आज :

देउवा सरकारलाई ठुलो झट्का दिदै सर्वोच्चले जारी गर्यो यस्तो परमादेश, देशभर तरंग

  • अनलाइन डबली

काठमाडौँ । सर्बत्र चाँसोको बिषय बनेको  सर्वोच्च अदालतले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने गरी सरकारले गरेको निर्णय बदर गरिदिएको छ।

आनन्द भण्डारीलगायतले २ वर्षअघि दिएको रिटमा आदेश जारी गर्दै सर्वोच्चको बृहत् इजलासले निजगढमा विमानस्थल बनाउने गरी सरकारले गरेको निर्णय, वन मन्त्रालयको वातावरणीय अध्ययन प्रतिवेदन र निजगढको ८ हजार ४५ हेक्टर जंगल उड्डयन प्राधिकरणलाई दिने निर्णय बदर गरेको हो।

सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्माको बृहत् पूर्ण इजलासले निजगढमा विमानस्थल बनाउने निर्णय खारेज गरी उपयुक्त अरू ठाउँ खोजेर अन्तर्राष्ट्रिय विमानस्थल बनाउन परमादेश जारी गरेको सर्वोच्चका प्रवक्ता विमल पौडेलले बताए।

‘लिखित आदेश आएको छैन तर श्रीमानहरूले इजलासमा निजगढमा विमानस्थल बनाउन भनी सरकारले गरेका निर्णय उत्प्रेषणको आदेशले बदर गरी उपयुक्त विकल्प खोजेर उपयुक्त ठाउँमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन परमादेश जारी गरिदिएको छ भनेर बोल्नुभएको छ,’ उनले भने। यो आदेशले देशभर तरंग ल्याईदिएको छ ।

यता धादिङ सिस्नेखोलादेखि काठमाडौं सतुंगल जोड्ने निर्माणाधीन नागढुंगा सुरुङमार्ग आयोजनाको म्याद ८६ दिन (करिब तीन महिना) थपिएको छ।

कोभिडको पहिलो तथा दोस्रो लहरका कारण आयोजना निर्माणको काम पछाडि धकेलिएको भन्दै जापानी कम्पनी हाज्मा आन्दो जेभीले म्याद थपको प्रस्ताव गरेको थियो।

जापानी कम्पनी हाज्माले ४१६ दिन म्याद थप प्रस्ताव गरेको थियो। तर आयोजना कार्यालयलये ८६ दिन थप गर्ने भएको हो। लकडाउन अवधिमा काम हुन नसकेको दिन हिसाब गरेर म्याद थप गरिएको आयोजना प्रमुख नरेशमान शाक्यले बताए।

यसको औपचारिक निर्माण २०७६ कात्तिक २८ गतेदेखि थालिएको हो। शाक्यका अनुसार हालसम्म सुरुङ खन्ने काम ५२ प्रतिशत सकिएको छ। अन्य संरचनासमेतको समग्र भौतिक प्रगति भने साढे ३६ प्रतिशत पुगेको उनले बताए।

आयोजनाको मुख्य सुरुङको लम्बाइ दुई हजार छ सय ८८ मिटर छ। हालसम्म एक हजार दुई सय मिटरभन्दा बढी काम सकिएको छ। ‘इभ्याकुएसन’ सुरुङ दुई हजार पाँच सय ५७ मिटर खन्नुपर्नेमा एक हजार चार सय १९ मिटर काम भइसकेको छ।

क्रस प्यासेज कुल एक सय २८ मिटरमध्ये ४८ मिटर खनिएको छ। एक सय २६ मिटर वर्किङ अडिटको काम सकिएको आयोजनाको भनाइ छ।

त्यस्तै, तीन वटा अन्डरपास, चार वटा बक्स कल्भर्ट, दुई वटा ओभरपास, फ्लाइओभर लगायत करिब १२ वटा अन्य भौतिक संरचना निर्माण गर्नुपर्नेमा हाल १० वटा बनिसकेको शाक्यले जानकारी दिए। अब फ्लाइओभर र अन्डरपास निर्माणको काम बाँकी छ।

आयोजनाको ठेक्का १५ अर्ब र मुआब्जा ६ अर्ब रूपैयाँभन्दा बढी गरेर कुल लागत करिब २२ अर्ब रूपैयाँ पुग्ने शाक्य बताउँछन्। यो सुरुङमार्ग निर्माण २०८० असार मसान्तसम्ममा सक्नेगरी काम गरिरहेको शाक्यले जानकारी दिए।

सुरुङमार्ग सञ्चालनमा आएपछि नागढुंगाको जाम हट्ने विश्वास लिइएको छ। यसले समयको बचत हुनुका साथै पेट्रोलियम पदार्थ खपतमा कमी आउने र वायु प्रदूषण कम हुने पनि विश्वास छ।

अहिले धादिङ हुँदै काठमाडौं प्रवेश गर्नेहरूले नौबिसेदेखि नै घन्टौं जाममा बस्नुपर्ने बाध्यता छ। दैनिक तीनदेखि चार घन्टासम्मको जाम हुने यो स्थानमा सुरुङमार्ग सञ्चालन आएपछि नौबिसेबाट काठमाडौं २० देखि २५ मिनेटसम्ममा आइपुग्ने दावी सरकारी अधिकारीहरूको छ।

१२ मिटर चौडाइको सुरुङमार्गको दायाँबायाँ पैदलयात्रीका लागि पेटी रहन्छ। पेटी दुवैतर्फ एक/एक मिटरको रहने उल्लेख गरिएको छ। आकस्मिक अवस्थाका लागि छुट्टै एक लेनको सहायक सुरुङ रहन्छ। सुरुङमा भेन्टिलेटर र जेट फ्यानको सुविधा हुनेछ।

यो सुरुङमार्ग नेपाल आयल निगम थानकोट डिपो नजिकै निस्किन्छ र पुनः त्रिभुवन राजपथमा जोडिन्छ। त्यहाँबाट त्रिभुवन राजपथमा जोड्न २.२५ किलोमिटर लामो तीन लेनको एक्सेस रोड रहन्छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal