Skip
आज :

विहानै बाहिरियो ताजा मत परिणामः भरतपुरमा रेणुको मत २० हजार नजिक र बालेन १२ हजारले अघि

  • अनलाइन डबली

काठमाडौँ । स्थानीय तह निर्वाचन अन्तरगत सबैभन्दा बढी चर्चामा रहेका काठमाडौँ र भरतपुर महानगरपालिकामा पछिल्लो मत गणना सार्वजनिक भएको छ । भरतपुरमा रेणु र काठमाडौँमा बालेन शाहले झनझन मतान्तर फराकिलो बनाउँदै लगेका छन् ।

पछिल्लो मतपरिणामअनुसार रेणुले २० हजार नजिक मत पुर्याएकी बताइएको छ । विहान ५ बजेपछिको मत परिणाम सार्वजनिक गर्ने तयारी भइरहेको छ । मतगणनामा रहेका नेकपा माओवादी केन्द्रका एक नेताका अनुसार रेणुले नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले झण्डै चार हजार मतले पछि परेका छन् ।

त्यसैगरी रेणुविरुद्ध बागी उम्मेदवारी दिएका काँग्रेस नेता जगन्नाथ पौडेलले ८ हजार भन्दा बढी मत ल्याएर तेस्रो स्थानमा कामयमै राखेका छन् ।
त्यसैगरी काठमाडौँ महानगरपालिकाको विहान साढे ५ बजे सार्वजनिक भएको मत परिणाम अनुसार शाहले २६ हजार ७५ मत प्राप्त गरेका छन् । बालेनले झनझन फराकिलो मतान्तर बनाउँदै लगेका छन् ।

बालेन शाहले नेकपा एमालेका उम्मेदवार केशव स्थापितभन्दा १२ हजार १९ मत बढी ल्याएका छन् । स्थापितले यो अवस्थामा १४ हजार ५६ मत प्राप्त गरेका छन् । गठबन्धकी उम्मेदवार नेपाली काँग्रेस नेतृ सिर्जना सिंहले १३ हजार ९१ मत ल्याएकी छन् ।

त्यसैगरी उपमेयरमा भने एमालेकी सुनिता डङ्गोलले झण्डै तेब्बरले अग्रता लिएकी छन् । उनले अहिलेसम्म २६ हजार ६ मत पाएकी छन् । गठबन्धनबाट उपमेयर बनेका एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ८ हजार ४ सय २७ मत पाएका छन् ।

त्यसैगरी ललितपुर महानरगरपालिकामा नेपाली कांग्रेसको अग्रता कायमै छ । गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका चिरिबाबु महर्जनले अहिलेसम्म १९ हजार ३ सय २४ मत प्राप्त गरेका छन् । उनले प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले १० हजार ६ सय १० मत पाएका छन् ।

उता विराटनगर महानगरपालिकामा पनि नेपाली कांग्रेसकै नागेश कोइरालाले अग्रता कायम जारी राखेका छन् । कोराइलाले २० हजार ७ सय ९५ मत प्राप्त गरेका छन् । नेकपा एमालेका सागरकुमार थापाले १५ हजार ४ सय ३४ मत मात्रै पाएका छन् ।

यसैबीच खडक नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार जयप्रकाश चौधरी थारु निर्वाचित भएका छन् । उनी ५ हजार ८८२ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी जसपाका उम्मेदवार एवं निवर्तमान मेयर हेमायु हकले ५ हजार ६७ मत प्राप्त गरे । यसैगरी उपमेयरमा जसपाका रिताकुमारी चौधरी ६ हजार २३१ मत प्राप्त गरी निर्वाचित भएकी छिन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी उम्मेदवार यासमिन सुल्तान खातुनले तीन हजार २१० मत प्राप्त गरिन् । खातुन निवर्तमान उपमेयर समेत हुन् ।

यो नगरपालिकामा माओवादी र नेकपा एकीकृत समाजवादी गठबन्धन गरेर चुनाव लडेका थिए । तर, गठबन्धन तर्फबाट उपमेयरका उम्मेदवार शत्रुधन प्रसाद साह भने पराजित भएका छन् । उनले मत दुई हजार ८४३ मात्र प्राप्त गर्न सके ।

आजबाट नयाँ जनप्रतिनिधिको कार्यकाल सुरु भएको छ । देशभरका ७५३ पालिकाका ३५ हजार २२१ पदका लागि भएको निर्वाचनमा तुलनात्मकरूपमा बढी मतदाता रहेका महानगरपालिका र उपमहानगरपालिकाको मतगणना सकिन अझै केही दिन लाग्ने देखिएको छ ।

संविधानतः जनप्रतिनिधिमूलक स्थानीय तहमा पद तिक्तता हुन नहुने र पद रिक्त हुँदा सेवाग्राहीका काम प्रभावित भएमा के गर्ने भन्ने अन्योल देखिए पनि जेठ ५ गतेअगावै निर्वाचन भइसकेकाले कानुनीरूपमा खास समस्या नपर्ने र व्यावहारिक पक्षमा नेपाल सरकारले आवश्यक सहजीकरण गर्ने निर्वाचन आयोगले जनाएको छ । नेपालको संविधानको धारा २१४ अनुसार स्थानीय तहको कार्यकारिणी अधिकार गाउँ र नगर कार्यपालिकामा निहित रहेको छ । संविधानको धारा २२५ मा गाउँसभा र नगरसभाको कार्यकाल पाँच वर्षको हुनेछ ।

नेपालको संविधानको धारा २१५ उपधारा ९४० मा गाउँसभाको निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको मितिले पन्ध्र दिनभित्र गाउँसभाका सदस्यले आफूमध्येबाट निर्वाचित गरेका चार जना महिला सदस्य र उपधारा ९५० बमोजिमको योग्यता भएका दलित वा अल्पसङ्ख्यक समुदायबाट गाउँसभाले निर्वाचित गरेका दुई जना सदस्य हुने व्यवस्था र धारा २१६ को उपधारा ९४० बमोजिम नगरसभाको निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको पन्ध्र दिनभित्र नगरसभाका सदस्यले आफूमध्येबाट निर्वाचित गरेका पाँच जना महिला सदस्य र उपधारा ९५० बमोजिमको योग्यता भएका दलित वा अल्पसङ्ख्यक समुदायबाट नगरसभाले निर्वाचित गरेका तीन जना सदस्यसमेत नगर कार्यपालिकाको सदस्य हुने व्यवस्था रहेको छ ।

त्यसैगरी निर्वाचित जनप्रतिनिधिमध्ये गाउँपालिकाको अध्यक्ष, नगरपालिकाको प्रमुख र जिल्ला समन्वय समितिको प्रमुखले आफ्नो कार्यभार सम्हाल्नुअगावै निर्वाचित भएको सात दिनभित्र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले तोकेको ढाँचामा सम्बन्धित जिल्ला न्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने तथा गाउँपालिकाको उपाध्यक्ष, नगरपालिकाको उपप्रमुख, वडाअध्यक्ष, गाउँ तथा नगरसभाका सदस्य र जिल्ला समन्वय समितिका उपप्रमुख र सदस्यले अध्यक्ष वा प्रमुखले शपथ लिएको सात दिनभित्र तोकिएको ढाँचामा पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ ।

जेठ ५ गतेलाई स्थानीय तहका जनप्रतिनिधिको पदमा बहाल रहने अन्तिम मिति मानेर सो मितिसम्ममा वैशाख ३० मा सम्पन्न भएको मतदानको गणना कार्य सक्ने गरी निर्वाचन आयोगले सम्बन्धित निर्वाचन अधिकृतलाई यसअघि नै आवश्यक निर्देशन प्रदान गरेकोमा विभिन्न कारणले आजसम्ममा सम्पूर्ण स्थानीय तहमा मतगणना कार्य सम्पन्न हुन सकेको छैन । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले यथाशक्य बढीभन्दा बढी मतगणना टोली परिचालन गरी गणना कार्य सम्पन्न गर्न र गत वैशाख ३० गते मतदान स्थगित भई पुनः मतदान भएका मतदान केन्द्रको हकमा मतपेटिका प्राप्त भएको बढीमा चार दिनभित्र मतगणना कार्य सम्पन्न हुनेमा आयोग विश्वस्त रहेको बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal