको छ । शनिबार अर्थमन्त्री प्रभाकरले पेस गरेको आर्थिक सर्वेक्षणमा बेमौसमी बर्षाको कारण धानवालीमा हुन गएको क्षति एवं कोभिड-१९ को ओमिक्रोन भाइरसको प्रभावले गर्दा लक्ष्यअनुसारको आर्थिक वृद्धि दर हासिल हुन नसक्ने उल्लेख छ ।

सर्वेक्षणमा बाह्य क्षेत्र बाहेकका आर्थिक परिसूचकहरु सन्ताेषजनक नै रहेको भनिएको छ । आन्तरिक मागको वृद्धि र बाह्य क्षेत्रका दबाबकाे कारण मूल्यमा चाप परेको सर्वेक्षणमा उल्लेख छ ।

अर्थमन्त्री पेश गरेको भनिएको छ, ‘यद्यपि, बाह्य क्षेत्र बाहेकका आर्थिक परिसूचकहरू सन्तोषजनक नै रहेका छन्। अर्थतन्त्र पुनरूत्थान सँगै आन्तरिक मागको वृद्धि र बाह्य क्षेत्रको दबाबको कारण मूल्यमा चाप परेको छ। आन्तरिक माग पूर्तिका लागि आयातमा बढोत्तरी हुँदा वस्तु व्यापार घाटा बढेको छ जसका कारण चालु खाता घाटा र शोधनान्तर घाटा पनि बढेको छ। अन्तर्राष्ट्रिय रूपमा आपूर्ति श्रृङ्खलामा आएको अवरोधको असर आन्तरिक बजारमा पनि अनुभूत भएको छ। सरकारले बाह्य क्षेत्रमा परेको चाप सम्बोधन गर्न अवलम्बन गरेका नीतिहरूबाट केही हदसम्म सकारात्मक नतिजा प्राप्त हुँदै गएको छ। विगतदेखि नै कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान घट्दै गएको छ भने सेवा क्षेत्रको योगदान बढ्दै गएको छ। उद्योग क्षेत्रको योगदान भने करिब स्थिर रहेको छ।’

दुई दशक अघि कुल गार्हस्थ्य उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः ३७.४ प्रतिशत, १७.५ प्रतिशत र ४५.१ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षमा यस्तो योगदान क्रमशः २३.९ प्रतिशत, १४.३ प्रतिशत र ६१.८ प्रतिशत रहने अनुमान छ। यसले अर्थतन्त्रको संरचनामा परिवर्तन भई नेपालको अर्थतन्त्र क्रमशः कृषिप्रधान अर्थतन्त्रबाट सेवाप्रधान अर्थतन्त्रमा रूपान्तरण हुँदै गएको देखाउँछ। यद्यपि, कुल गार्हस्थ्य उत्पादनमा उद्योग क्षेत्रको योगदान वृद्धि गरी उत्पादनशील रोजगारी सिर्जना गर्न थप प्रयास गर्नुपर्ने अवस्था रहेको आर्थिक सर्वेक्षणमा छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal