आज :

सर्केगाडमा गठबन्धन भारी मतले विजयी, काँग्रेसका रोकाया बने अध्यक्ष

  • अनलाइन डबली

हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका ठानबहादुर रोकाया र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका चन्द्रसिंह कार्की (मुक्ति) विजयी भएका छन् ।
अध्यक्षमा रोकायाले ३ हजार ५ सय ४३ मत पाएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका ज्ञामी बुमीले ९९७ मत पाएर पराजित भएका छन् ।

त्यस्तै, गाउँपालिका उपाध्यक्षमा कार्कीले ३ हजार २ सय ८२ मत पाएर विजयी हुँदा उनका प्रतिस्पर्धी एमालेकी ज्योति शाहीले १ हजार ७१ मत पाएर पराजित भएकी छिन् ।
गाउँपालिकामा तीन दलीय (कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी) बीच गठबन्धन भएको थियो ।
गाउँपालिकाका कुल ८ वडामध्ये ३ माओवादी, २ कांग्रेस, २ एमाले र १ स्वतन्त्रले जितेको जिल्ला निर्वाचन अधिकृतको कार्यालय हुम्लाले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal