आज :

मध्यरात बाहिरियो भरतपुरको ताजा अपडेटः रेणुले बनाइन् अहिलेसम्मकै फराकिलो मतान्तर, एमालेको गढ भत्कियो

  • अनलाइन डबली

काठमाडौँ । भरतपुर महानगरपालिकाको ताजा मत परिणामअनुसार नेकपाकी नेतृ रेणु दाहालले अहिलेसम्मकै फराकिलो अग्रता कामय गरेकी छन् । भरतपुरमा ४९ हजार १४ मतगणना सकिँदा गठबन्धनको तर्फबाट मेयरमा उम्मेदवार रहेकी दाहालले करिब ४ हजार मतको अन्तरमा अग्रता कामय गरेकी छन् ।

पछिल्लो परिणामअनुसार रेणुले १८ हजार ४८० मत प्राप्त गरेकी छन् । यही अवस्थामा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले १५ हजार १६२ मत पाएका छन् । एमाले उम्मेदवार निरन्तर पछि मर्दैै आएका छन् ।

त्यसैगरी रेणुविरुद्ध बागी उम्मेदवारी दिएका काँग्रेस नेता जगन्नाथ पौडेलले ७ हजार ३५४ मत पाएका छन् । पौडेलले लगातार काँग्रेसको भोट काटिरहँदा रेणुले पनि अग्रतालाई फराकिलो बनाउँदै लगेकी छन् । एमाले नेता कार्यकर्ताले नै क्रस गरेर रेणुलाई भोट हालेको बताइएको छ ।

त्यस्तै उपमेयरमा गठबन्धको तर्फबाट उम्मेदवार नेपाली काँग्रेसका चित्रसेन अधिकारीले २१ हजार ०५९ मत पाएका छन् । काँग्रेसले अधिकारीलाई दिएको करिब ३ हजार कम रेण्ुालाई मत गएको देखिएको छ । उपमेयरमा राप्रपाकी हिमला गुरुङले १२ हजार १२ मत पाएकी छन् ।

नेकपा एमालेले अपेक्षा गरे जसरी मेयरका उम्मेदवारले भरतपुरका १० र ११ नम्बर वडामा भोट बढाउन सकेनन् । गत निर्वाचनमा यी दुई वडामा एमालेका मेयर उम्मेदवार देवी ज्ञवालीले १ हजार ७०१ भोट बढी ल्याएका थिए । वडा नम्बर १० मा पनि विजय सुवेदी रेणु दाहाल भन्दा पछि परेका थिए ।

रेनुले यो वडामा १ हजार ५५३ भोट ल्याउँदा सुवेदीले १४५१ भोट मात्रै ल्याए । कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ७७७ भोट काट्दा पनि रेणुले बढी भोट ल्याएपछि एमाले निरास भएको छ । एमालेले सबभन्दा बढी अपेक्षा राखेको ११ नम्बर वडा नै हो । यहाँ यसपालि ९०८१ जनाले मतदान गरेका थिए ।

एमालेको गढको रुपमा रहेको यस वडामा रेणुलाई बढी भोट गएको छ । अघिल्लो निर्वाचनामा पनि कांग्रेस र माओवादी एक ठाउँमा हुँदा पनि एमालेका ज्ञवालीले ११६२ बढी भोट ल्याएका थिए । तर, यस पटक भने सुवेदीले त्यति पनि मत ल्याउन सकेनन् ।

यसैबीच काठमाण्डाै महानगरपालिकाकाे मेयरमा स्वतन्त्र उम्मेदवारी दिनुभएका बालेन्द्र (बालेन) शाहकाे अग्रता कायमै छ । अहिलेसम्म ६१ हजार तीन सय १५ मत गन्दा शाहले ११ हजार तीन सय २९ मतकाे अग्रता लिइरहेका छन् ।

शाहले २४ हजार तीन सय ३४ मत प्राप्त गर्नुभएकाे छ । यस्तै एमालेबाट मेयरका उम्मेदवार केशव स्थापितले १२ हजार नाै सय ९५ मत प्राप्त गर्नुभएकाे छ । गठबन्धनबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले १२ हजार ९३ मत प्राप्त गर्नुभएकाे छ ।

उपमेयरमा भने नेकपा एमालेकी उम्मेदवार सुनिता डंगाेलले अग्रता लिइरहनुभएकाे छ । डंगाेलले अहिलेसम्म २४ हजार एक सय एक मत प्राप्त गरेकी छन् ।

यसैगरी पोखरा महानगरपालिकामा गठबन्धनका उम्मेदवार धनराज आचार्यले मतान्तर झनै बढाउँदै लगेका छन् । नेकपा एकीकृत समाजवादीका उम्मेदवार आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापासँगको मतान्तर करिब तीन हजारको मतान्तर बनाएका छन् ।

पोखराको ५५ हजार २ सय ६७ मत गणना गन्दा आचार्यले २२ हजार ८ सय ५२ मत प्राप्त गरी अग्रता कायम राखेका छन् । उनलाई एमालेका कृष्ण थापाले २० हजार १ सय ३२ मत ल्याएर पछ्याइरहेका छन् । त्यस्तै राप्रपाका शंकर खरालले २ हजार ३ सय ४ र स्वतन्त्रका अटेरी उम्मेदवार गनेस पौडेलले १ हजार ३ सय १२ मत पाएका छन् ।

उपमेयरमा नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटले पुनः अग्रता लिएकी छन् । उनले नेकपा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङलाई १ सय ४३ मतले पछि पारेकी छन् । काेपिला रानाभाटले २३ हजार १ सय ६४ मत ल्याउँदा एमालेकी गुरुङले २३ हजार २१ मत ल्याएकी छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal